सीमा क्षेत्रमा सशस्त्रको गस्ती
०२ भदौ २०७७
•
३ मिनेट पाठ
सीमा क्षेत्रमा सशस्त्रको गस्ती
सीमाक्षेत्र अवलोकनका लागि सन्दकपुर पुगेको सशस्त्र प्रहरी बलको टोली र भारतीय सीमा सुरक्षा बल (एसएसबी)का जवान । तस्बिर: नागरिक
सशस्त्र प्रहरी बलले भारतसँग जोडिएको जिल्लाको पूर्वी क्षेत्रमा गस्ती गरेको छ। सन्दकपुरदेखि जिर्मलेसम्मको साढे ५२ किलोमिटरमा स्थलगत निरीक्षण गर्दै सशस्त्रले ती स्थानमा रहेका भारतीय सीमा सुरक्षा बल (एसएसबी)सँग समेत भेटघाट र छलफल गरेको छ।  




४ दिनको गस्तीमा सशस्त्रले विशेषगरी सीमास्तम्भको अवस्था अवलोकन गरेको पशुपतिनगरस्थित बोर्डर अब्जर्भेसन पोस्ट (बिओपी)का इन्स्पेक्टर नवीन खतिवडाले बताए। कोभिड–१९ नियन्त्रणका सीमा क्षेत्रमा राखिएका सशस्त्र प्रहरी युनिट र ती स्थानमा थप गर्न लागिएका बिओपीको तयारीबारे अनुगमन गरेको खतिवडाले बताए। ‘कोभिड–१९ को त्रासका कारण नेपाली सुरक्षा निकाय यसैमा केन्द्रित रहेका बेला सीमा क्षेत्रको निगरानी आवश्यक देखिएकाले अकास्मात गस्तीमा गएका थियौं,’ उनले भने, ‘तर, अहिले सीमास्तम्भ, दशगजा र नेपाली भू–भागको अवस्था सामान्य नै पाइयो।’  

इलामले भारतसँग छोएका दशगजा र आसपासमा भारतले एसएसबीका २६ बिओपी र एउटा प्रहरी चेकपोस्ट राखेको छ। ती बिओपीमा रहेका भारतीय एसएसबीसँग पनि नेपाल–भारत सीमा क्षेत्रको अवस्थाबारे छलफल गरिएको उनले बताए। ‘सीमा क्षेत्रमा बेला–बेला देखिने समस्या समाधानमा आफ्नो ठाउँबाट गर्नुपर्ने समन्वयबारे दुवै देशका सुरक्षाकर्मीबीच छलफल भयो,’ उनले भने, ‘बर्खाको सिजन र दुवैतिर कोभिड–१९ को जोखिम रहेका कारण सीमामा चहलपहल चाहिँ शून्यझैं रहेछ।’  

सदरमुकामस्थित सशस्त्र प्रहरी बल हेडक्वार्टर नम्बर १ का एसपी सुधीरजंग थापासहितको टोली सीमाक्षेत्र अवलोकनमा गएको हो। कोभिड–१९ नियन्त्रणका लागि जौबारी, मेघमा, मानेभञ्ज्याङ, छब्बिसे, हिले, खोलागोदाम, समालबुङ, सलकपुर र लाङ्केटमा सशस्त्रको टोली राखिएको छ। यी इकाईमा सशस्त्र प्रहरी अधिकृतको कमान्डमा कम्तीमा १० जना राखिएका छन्। ‘त्यहाँ राखिएको टोलीलाई अहिलेको कोभिड–१९ को अवस्था र सशस्त्र प्रहरीले गर्नुपर्ने कर्तव्यबारे निर्देशन दिइएको छ,’ इन्स्पेक्टर खतिवडाले भने, ‘सीमाक्षेत्रबाट मानिस आउ–जाउ गर्न नदिन टोलीलाई थप सचेत गराइएको छ।’

चालू आर्थिक वर्षभित्रै पूर्वी सीमा क्षेत्रमा थप ६ बिओपी स्थापना गरिँदैछन्। सूर्याेदय नगरपालिकाको समन्वयमा सशस्त्र प्रहरीले ती क्षेत्रमा जग्गा व्यवस्थापन गरी बिओपी राख्ने तयारी गरेको हो। कालपोखरी, जौबारी, मानेभञ्ज्याङ, छब्बिसे, समालबुङ र सलकपुरमा बिओपी राख्ने तयारी छ। सीमा क्षेत्रमा भारततर्फ सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेपनि नेपालतर्फ ज्यादै थोरै संख्यामा मात्र भएपछि बिओपी थप्न लागिएको हो। ‘जौबारी, समालबुङ, सलकपुरमा राखिने बिओपीका लागि बजेट आएको र महिनादिनभित्र यी ३ बिओपी स्थापना गरिसक्ने तयारी हुँदैछ,’ उनले भने, ‘बाँकी बिओपी पनि चाँडै बसिसक्छन्।’  

