खोटाङको खोटेहाङ गाउँपालिकाले आगामी भदौ ५ गते पर्ने हरितालिका तिज घरैमा मनाउन आग्रह गरेको छ। दिनानुदिन कोरोना भाइरसको संक्रमणको खतरा बढिरहेको भन्दै गाउँपालिकाले हरितालिका तिजलाई आ–आफ्नो घरभित्रै परिवारका साथमा मनाउन आग्रह गरेको हो। प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद भट्टराईले जारी गरेको सूचनामा हरितालिका तिजमा जमघट नहुन तथा भिडभाड नगर्न सचेत गराएको छ।
यस्तै, भदौ ३ गतेका दिन खोटेहाङ गाउँपालिका–८ सिमपानीमा हरेक वर्ष लाग्ने कुसे औंसी मेला नलगाउने, खोटाङबजार, सिमपानी बजार लगायतका क्षेत्रमा लाग्ने हाटबजार केही समयका लागि बन्द गर्ने निर्णय गरिएको गाउँपालिकाले जनाएको छ। गाउँपालिकाले अनावश्यक भीडभाड तथा जमघट नहुने, आवश्यक कामका लागि बजार क्षेत्रमा जान परे सामाजिक दूरी कायम गर्दै मास्क, पञ्जा, सेनिटाइजर लगायतका सामग्रीको प्रयोग गर्न आग्रह गरेको छ। लकडाउन हटाइएपछि सुरु भएको हाटबजारमा भीडभाड बढ्दा कोरोना संक्रमणको जोखिम बढेको भन्दै जिल्ला प्रशासन कार्यालयले हाटबजार बन्द गर्ने निर्णय गरेको केही दिनपछि खोटेहाङ गाउँपालिकाले आफैले सूचना जारी गरेको हो।
जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको साउन ३० गते बसेको बैठकको निर्णय अनुसार प्रशासनले जिल्लाका विभिन्न स्थानमा लाग्ने हाटबजार अर्को व्यवस्था नभएसम्मका लागि बन्द गराउने निर्णय गरेको थियो।