दीर्घरोगीको मृत्युमा कोरोना कारक
०२ भदौ २०७७
•
३ मिनेट पाठ
दीर्घरोगीको मृत्युमा कोरोना कारक
कोरोना भाइरस संक्रमणले पोखरामा एक महिला र एक पुरुष गरि थप दुईजनाको मृत्यु भएको छ। तनहुँको ब्यास नगरपालिका–१ की ५० वर्षीया महिलाको सोमबार राती र पोखरा महानगरपालिका–१६ दीपका ८७ वर्षीय पुरुषको मंगलबार बिहान उपचारको क्रममा मृत्यु भएको यहाँस्थित गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।




मृत्यु भएका दुवैजना फरक खालका दीर्घरोगी थिए। पोखराका अस्पतालमा उपचारका क्रममा भर्ना भएका उनीहरुमध्ये तनहुँकी महिलाको कास्की सेवा अस्पतालमा मृत्यु भएको हो। त्यस्तै पोखरा महानगरपालिका–१६ का ८७ वर्षीय पुरुषको भने पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचाररत रहेकै बेला मृत्यु भएको अस्पतालका निर्देशक डा. अर्जुन आचार्यले बताएका छन्।  

कास्की सेवा अस्पतालका प्रबन्ध निर्देशक डा. पदम खड्काका अनुसार गत आइतबार ती महिलालाई उपचारार्थ अस्पतालमा भर्ना गरिएको थियो। ती महिला सुगर, प्रेसर, मुटुरोग र निमोनियाकी दीर्घरोगी थिइन्। ‘उपचारका लागि काठमाडौं जाने तयारी रहेछ। त्यही क्रममा पोखरामा उपचार गराउँदै गर्दा उनको कोरोना परीक्षण गरिएको हो,’ खड्काले भने, ‘तर राती नै उनको मृत्यु भयो। उनमा कोरोना पोजेटिभको रिपोर्ट भने मंगलबार बिहान मात्र आएको छ। उपचारका लागि अस्पताल ल्याउँदा ती महिलाको अवस्था गम्भिर थियो।’ आईसीयुमा राखेर उपचार गरेपनि सम्भव नभएको खड्काले बताए।

मृतक महिलाकी छोरीलाई पनि कोरोना संक्रमण देखिएको छ। बिरामी आमाको उपचारमा छोरी नै खटिएकी थिइन्। छोरीका अनुसार आमाले आठ वर्षदेखि मुटुको औषधि खाईरहेकी थिइन्। सुगर, प्रेसरको औषधि पनि लामो समयदेखि खाईरहेको उनले बताईन्। ‘लकडाउनको बेलामा पनि आमाका लागि कुनैपनि औषधिको अभाव भएन’ उनले भनिन, ‘हरेक पटक औषधि किन्दा एकमहिनाका लागि किन्ने गरेकी थिए।’ घरमा आमा छोरी मात्र बस्ने गरेको उनले बताईन्। ‘आमालाई कहाँबाट कोरोना स¥यो भन्ने नै थाहा भएन,’ उनले भनिन्, ‘आमालाई दीर्घरोग त थियो, तर, मृत्युमा कोरोना कारक बनिदियो।’

मंगलबार बिहान ज्यान गुमाएका पोखराका पुरुष पनि दीर्घरोगी थिए। पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका निर्देशक आचार्यका अनुसार गत आइतबार नै उच्च ज्वरो तथा स्वास प्रश्वासमा समस्या भई अस्पतालको इमर्जेन्सी विभागमा उपचारका लागि आएका थिए। ती पुरुषमा कोरोनासँगै उच्च रक्तचाप, मधुमेह र मिर्गाैलाको समस्या रहेको बताए। उनलाई सोमबारदेखि अस्पतालको आईसीयुमा राखेर उपचार भईरहेको थियो। ‘आईसीयुमा राखेर उपचार गराईरहँदा मंगलबार बिहान मृत्यु भएको हो,’ आचार्यले भने।  

मृतक पुरुष ब्रिटिस सेनाको लेफ्टिनेन्ट पदबाट निबृत्त थिए। मृतकका ज्वाइका अनुसार उनले मिर्गौलासँगै विभिन्न रोगको औषधि सेवन गरिरहेका थिए। ‘दिनमै बिहान बेलुकी इन्सुलिन दिनुपर्ने समस्या थियो। त्यस्तै मिर्गौलाका लागि पनि औषधि खाईरहनु भएको थियो,’ उनले भने,‘९/१० थरि औषधि दिनहुँ सेवन गर्नुहुन्थ्यो।’ उनका अनुसार मृतकले करिब दुई दशकदेखि यी औषधि नियमित सेवन गरिरहेका थिए। ‘औषधिको अभाव थिएन। लकडाउनका बेला पनि उहाँले नियमित औषधि खानु भएको हो। औषधि अभाव थिएन,’ उनले भने, ‘हरेक ३ महिनामा स्वास्थ्य परीक्षण गराइरहनु भएको थियो। लामो समयदेखि औषधि सेवन गर्दैगर्दा अहिले कोरोनाले ज्यान लियो।’

ती वृद्धका छोरा थिएनन्। छोरीकै रेखदेखमा बस्दै आएका थिए। ‘हामीसँग बस्न थालेको पनि सात वर्ष भयो,’ उनले भने। ती ज्वाईका अनुसार वृद्धलाई कहाँबाट संक्रमण फैलियो भन्ने अझै खुलेको छैन। तर, नजिकैको किराना पसलमा किनमेल र गफिनका लागि निस्कने गर्दा वृद्धमा संक्रमण सरेको हुन सक्ने छिमेकीको आशंका छ। एकजना छिमेकीका अनुसार उनी नजिकैको पसलमा सामान किनमेल गर्न जाने गरेका थिए। सामान किन्न आउजाउ गर्ने क्रममा कोरोना सरेको आशंका गरिएको छिमेकीले बताए।  

यो समेत पोखरामा अहिलेसम्म कोरोनाले मृत्यु हुनेको संख्यामा पाँच पुगेको छ। पश्चिमाञ्चल अस्पतालमा मात्र चारजनाले ज्यान गुमाएका छन्। गण्डकी प्रदेशमा कोरोनाले मृत्यु हुनेको संख्या सात पुगेको छ।
अर्को समाचार
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
१ घण्टा अघि
•
१ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
जुम्ला। बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।




गुठीचौर गाउँपालिका-१, मणिसाँघुका ४६ वर्षीय कालीबहादुर रोकायालाई प्रहरीले शनिबार पक्राउ गरेको हो। गत मंसिर ८ गते बालिकालाई उपचार गर्ने बहानामा यातना दिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान थालेको थियो।

जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरी टोलीले रोकायालाई मणिसाँघुबाट नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पुर्‍याएको हो। उनीमाथि अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक तथा प्रवक्ता शालिकराम खनालले जानकारी दिए।

उनका अनुसार अन्धविश्वास तथा रूढिवादी अभ्यासका नाममा हुने यस्ता गतिविधिप्रति प्रहरी संवेदनशील छ। यस्ता कार्यमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याइने उनले बताए। साथै, यस्ता गतिविधिबारे जानकारी भए नजिकको प्रहरी कार्यालय वा १०० नम्बरमा खबर गर्न प्रहरीले आग्रह गरेको छ।
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock २ मिनेट अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
यो पनि पढौँ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस