अचेल रोल्पालीलाई बिगतको द्धन्द्ध छातिमा तिखो सुल बनेर गडेको छ। बाल बच्चाको छाक कटाएर पाकेको खाना खुवाएकाहरु अहिले अघोषित राजा भएको देखेका रोल्पालीहरु अचम्मित बनेका हुन्। उनीहरुले न हिजो काटिएको गासको हिसाब खोज्न सक्छन् न त सहज स्वीकार गर्न सक्छन्। गाउँमा आएका ‘सिंह’ सहितका ‘सिंहदरवार’मा बिराजमानहरुले तेस्रो वर्षसम्म आईपुग्दा पीडितका पक्षमा कुनै कार्यक्रम नल्याएपछि दिक्क स्थानियहरु माओवादी युद्ध आफ्ना लागि धोका भएको निस्कर्षमा पुगेका हुन्।
टोलटोलमा भेटिने मृतक, बेपत्ता परिवार अनि चोक चोकमा भेटिने घाईते अपाङ, टुहुरा र एकल महिलाहरु प्रति आफ्नै भनिएको सरकार उदाशिन भएपछि द्धन्द्ध पीडित अलमलिएका हुन्। ‘हाम्रा श्रीमान, छोराको रगतले परिवर्तन भयो। चुनाब जितर आएका छन् तर हाम्रा लागि कसैले केहि गरेनन्। अचेल सेना पुलिस सम्झदा पनि मन दुख्छ। माओवादी भन्दा पनि मन दुख्छ।’ द्धन्द्धकालमा माओवादीबाट श्रीमान गुमाएकी र सुरक्षाकर्मीबाट छोरा बेपत्ता बनाईएकी रोल्पा नगरपालिका ६ कोटगाउँकी मेघमाली बुढा भन्छिन् ‘सरकारले १० लाखसंग लाशको मूल्य साटिदियो।’
बालबच्चा पढाउन, औषधि मुलो गर्न पैसा नहुदा आत्तिने द्धन्द्ध पीडितहरु गासको जोहो गर्न समेत समस्या रहेको बताउँछन्। ‘हाम्रा छोरा छोरीलाई पढाउने भनेर छात्रबृत्ति दिने भन्यो तर १८ वर्ष पुगेपछि दिएन। पहिला खर्च नलाग्ने उमेरमा पढायो तर खर्च लाग्ने बेला बिच मै छोडिदियो।’ द्धन्द्धमा श्रीमान गुमाएकी कोटगाउँकी चिजमाली बिक भन्छिन्, ‘हाम्रा श्रीमानको रगतका कारण बाचेर सरकारमा गएकाहरुले हामीलाई चटक्कै भुले। कम्तीमा द्धन्द्ध पीडितको निःशुल्क स्वास्थ्य बिमा त गर्दिनु नि। कति दिन बाचौला र। त्यहि पनि गरेनन्। १० लाखसंग लाशको मूल्य गरे।’
२०५३ साल कार्तिक ३० गते थवाङ गाउँपालिका ५ मिरुलका मनबहादुर रोका मगरलाई माओवादीले गोली हानेर हत्या गरे। मनबहादुरकी वृद्ध श्रीमती खोस्टीले आज पनि त्यो दिन भुल्न सकेकी छैनन्। श्रीमानको हत्या भएको पीडा मनमा राखेर बाचिरहेकी खोस्टीलाई ५ वर्षपछि फेरी अर्को पीडा थपियो। २०५८ साल असारमा जेठो छोरा धनबहादुरलाई माओवादीले प्यूठानको भिङग्री जलुकेबाट अपहरण गरि लगेपछि जिउँदो त फर्काएनन् नै लास समेत दिएनन्। उनले आज पनि परिवर्तनको प्रत्यक्ष अनुभुती गर्न पाएकी छैनन्।
