सीमाको तस्करीधन्दा र निर्वाध आउजाउले फैलायो महामारी
३० साउन २०७७
•
५ मिनेट पाठ
सीमाको तस्करीधन्दा र निर्वाध आउजाउले फैलायो महामारी
सीमा  क्षेत्रमा चल्ने तस्करीधन्दा निरन्तर चलेकै छ । उद्योगधन्दाहरुमा काम गर्न आउने  भारतीय मजदुरको अनियन्त्रित हिँडडुल रोकिएको छैन । दैनिक सयौंको संख्यामा भारतबाट भित्रने यातायातकर्मी सुरक्षा सतर्कता बेगरै नेपालका गाउँसहर चहारिरहेका छन् । आश्चर्य के छ भने तीन वटै तहका सरकार यी सबै दृश्यका लाचार दर्शक बनेका छन् ।




प्रदेश १ को राजधानी विराटनगर र आसपासका क्षेत्रमा कोरोना संक्रमण दर भयावह बन्नुका मुख्य कारण यिनै हुन् । भारतबाट बेरोकटोक भित्रेकाहरुलाई बेलैमा परीक्षणको दायरामा ल्याउने, क्वारेन्टिन गर्ने उपाय अपनाउने विकल्पतिर ध्यान नै गएन । फलतः संक्रमण तीव्र हुन पुग्यो । यो काम गर्ने जिम्मेवारी लिएको प्रदेश सरकार भने प्रहरीलाई दोष दिएर पन्छिन खोजिरहेको छ ।

'सीमा क्षेत्रमा कडाई गरिएको' सरकारको तयारी अभिव्यक्तिभन्दा विल्कुल फरक दृश्य सीमामा छ  । स्थानीयबासीहरुका अनुसार सीमा क्षेत्रको गतिविधिले मुलुक पहिले झैं सामान्य अवस्थामा रहेको झल्को दिन्छ ।  झापा काँकडभिट्टाका हरि तिम्सिना हुन् अथवा विराटनगर रानीका जगदिश साह, उनीहरुले सीमा क्षेत्रमा देखेको दृश्यले सरकारले भनेको 'कडाइ' को धज्जी उडाइरहेका छन् । यसका साक्षी उनीहरु निरुपाय छन् ।

'सीमामा नेपाल प्रहरी र सशस्त्र प्रहरीको बाक्लो उपस्थिति छ तर हरेक रात सामान ओसारपसार निर्वाध चलेको छ', सत्तारुढ नेकपा मेचीनगरका नेतासमेत रहेका झापाका हरि तिम्सिना भन्छन् 'यसले सीमा क्षेत्रमा कडाइ छ,  सरकारी निकाय गम्भीर छन् भनेर कसरी पत्याउनु ?' उनको जस्तै तितो अनुभूति विराटनगरका जगदिश साहको पनि छ । 'माल बोक्ने गाडीमा उद्योगको मजदुर ओसारेको हामीले देखेका हौं', उनले भने 'प्रहरीले नदेखेको हो कि देखे पनि नदेखे जस्तो गरेको कुरो बुझिएन ।'

अत्यधिक संक्रमण रहेका भारतीय राज्यहरु बिहार र पश्चिम बंगालबाट हुने निष्फिक्री आउजाउले प्रदेश १ मा कोरोनाको फैलावट समुदायसम्म तीव्र पारेको छ । भारतीय मजदुर ल्याएर सुरक्षा मापदण्डविनै उद्योग सञ्चालन गरेको विराटनगरको ठूलो उद्योगमध्येको मानिने आरती स्ट्रिप्स प्रालिमा ५१ जना कर्मचारी र कामदारलाई कोरोना संक्रमण देखिएको छ । सुरुवातामा २ जना मजदुरमा कोरोना देखिएपछि उद्योग शिलबन्दी गरेर अन्य मजदुरलाई क्वारेन्टिाइनमा राख्नुपर्ने भए पनि  जबरजस्ती उद्योग सञ्चालन गर्दा अन्य मजदुरमा पनि कोरोना व्यापक रुपमा फैलियो । 

