जुम्लाको पातारासी गाउँपालिकाको एक जनामा कोरोना पोजेटिभ देखिएपछि गाउँपालिका नै सिल गरिएको छ। गाउँपालिकामा सार्वजनिक यातायातमा काम गर्ने चालकलाई कोराना देखिएको हो। चालकमा समेत कोरोना संक्रमण देखिएपछि गाउँपालिका नै सिल गर्नु परेको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले जानकारी दिए।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा पिसिआर परीक्षण गर्दा २३ वर्षीय सवारी चालकमा कोरोना पोजेटिभ देखिएको हो। योसंगै पछिल्लो समयमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको आइसोलेसनमा ८ जना कोरोना संक्रमित छन्। यसअघि ६९ जना निको भएर घर फर्किसकेका छन्। जसमध्ये तीन जनामा पुनः कोरोना पोजेटिभ देखिएको छ।
गाउँपालिकाको पूर्वमा गडिगाउँ, पेरे, हुरीमहरी, पश्चिममा चन्दननाथ नगरपालिकाको सिमाना रानागाउँ, उत्तरमा खालीचौर दक्षिणमा गुठिचौरका चार किल्ला क्षेत्रमा औषधि पसल र स्वास्थ्य सेवा बाहेकका सम्पूर्ण क्रियाकलापहरु बन्द गर्न प्रमुख जिल्ला अधिकारी भुपेन्द्रथापाबाट निषेधाज्ञा जारी गरिएको हो। पछिल्लो समयमा जहाँ कोरोना पोजेटिभ देखिन्छ, त्यो क्षेत्र मात्र सिल गर्ने गरिएको हो।
यस अघि निषेधाज्ञा गरिएका जिल्लाको चन्दननाथ, कनकासुन्दरी गाउँपालिका, तिला गाउँपालिकाको वडा नम्बर ५ खुला भईसकेका छन्। कोरोना पोजेटिभ देखिएको क्षेत्रमा उनीसंग सम्पर्कमा रहेका व्यक्तिको जाँच गरिसकेपछि नतिजा नेगेटिभ आएपछि अन्य क्षेत्र निषेधाज्ञा खुला गर्ने गरिएको सहायक प्रमुख जिल्ला अधिकारी ओम प्रकाश देवकोटा बताउँछन्।
पछिल्लो समयमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल र जिल्ला कोभिड नियन्त्रण कमाण्ड समितिको समन्वयमा भिडभाड बढि हुने क्षेत्रहरुमा नमूनाको रुपमा पिसआर परीक्षण गरिदै आएको छ। समयमा उद्योगी व्यापारीमा समेत नमूनाको रुपमा परीक्षण गर्ने काम भएको अस्पतालले जनाएको छ। जिल्ला प्रहरी कार्यालय जुम्लाका ९२ जनाको समेत पिसिआर परीक्षण भएको छ।