प्रदेश २ मा मंगलबार एकैदिन ३ सय २४ जना नयाँ संक्रमित थपिएका छन्। यससँगै यस प्रदेशमा संक्रमितको संख्या ७ हजार ५ सय पुगेको छ। एक साता भित्र मात्र १ हजार ८ सय ७९ नयाँ संक्रमित थपिएका छन्।
सामाजिक विकास मन्त्रालयका अनुसार मंगलबार सबैभन्दा बढी पर्सामा १ सय २४ जना संक्रमित थपिएका छन्। यससँगै पर्सामा कूल संक्रमितको संख्या १ हजार ४ सय ४३ पुगेको छ। बारामा ५९ जना थपिएसँगै कूल संक्रमित ४ सय ९४ जना पुगेको छ। रौतहटमा ४४ जना थपिएसँगै कूल संक्रमितको संख्या १ हजार ४ सय ६९ पुगेको छ। सर्लाहीमा ३ जना थपिएसँगै कूल संक्रमित ९ सय ६७ पुगेको छ।
महोत्तरीमा १३ जना संक्रमित थपिएसँगै कूल संक्रमित १ हजार ३६ पुगेको छ। धनुषामा ५४ जना थपिएसँगै कूल संक्रमित १ हजार १ सय २५ पुगेको छ। सिरहामा ईलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपीसहित ७ जना नयाँ संक्रमित थपिएका छन्।
६ जना आइसोलेसनमा बसेकाहरुको पुनः परीक्षण रिपोर्ट पोजेटिभ आएको जिल्ला स्वास्थ्य प्रमुख कृष्णदेव यादवले बताए। मिर्चैयाका डिएसपीसहित ४ जना प्रहरी, १ जना थुनुवा, १ जना एनवी बैंकका कर्मचारी र १ जना वडा अध्यक्षमा संक्रमण पुष्टि भएको स्वास्थ्य प्रमुख यादवले बताए। यससँगै सिरहामा संक्रमितको संख्या २ सय ८० पुगेको छ। सप्तरीमा १४ जना थपिएसँगै संक्रमितको संख्या ६ सय ८१ पुगेको छ।
प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४७ पुगेको छ। मंगलबार ४८ जना निको भएर घर फर्केसँगै घर फर्किनेहरुको संख्या ३ हजार ७ सय ९० पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।