यही उद्योगका दुई जना संक्रमित कामदार फरार छन् । यो अर्को चिन्ताको विषय बनेको स्वास्थ्यकर्मी बताउँछन् । विराटनगर मात्रै होइन, कटहरी, रंगेली जस्ता विभिन्न उद्योगधन्दा भएका मोरङका अन्यत्र पनि भारतीय मजदुर छ्याप्छ्याप्ती छन् । झापाका भद्रपुर, मेचीनगर क्षेत्रका उद्योगधन्दाहरुमा भारतीय मजदुरकै बाहुल्य छ, जहाँ अहिले पनि काम निर्वाध चलिरहेको छ ।

प्रदेश सरकारका उच्च तहका अधिकारीहरु, जनस्वास्थ्य विज्ञ, चिकित्सक र जनप्रतिनिधिहरुको यतिबेलाको साझा निष्कर्ष सीमामा नियन्त्रण गर्न नसक्दा नै भयावह अवस्था आएको भन्ने छ । 'हामीले बोर्डरमा जति कडा गर्नुपर्ने हो गरेनौं', प्रदेश सरकारका एक उच्च अधिकारी भन्छन् 'तर, यसमा प्रदेशको दोष छैन । केन्द्रको प्रहरीले यसमा बढी जिम्मेवार हुनुपथ्र्यो ।'  

उनीहरु सबै यस्तो जटिल बेलामा यो कुरा सुनाउँदैछन् कि, प्रदेशमा संक्रमित राख्ने आइसोलेसन बेड अभाव पेचिलो बन्दैछ । कोरोना नियन्त्रणको मुख्य अस्त्र मानिएको 'कन्ट्याक्ट ट्रेसिङ' नै लगभग असम्भव बनेको चिकित्सकहरु बताइरहेका छन् ।

'सीमामा भनेजस्तो सकर्तकता नहुँदा यो अवस्था आयो', जनस्वास्थ्य विज्ञ डा. बालकृष्ण साह भन्छन् 'अनियन्त्रित आउजाउ चल्यो । आन्तरिक रुपमा पनि उत्तिकै भीड र आवागमन भयो, यसले समुदायसम्म यसरी भाइरस फैलायो कि अब कन्ट्याक्ट ट्रेसिङ नै असम्भव जस्तो भइसक्यो ।' उनका अनुसार पोजिटिभ रिपोर्ट आएकाहरुले तरकारी बजार चहारेका छन् । परिवारसँग, नातेदारसँग भोजभतेर भ्याएका छन् । 

चिकित्सकहरु धमाधम संक्रमणमा पर्दैछन् । 'अब कहाँ जाने ट्रेस गर्न ?', मोरङ सहकारी अस्पतालका चिकित्सकसमेत रहेका उनी भन्छन् 'बेलैमा क्वारेन्टिनको प्रबन्ध गरेको र ट्रेस गरेको भए यो अवस्था नआउन सक्थ्यो ।'

प्रदेश १ मा कोरोना संक्रमण दर उच्च छ । शुक्रबार मात्रै ९५ जना थपिए । हालसम्म १ हजार ८ सय २१ जना संक्रमित भइसकेका छन् । त्यसमा पनि विराटनगरमा सबैभन्दा धेरै संक्रमण दर छ । विराटनगरमा मात्रै हालसम्म ६ जनाको ज्यान गइसकेको छ । प्रदेश २ का ३ सहित प्रदेश १ मा कूल १२ जनाले ज्यान गुमाइसकेका छन् । समुदाय तहमा देखिएको संक्रमणले अवस्था यस्तो भएको छ कि सयभन्दा धेरै संक्रमित अझै पनि घरैमा छन् ।

विराटनगर महानगर प्रमुख भीम पराजुलीको अनुभवमा  सहरमा  क्षेत्रमा महामारी झन्झन् फैलिनुको मुख्य कारण नै सीमामा हुन नसकेको कडाइ हो । 'आवागमन कहिल्यै कडा भएन', उनले भने 'अर्कातिर आइसीपीमा दैनिक सयौंको संख्यामा भारतबाट आउने गाडी र तिनका मजदुर कुनाकुनासम्म पुगे । अहिले यस्तो अवस्था आएको छ ।' 

चिकित्सकहरुका अनुसार त स्वास्थ्यसेवा लिन पनि भारतीयहरु साउन ८ यता ठूलो संख्यामा नेपाल आएका छन् । जबकि ,त्यही समयमा पनि आवतजावत रोकिएको सरकारी दाबी आइरहेकै थियो । सर्वसाधारण, जनस्वास्थ्य विज्ञ, सरकारी अधिकारी र जनप्रतिनिधिहरुले सीमा क्षेत्रमा भएको लापरबाहीपूर्ण व्यवहारलाई कारक माने पनि नेपाल प्रहरी यो स्वीकार गर्दैन ।

प्रदेश १ प्रहरी प्रमुख डिआइजी ईश्वरबाबु कार्की सीमा क्षेत्रको अवस्था उनीहरुले भनेजस्तो नरहेको बताउँछन् । 'यो पब्लिकको फेन्टासी मात्रै हो, कल्पना मात्रै हो', उनी भन्छन् 'सरकारले आउन दिनु भनेकाबाहेक अरुलाई भित्रन दिएका छैनौं । हो, सीमाको संवेदनशीलताले प्लाष्टर गरेजस्तो ठप्पै होला भन्ने दाबी छैन । तर, प्रचार गरेजस्तो अवस्था पनि छैन ।'

स्थानीय तह, प्रदेश र संघीय सरकारका प्रतिनिधि निकायहरु एकअर्कालाई दोष दिने र आफू पन्छिन खोज्ने कमजोर राजनीतिक खेलमा रुमल्लिँदा संक्रमण दर बढिरहेको छ । मृतकको संख्या पनि बढ्दैछ । यस्तो बेलामा प्रदेश सरकार आइसोलेशसन बेड थप्ने भन्दै स्थानीय तहलाई रकम उपलब्ध गराउँदैछ । जु्न काम पहिलेकै लकडाउनताका गर्नुपर्ने माग उच्च थियो । 'अब हरेक व्यक्तिले आफूलाई सेल्फ क्वारेन्टिनमा राख्नुपर्छ केही समय', जनस्वास्थ्य विज्ञ डा. साह भन्छन् ' जीवनशैलीमा पनि सुधार ल्याउनुपर्छ । अन्यथा अहिलेभन्दा डरलाग्दो अवस्था आउने निश्चित छ ।' 
अर्को समाचार
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
२ घण्टा अघि
•
१ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
जुम्ला। डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।




नागरिकता प्रमाणपत्रलगायत जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने सेवा उपलब्ध गराउने उद्देश्यले धोमा इलाका प्रशासन कार्यालय स्थापना गरिएको छ।यसअघि शे–फोक्सुण्डो, छार्काताङसोङ र डोल्पोबुद्ध गाउँपालिकाका नागरिक प्रशासनिक कामका लागि दुनै पुग्न बाध्य थिए।

भौगोलिक विकटताका कारण सेवा लिनै २५ देखि ३० हजार रुपैयाँसम्म खर्च गर्नुपर्ने अवस्था थियो। अब धोमा कार्यालय स्थापना भएपछि तीनवटै स्थानीय तहका नागरिकलाई प्रशासनिक सेवा लिन सहज हुने भएको छ।

इलाका प्रशासन कार्यालयका प्रमुख पदमबहादुर शाहीको अध्यक्षता तथा डोल्पोबुद्ध गाउँपालिकाका अध्यक्ष कार्मा छोइवेल गुरुङले कार्यालय उद्घाटन गरेका हुन्।

जिल्ला प्रशासन कार्यालय डोल्पाले २०८० असोज २५ गते गृह मन्त्रालयलाई पत्राचार गर्दै माथिल्लो डोल्पामा इलाका प्रशासन कार्यालय स्थापना गर्न प्रस्ताव गरेको थियो। २०८० चैत ५ गते मन्त्रालयलाई पठाइएको अर्को पत्रमा तीनवटै स्थानीय तहका नागरिकको प्रशासनिक पहुँच सहज बनाउन धोमा कार्यालय स्थापना गर्नुपर्ने आवश्यकता औंल्याइएको थियो।

जिल्ला प्रशासन कार्यालयका अनुसार शे–फोक्सुण्डोमा एक हजार ९४२, छार्काताङसोङमा आठ हजार ७४२ र डोल्पोबुद्धमा एक हजार २५६ जनसंख्या छ। भौगोलिक विकटताका कारण लामो समयदेखि प्रशासनिक सेवाबाट कठिनाइ भोगिरहेका यी क्षेत्रका नागरिकका लागि कार्यालय स्थापना राज्यको सेवा गाउँसम्म पुर्‍याउने महत्वपूर्ण कदम बनेको छ।
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock ७ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस