घोराही स्थित बैंकका एक कर्मचारीमा कोरोना पुष्टि भएको छ । घोराही स्थित कर्णाली बिकास बैंकका कर्मचारीमा सोमबार कोरोना संक्रमण पुष्टि भएको दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले जानकारी दिए । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको स्वाब परीक्षणका क्रममा घोराही १५ का ति कर्मचारीमा कोरोना पुष्टि भएको हो । ज्वरो आउने, स्वास प्रश्वासमा समस्या हुन थालेपछि ति कर्मचारीको कोरोना परीक्षण गरिएको थियो ।
सुरुमा घोराही स्थित बुद्ध हस्पिटलमा उपचारका लागि गएका ति कर्मचारीमा कोरोनाका सम्भावित लक्षण देखापरेपछि उनलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रेफर गरिएको थियो । प्रतिष्ठानमा गरिएको स्वाब परिक्षणका क्रममा कोरोना संक्रमण पुष्टि भएपछि उनलाई उपचारका लागि बुटवल लगिएको छ ।
बैंकका कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि बैंक शिल गरिएको प्रमुख जिल्ला अधिकारी रिजालले जानकारी दिए । ‘बैंकका एकजना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि बैंक शील गरिएको छ,’ प्रमुख जिल्ला अधिकारी रिजालले भने, ‘अब ति कर्मचारीसंग सम्पर्कमा रहेकाहरुको पहिचान गरेर उनिहरुको पनि स्वाब परिक्षणको काम थालिने छ ।’
‘रातभर दाङ सिल’
कोरोना संक्रमणको जोखिम समुदाय स्तरमा ब्याप्त हुन थालेपछि रातभर दाङ जिल्ला शिल हुने भएको छ । समुदाय स्तरमै कोरोना संक्रमण देखिन थालिसकेकाले थप संक्रमण फैलन नदिनका लागि स्थानीय प्रशासनले सोमवार देखि बेलुका ७ बजेदेखि बिहान ५ बजे सम्म जिल्ला बन्द गर्ने निर्णय गरेको हो । सोमवार देखि लागु भएको रात्रीकालीन जिल्ला बन्द एक हप्ता सम्म कायम रहने छ ।
प्रमुख जिल्ला अधिकारी रिजालका अनुसार वेलुका ७ बजेदेखि अर्को दिन विहान ५ बजे सम्म जिल्लामा सवारी साधन आवतजावत तथा नागरिकहरुलाई समेत हिँड्डुल गर्न पूर्ण रुपमा प्रतिवन्ध लाग्ने छ । ‘समुदाय स्तरमा कोरोना फैलने खतरा रहेकाले रातको समयमा जिल्ला बन्द गर्ने निर्णय गरिएको हो,’ रिजालले भने ।