जुम्लामा निषेधाज्ञा जारी
३२ साउन २०७७
•
१ मिनेट पाठ
जुम्लामा निषेधाज्ञा जारी
जिल्ला प्रशासन कार्यालय जुम्लाले समुदाय स्तरमा कोराना संक्रमणको फैलिन सक्ने भन्दै साउन ३२ गते राति १२ बजेदेखि निषेधाज्ञा जारी गरेको छ । चन्दननाथ नगरपालिका क्षेत्रका विभिन्न स्थानमा स्वाब संकलन गरी परीक्षण गर्ने क्रममा समुदाय स्तरमा कोराना संक्रमण फैलने खतरा देखिएकोले निषेधाज्ञा जारी गरेको हो ।




चन्दननाथ नगपालिकाको पुर्वमा दानसाँघु,पश्चिममा उमगाड,उत्तरमा कर्णाली प्राविधिक शिक्षालय तथा दक्षिणमा तिला नदिको चारकिल्ला भित्रका औषधि पसल र स्वास्थ्य सेवा बाहेकका सबै क्रियाकलाप बन्द गर्ने जिल्ला गरि निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले जानकारी दिए ।  

जिल्लाका अन्य क्षेत्रहरु तातोपानी,तिला,गुठिचौर, हिमा, सिँजा र कनकासुन्दरी गाउँपालिकामा समेत अर्को सुचना नआए सम्मका लागि निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी थापाले जानकारी दिए । भिडभाड,जमघट,भेला,पर्व,जात्रा तथा आसन्न चाँडपर्वहरु नगर्न नगराउन समेत निर्देशन गरिएको छ । कुनै पसल, संघ संस्था खोल्न समेत यो अवधिमा पाइनेछैन् ।  

प्रमुख जिल्ला अधिकारी थापाले संक्रामक ऐन २०२० को २(२)तथा स्थानीय प्रशासन ऐन २०२८ दफा ६ (३) बमोजिम निषेधाज्ञा गरिएको जानकारी दिएका छन् । प्रमुख जिल्ला अधिकारी थापाले सामाजिक तथा ब्यक्तिगत दुरी कायम गर्दै मास्क, सेनिटाईजरको प्रयोग गर्न र साबुनपानीले नियमित रुपमा हात धुनको लागि आग्रह गरे । उनले भने,‘स्वास्थ्य तथा सुरक्षा मापदण्डको पुर्ण पालना गर्न आग्रह गर्दछौँ । ’ 

अर्को समाचार
जुम्लामा आजदेखि निषेधाज्ञा
२३ वैशाख २०७८
•
३ मिनेट पाठ
जुम्लामा आजदेखि निषेधाज्ञा
जुम्लामा कोरोना भाइरस संक्रमणको परीक्षणमा संक्रमितको दर ९० प्रतिशत भन्दा बढि पुष्टि भएकोले जिल्ला प्रशासन कार्यालय जुम्लाले निषेधाज्ञा जारी गरेको छ। बुधवार राति १२ बजेदेखि लागु हुने गरि निषेधाज्ञा जारी गरिएको हो। नोबेल कोरोना भाइरस कोभिड –१९ नया भेरियन्ट सहितको दोस्रो लहरको संक्रमण तथा रोगका कारण मुलुकमा मृत्यु हुने संख्या दिनानुदिन तीव्ररुपमा बढिरहेकोले जुम्लामा वैशाख ३१ गते सम्मका लागि निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ ।




कोभिड १९ संकट व्यवस्थापन केन्द्रको वैशाख २१ गते बसेको बैठकले निषेधाज्ञा गर्न सिफारीस गरेपछि जिल्ला सुरक्षा समितिको बैठकले निषेधाज्ञा जारी गरेको हो। संक्रामक रोग ऐन, २०२० को दफा २(२) र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ५(३) बमोजिम वैैशाख २२ गते राति १२ बजे देखि निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले जानकारी दिए । निषेधाज्ञा उल्लंघन गर्ने व्यक्तिलाई प्रचलित कानून बमोजिम कारबाही गरिने चेतावनी समेत दिएको छ।  

अनिर्वाय रूपमा मास्क लगाउने, बेला बेलामा साबुन पानी वा सेनिटाइजर प्रयोग गर्ने र कम्तिमा २ मिटर सामाजिक दुरी कायम गर्ने, अत्यावश्यक काममा बाहेक कुनै पनि व्यक्ति घरबाट बाहिर ननिस्कन जुम्लाबासीलाई आग्रह गरिएको छ। अनुमति प्राप्त सवारी साधन, एम्बुलेन्स, स्वास्थ्यकर्मी, सुरक्षा निकायले प्रयोग गर्ने बाहेक सबै प्रकारका सार्वजनिक वा निजी यात्रुवाहक सवारी साधन सञ्चालनमा पूर्ण रोक लगाइएको छ। 

जनस्वास्थ्य तथा सुरक्षा मापदण्ड अपनाई जिल्ला भित्रका औषधी, उपकरण र उपचारका सामाग्री उत्पादन, बिक्री वितरण तथा दुवानी सेवा,खाद्यवस्तु होम डेलिभरी गर्ने सेवा, बैकिङ, दरसञ्चार, विद्युत सेवा, फोहोर मैला व्यवस्थापन सेवा, एम्बुलेन्स सेवा लगायतका अत्यावश्यक सेवाहरू नियमित रूपमा तथा खाद्यवस्तु, ईन्धन (म्यास, पेट्रोल, डिजेल,मट्टितेल), खानेपानी, दुध फलफूल तरकारी लगायतका अत्यावश्यक व्यवसायहरू दिनमा १ पटक बिहान ६ बजे देखि १ बजेसम्म सुरक्षाका मापदण्ड पालना गरि मात्र खुला गर्ने र अन्य पसल, व्यवसाय, सेवाहरु पूर्णरूपमा बन्द गर्ने गरि निषेधाज्ञा गरिएको छ।  जनस्वास्थ्य तथा सुरक्षा मापदण्ड भित्र रही बढीमा १० जनासम्म कामदार परिचालन गरी कामदारहरूलाई परियोजना निमार्ण स्थलभित्र बसोबासको व्यवस्था मिलाएर विकास निर्माण कार्य संचालन गर्ने, गराउने, व्यवसायीहरुले औषधी र औषधीजन्य सामाग्रीहरुको नियमित आपूर्तिको व्यवस्था गर्ने ।

कृत्रिम अभाव देखाई मूल्य बृद्धि गर्ने वा कालोबजारी,जम्माखोरी गर्ने वा लुकाउने वा आपूर्तिमा अवरोध गर्ने व्यक्तिलाई प्रचलित कानुन बमोजिम नियन्त्रणमा लिने, सामाग्री जफत गरी रोगको रोकथाम र उपचारको कार्यमा उपयोग गर्ने जिल्ला सुरक्षा समितिले निर्णय गरेको छ।   अत्यावश्यक सेवा प्रदान गर्ने कार्यालयहरूले कार्यालयको काम बाधा नपर्ने गरी आवश्यक संख्यामा कर्मचारीहरुलाई मात्र बोलाई कार्य संचालनगर्ने व्यवस्था मिलाउने,सामाजिक परम्पराका कार्यक्रमहरू विवाह, पुजापाठ गर्दा जनस्वास्थ्य तथा सुरक्षाको मापदण्ड पूर्ण पालना गरी बढीमा १० जना पर परिवार भित्रका मात्र उपस्थितमा मात्र संचालन गर्ने, गराउने, जिल्ला भित्रका कुनैपनि स्थानमा कुनैपनि किसिमको सभा , समारोह, भेला कार्यक्रम जमघट भई भिडभाड हुने गतिविधि संचालन गर्ने गराउन नपाइने भएको छ।

अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १७ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock २२ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस