सीमावर्ती क्षेत्रबाट प्रहरीले अवैध मालसामानसहित दुई जना आइतबार पक्राउ गरेको छ। कोरोना कहर नियन्त्रणका सक्रियतासहित सीमा क्षेत्रमा परिचालित प्रहरीले धमाधम अवैध सामान पक्राउ गर्न थालको हो।
गुलरिया नगरपालिका वडा नं. १० कालाबन्जाराका ६० वर्षीय अमिज सिद्धिकी र ३४ वर्षीय रमेश लोधलाई भारतबाट भन्सार छलि गरी ल्याउदै गर्दा पक्राउ गरेको प्रहरीले बताएको छ। बरामद गरिएका सामान आवश्यक कारवाहीका लागि राजापुर भन्सार कार्यालयमा बुझाइएको छ।
उनीहरुबाट भन्सार छलेर ल्याउदै गरेको अवस्थामा तेल, लेडिज कुर्ता, चुरा, दाल, चिनि डिटोल साबुन र गुल मंजनलगाएतका सामान बरामद गरिएको हो। सीमामा खटिएको प्रहरीले दुई साता भित्रमा १५ लाख बराबरको अवैध सामान बरामद गरेको रकर्डमा उल्लेख गरिएको छ।