उत्तरी म्याग्दी जोड्ने राहुघाट नदीको बेलिब्रिज मर्मतपछि मंगलबारदेखि सञ्चालमा आएको छ । गएको असार २५ गते रातीको अविरल वर्षासँगै उर्लिएर आएको नदीले बेनी नगरपालिका–९ गलेश्वर र रघुगङ्गा गाउँपालिका–३ को सिमानामा अवस्थित पुलमा क्षति पुर्याएको राहुघाटको बेलिब्रिज मर्मतपछि दुवैतर्फबाट हलुका सवारी साधन, वारपार गरेको बेनी–जोमसोम–कोरला सडक आयोजनाका सव इन्जिनियर गजेन्द्र प्रसाद राउतले बताए । ‘ठूला सवारी साधन खाली आवतजावत गर्न पाउँछन्,‘मर्मतपछि पुल पुरानै अवस्थामा फर्किएको छ’ राउतले भने । उनका अनुसार आगामी भदौं ८ गतेपछि सवारी साधन १७ टन क्षमताका सवारी साधनलाई प्रयोग गर्न दिइने छ ।
भत्किएको पुल मर्मतका लागि सडक विभागको आपतकालिन बजेटबाट ४६ लाख खर्च भएकोमा कुल मर्मतमा ५० लाखसम्मको खर्च हुने बेनी–जोमसोम–कोरला सडक आयोजनाले जनाएको छ । पुल मर्मतमा सोचभन्दा धेरै खर्च भएको आयोजना पक्षको भनाई छ । मर्मतमा गरिएको श्रमदानलाई उक्त बजेटमा समावेश नगरिएको आयोजनाले जनाएको छ । विगत एक महिनादेखि दुवैतर्फ रोकिएका सवारी साधन गन्तब्यतर्फ लागेका छन् ।
मर्मतपछि सञ्चालनमा आएको पुलको अवलोकनका लागि मुस्ताङका प्रदेश सांसद चन्दमोहन गौचन, रघुगंगा गापाका अध्यक्ष भवबहादुर भण्डारीले निरीक्षण गरेका थिए । बाढीले बेलिब्रिज बगाएपछि म्याग्दीको रघुगङ्गा र अन्नपूर्ण गाउँपालिका हुँदै मुस्ताङ जोड्ने बेनी–जोमसोम सडक पूर्णरूपमा अवरुद्ध भएको थियो । यसैबीच उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाको रुप्से झरना लगायत विभिन्न स्थानमा पहिरो र नदी कटानले सडक अवरुद्ध भएपछि मर्मत सुरु गरिएको छ । बेनीदेखि मुस्ताङ सम्म सिधा सडक सञ्चालनमा अझै समय लाग्ने बताइएको छ ।