कोरोना संक्रमणको संख्या यहाँ बढ्दै गएपछि वीरगन्जमा आइतबारदेखि नेपाली सेना परिचालित गरिएको छ। साउन १० गतेदेखि अर्को आदेश नभएसम्मका लागि वीरगन्ज महानगरपालिका क्षेत्रमा जारी निषेधाज्ञा साउन १८ देखि पर्सा जिल्ला भर नै लगाइएको थियो। आइतबारबाट थप कडाई गर्दै सेना परिचालन गरिएको जिल्ला प्रसाशन कार्यालय पर्साले जनाएको छ।
संक्रमितको संख्या बढ्दै गएपछि मानिसहरुको आवागम र चहलपहल रोक्न आइतबारदेखि सेनालाई गस्तीका लागि परिचालन गरिएको हो। वीरगन्जका जनप्रतिनिधि, व्यवसायी, चिकित्सक, स्वास्थ्यकर्मी, प्रहरी, सेना र पत्रकार समेत गरी सर्वसाधारण संक्रमित बढ्दै गएकोले बिकराल अवस्थालाई नियन्त्रण गर्न सेना परिचालन गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी आसमान तामाङले जनाएका छन्।
'निषेधाज्ञालाई थप कडाईका साथ लागू गर्न श्रावण ३२ गते (आइतबार) बिहान ५ बजेदेखि मिति २०७७ भदौं १३ गते बिहान ५ बजेसम्म नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगार्थ नेपाली सेना परिचालित हुने गरी निषेधाज्ञा जारी भएको, सर्वसाधारण सबैको जानकारीका लागि सूचित गरिन्छ,' प्रमुख जिल्ला अधिकारी तामाङले जारी गरेको सूचनामा उल्लेख गरिएको छ।
प्रमुख जिल्ला अधिकारी तामाङका अनुसार जिल्ला सुरक्षा समितिको एक दिन अगाडि बसेको बैठकले यसको लागि निर्णय गरेको थियो। नेपाल र सशस्त्र प्रहरीलाई निषेधाज्ञामा सहयोग गर्न वीरगन्जस्थित चण्डीप्रसाद गणबाट सेना गस्तीमा सूचाना बमोजिम खटिसकेको बताइएको छ। पर्सामा आइतबार बिहानसम्म एक हजार ३ सय २० जनामा कोरोना संक्रमण देखिएको छ। २२ जना कोरोना संक्रमितको मृत्यु भईसकेको छ।
जुम्ला। बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
गुठीचौर गाउँपालिका-१,मणिसाँघुका ४६ वर्षीय कालीबहादुर रोकायालाई प्रहरीले शनिबार पक्राउ गरेको हो। गत मंसिर ८ गते बालिकालाई उपचार गर्ने बहानामा यातना दिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान थालेको थियो।
जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरी टोलीले रोकायालाई मणिसाँघुबाट नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पुर्याएको हो। उनीमाथि अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक तथा प्रवक्ता शालिकराम खनालले जानकारी दिए।
उनका अनुसार अन्धविश्वास तथा रूढिवादी अभ्यासका नाममा हुने यस्ता गतिविधिप्रति प्रहरी संवेदनशील छ। यस्ता कार्यमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याइने उनले बताए। साथै, यस्ता गतिविधिबारे जानकारी भए नजिकको प्रहरी कार्यालय वा १०० नम्बरमा खबर गर्न प्रहरीले आग्रह गरेको छ।
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...