२०५९ साल असोज ६ गते बारिमा हलो जोत्दै गरेका ४९ वर्षीय सुकमन कामीलाई प्रहरीले छिमेकी गाविस सेरमको घुस्बाङमा लगि गोली हानेर मारेको सुनेकी श्रीमती ६१ वर्षीया लालमता कामीले लास भने पाईनन्। असोज सुकमन मारिएको पीडा ताजै थियो, त्यही फागुनमा प्यूठान मजदुरी गर्न हिडेको २० वर्षीय छोरा नरबहादुर विकलाई पनि सुरक्षाकर्मीले बेपत्ता बनाए। ६ महिनाको अन्तरालमा श्रीमानको हत्या अनि छोरा बेपत्ता भएपछि लालमता विक्षिप्त बनिन्। आज पनि पीडाका बिचमा आफन्त गुमाउनुको पीडाले उनलाई पोलिरहन्छ।
रोल्पाका दर्जनौ आमा र श्रीमती आज पनि खोसिएको काख अनि पुछिएको सिन्दुरसंग राजनीति नियालीरहेका छन्। दुःख, पीडा र समस्याको पहाडले थिचिएका उनीहरुको मनमा रहेका अब्यक्त बेदनाहरु साउने झरी जस्तै आखाबाट बग्नुको बिकल्प छैन। छोराछोरीले साधेका प्रश्नको उत्तर नहुनु त सामान्य हो तर उनीहरुसंग हिजो खोसिएको गास समेत फर्किएको छैन। सामान्य मान्यताका गास, बास र कपास समेत दैलोसम्म नआएकाहरुलाई शिक्षा, स्वास्थ्य र रोजगार त एकादेशको कथा जस्तै छ।
सरकारी तथ्याङ्क अनुसार ९ सय ६९ मृतक र ३३ बेपत्ता रहेको रोल्पाका प्राय कुनै पनि परिवारलाई आफन्त मारिनु वा बेपत्ता पारिनुको कारण थाहा छैन। दश वर्षे युद्धका बेला पीडित भएका रोल्पाका ३ हजार ३८ पिडितले दर्ता गराएका उजुरी यतिबेला अन्योलमा छन्। स्थानीय शान्ति समिति रोल्पाका अनुसार बेपत्ता व्यक्तिका परिवार १ सय १६ ले उजुरी दिएका थिए। उनीहरुले बेपत्ता आफन्तको खोजविनका लागि भन्दै उजुरी दिएका हुन्।
शान्ती प्रकृयाको ६ महिनाभित्र सकाउने भनिएको न्याय र परिपुरणका विषयमा नेतृत्व चुकेपछि पीडितहरुले झनै पीडित बनेको महसुस गरिरहेका छन्। सत्यनिरुपण तथा मेलमिलाप आयोगले र बेपत्ता परिवारको छानबिन आयोगले काम समयमा टुङग्याउन नसक्दा बास्तबिक पीडित सकसमा परेका हुन्। घरगाउँमा पीडा भुलेर संगै बसेका दुबै तर्फका पीडितहरुले फेरी घाउ नबल्झियोस भन्ने चाहाना राखेका छन्।
२०६३ साल मंसिर ५ गते तत्कालिन सरकार र माओवादी पक्ष बीच भएको बृहत शान्ति सम्झौता यता पनि ति बेपत्ता नागरिको अवस्था सार्वजनिक हुन सकेको छैन। राज्यले राहत वितरण गर्ने प्रयोजनमा उल्लेखित दस्तावेज अनुसार नेपालमा १ हजार ३ सय ३३ बेपत्ता रहेको उल्लेख छ। शान्ति सम्झौताको बुँदा नं. ५.२.३ मा दुवै पक्षद्वारा बेपत्ता पारिएका व्यक्तिहरुको तथा युद्धको समयमा मारिएकाहरुको वास्तविक नाम, थर र घरको ठेगाना सम्झौता भएको मितिले ६० दिनभित्र सूचनाहरु सार्वजनिक गरी परिवारजनलाई समेत जानकारी उपलब्ध गराउने उल्लेख छ। तर, यो सम्झौता भएको १४ वर्षसम्म पनि यि बुँदा कार्यन्वयन भएको छैन। अर्थात् बेपत्ता पारिएका व्यक्तिहरुको अवस्था सार्वजनिक गरिएको छैन।