रोल्पा जिल्लाका चार वटा स्थानीय तहमा भने अहिले सम्म कोरोना संक्रमण भेटिएको छैन। दश वटा स्थानीय तहमध्ये माडी, त्रिवेणी, थवाङ र सुनछहरी गाउँपालिकामा हालसम्म एक जना पनि संक्रमित नदेखिएका स्वास्थ्य कार्यालय रोल्पाले बताएको छ। प्रदेश क्षेत्रीय स्वास्थ्य निर्देशनालयका अनुसार यी बाहेकका बाँकी ६ वटै स्थानीय तहमा कोरोना संक्रमित देखिएको छ।
यी ६ वटा स्थानीय तहमा हालसम्म ७७ जना संक्रमित भेटिएका छन्। जसमध्ये सबैभन्दा बढी सुनील स्मृति गाउँपालिका अनि रोल्पा नगरपालिकामा रहेको छ। दुई हजार कै सय ८४ जनाको पीसीआर परीक्षण गरिएकोमा रोल्पामा ७७ जना संक्रमित देखिएका हुन्। संक्रमित मध्ये ३ जना बाहेक सबै घर फर्किसकेका छन्।
स्वास्थ्य कार्यालय रोल्पाका कोरोना फोकल पर्सन अरुण भिटुका अनुसार रोल्पामा एक जनाको आत्महत्या गरिसकेपछिको पिसिआर परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको थियो। लकडाउन यता जिल्लामा ४५ हजार ८ सय ६९ जनाको सामान्य स्वास्थ्य परीक्षण गरिएको जिल्ला प्रसाशन कार्यालयको तथ्याङ्कले देखाएको छ।
बुधबारसम्मको तथ्याङ्क अनुसार बिभिन्न ३५ स्थानमा २ सय ६३ क्वारेन्टिन बेड संख्या रहेको छ। जहाँ अहिले पनि २ सय ४७ जना बसिरहेका छन्। जिल्लामा अब २ सय ८९ पिपिई स्टक रहेको देखिन्छ। २ हजार ६ सय ५१ आरडिटी गरिएको रोल्पामा १ सय २३ जनामा पोजेटिभ देखिएको थियो।