जिल्लाले छोएको भारतीय सीमामा १७ मुख्य सीमास्तम्भ हुनुपर्नेमा यसअघि १६ वटा फेला परेका थिए। रोङ गाउँपालिका–६, मेचीखोलाको ८१ पिपी–१० नम्बरको सीमास्तम्भ फेला नपरेको सशस्त्रले जनाएको छ। एउटा सीमास्तम्भ हराएको भएपनि गाडिएको स्थान भने पत्ता लगाउन सकिने ठाउँमा पाइएको छ। भएका १६ मध्ये पनि १२ वटा मर्मत गर्नुपर्ने अवस्थामा छन् भने साढे ५२ किलोमिटर दूरीमा ४ मुख्य सीमास्तम्भ मात्रै सग्ला पाइएका थिए।  

यो दूरीमा ८३ सहायक सीमास्तम्भ हुनुपर्नेमा ७२ वटा र ४६ साना सीमास्तम्भ हुनुपर्नेमा २१ मात्रै भेटिएका छन्। मुख्य १२, सहायक ५० र साना १९ गरी ८१ सीमास्तम्भ मर्मत गर्नुपर्ने अवस्थामा पाइएका छन्। यीबाहेक सहायक ७ र साना २ सीमस्तम्भ पुनर्निर्माण गर्नुपर्ने अवस्थाका छन्। जिल्लाको सन्दकपुर, रोङ, माइजोगमाई गाउँपालिका र सूर्याेदय नगरपालिकाले भारतीय सीमा छोएका छन्। नेपालतर्फ पशुपतिनगरमा सशस्त्र प्रहरीको बिओपी छ। पशुपतिनगरमा इलाका प्रहरी कार्यालय छ भने छिरुवा, मानेभञ्ज्याङ र कालपोखरीमा प्रहरी चौकी छन्।
अर्को समाचार
सीमा क्षेत्रमा सशस्त्रको पैदल गस्ती
०९ वैशाख २०८१
•
२ मिनेट पाठ
सीमा क्षेत्रमा सशस्त्रको पैदल गस्ती
कैलालीमा सशस्त्र प्रहरी बल नम्बर ३४ हेडक्वार्टरले एक सय एक किलोमिटर सीमा क्षेत्रमा पैदल गस्ती सुरु गरेको छ। सशस्त्र प्रहरी बल नेपालको केन्द्रीय नीति र निर्देशनअनुसार कैलालीमा शनिबारदेखि आठ दिनसम्म सीमा पैदल गस्ती सुरु गरेको हो।




त्रिनगर भन्सार सीमास्तम्भबाट सुरु भएको गस्ती जिल्लाको पूर्वी सीमास्तम्भ पुगेर समापन गरिने जनाइएको छ। सशस्त्र प्रहरी निरीक्षक पुष्करबहादुर बमको कमान्डमा ३५ जनाको टोलीले सीमा क्षेत्रको अनुगमन, निरीक्षण र सीमा क्षेत्रका स्थानीयसँग संवादसमेत गर्ने सशस्त्र प्रहरी बल नम्बर ३४ गण हेडक्वार्टर कैलालीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक दलबहादुर पाण्डेले बताए।

उनले त्रिनगरस्थित सीमास्तम्भ ७५२/६ रहेको स्थानबाट पैदल गस्ती सुरु भएर सीमास्तम्भ श्रीलङ्कास्थित नम्बर ७०० मा पुगेर समापन गरिने जानकारी दिए। भारतसँग जोडिएको एक सय एक (१०१)  किलोमिटर सीमा क्षेत्रमा सशस्त्र प्रहरीको गस्ती टोलीले अनुगम र निरीक्षण गर्ने उनको भनाइ छ।

पैदल गस्तीमा  सीमास्तम्भको अवस्था र समग्र सीमा क्षेत्रको वस्तुस्थितिबारे अध्ययन गरिने जनाइएको छ। सशस्त्र प्रहरी बल, नेपालको केन्द्रीय नीति र निर्देशनअनुसार यसअघि कञ्चनपुरको सीमा क्षेत्रमा समेत पैदल गस्ती गरिएको जनाइएको छ।

सो क्रममा सीमास्तम्भको अनुगमन, सीमा क्षेत्रबाट हुने तस्करी, आपराधिक गतिविधि तथा सीमा क्षेत्रका स्थानीयले भोग्नुपरेका समस्याबारे आवश्यक जानकारी लिएर माथिल्लो निकायलाई रिपोर्टिङ गर्ने काम गरिने भएको छ। सशस्त्र प्रहरी बलको सीमा क्षेत्रमा सुरु भएको पैदल गस्तीले लागुऔषध ओसारपसार, चोरी–तस्करी तथा अन्य आपराधिक गतिविधि नियन्त्रण गर्न सहयोग पुग्ने विश्वास लिइएको छ।

सशस्त्र प्रहरीले सीमा क्षेत्रमा पर्ने वडाका जनप्रतिनिधि, राजनीति दलका नेता, स्थानीय र भारतीय सीमा सुरक्षा बलका अधिकारीसँग अन्तक्र्रिया गर्ने जनाइएको छ। तस्करी नियन्त्रण, विपद् व्यवस्थापन, आपराधिक गतिविधिको निगरानी र नियन्त्रण गर्न पैदल गस्तीले सहयोग पुग्ने अपेक्षा गरिएको छ। प्रहरी उपरीक्षक पाण्डेले आठ दिनसम्म गस्ती टोलीले दिन र रातिको समयमा समेत पैदल गस्ती गरेर सीमा क्षेत्रको निरीक्षण गर्ने जानकारी दिए।-रासस
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock २६ सेकेन्ड अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock २ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस