पछिल्लो समय कोरोनाको परीक्षणको दायरा फराकिलो बनाएसँगै बैंकका कर्मचारीलाई धमाधम संक्रमण पुष्टि भईरहेको छ।
बैंकमा कार्यरत चार बैंकका कर्मचारीमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। बासगढी नगरपालिकास्थित एउटै बैंकमा कार्यरत चार कर्मचारीको स्वाब परीक्षणको नतिजा पोजिटिभ आएको हो। सिटिजन बैंक २, मुक्तिनाथ ५, कुमारी बैक ५, सिदार्थ १ जनालाई कोरोना पुष्टि भएको छ।
जनस्वास्थ्य कार्यालय कृष्ण गोपाल चौधरीका अनुसार बैंकमा कार्यरत १३ कर्मचारीमा कोरोना पोजेटिभ देखिएको हो। पछिल्लो समय बर्दियामा बैंक कर्मचारीमा कोरोना देखिन थालेपछि सिल गरिएको छ। अधिकांश नगद कारोबारमा कार्यरत कर्मचारी संक्रमण पुष्टि भएको छ।
बैंकका कर्मचारीमा कोरोना भाइरस देखिएपछि बैंक सिल गरिएको प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले बताए। उनका अनुसार व्यवसायी, मजदुर, कानुन व्यवसायी पत्रकार र कन्ट्रयाक्ट ट्रेसिङ परेकाको परीक्षण प्राथमिकताका साथ गरिरहेको छ। ७ हजार ६ सय ५५ स्वाब परीक्षण गरिएको छ। २ सय ९२ जनाको कोरोना परीक्षणबाट पोजेटिभ आएको छ। स्वाब संकलन भएका ६ सय ५० को परीक्षणको नतिजा सार्वजनिक हुन बाँकी छ।