सोमबार भदौं १ देखि ७ गतेसम्म गोरखामा लकडाउन हुने भएको छ। सार्वजनिक निजी सवारी, बैंक तथा बित्तिय संस्था, सरकारी कार्यालयबाट दिईने सेवा बन्द हुने भएको हो।
कोभिड १९ को संक्रमण फैलिने दर बढेसँगै कडाई गरिएको प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईले बताए। आइतबार जिल्ला प्रशासन कार्यालयमा बसेको कोरोना भाइरस रोकथाम नियन्त्रण र ब्यवस्थापन सम्बन्धी गोरखा जिल्लास्तरीय कमाण्ड पोष्टको बैठकले पेट्रोलियम पदार्थ, खाद्यान्न र औषधि बाहेकका सबै पसल बन्द गर्ने निर्णय गरेको छ।
सुरक्षा ब्यवस्थालाई थप कडाई गर्न नेपाली सेना, शसस्त्र र नेपाल प्रहरीको गस्ती बढाउने, बेलुका ९ देखि बिहान ६ बजेसम्म गोरखा प्रवेश गर्न रोक लगाउने निर्णय भएको प्रजिअ भट्टराईले बताए।