सिकिस्त बनेर शुक्रबार बिहान विराटनगरस्थित कोशी अस्पताल पुर्याइएका एक जना विरामी (पुरुष) को पुग्दानपुग्दै मृत्यु भयो । स्वाब परीक्षणका क्रममा उनलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
मृतकका परिवारजनले दिएको जानकारी अनुसार ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएपछि अस्पताल लगिएका विराटनगर–९ गुद्रीका ५८ वर्षीय पुरुषको अस्पताल पुग्नसाथ मृत्यु भएको थियो । उनको शवलाई आइसोलेशनमा राखेर स्वाब परीक्षण गर्दा कोरोना पुष्टि भएको कोशी अस्पतालले जनाएको छ ।
प्रदेश जनस्वास्थ्य प्रयोगशाला ल्याबमा गरिएको परीक्षणमा उनको कोरोना रिपोर्ट पोजेटिभ आएको हो । उनलाई विहान ९ः४० बजे अस्पताल पुग्नसाथ चिकित्सकले मृत घोषणा गरेका थिए । कोशी अस्पतालमा यो घटनासँगैसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या चार पुगेको छ भने विराटनगरका मात्र ३ जनाको मृत्यु भएको छ । यसअघि विराटनगरका ५ र ९ का पुरूषको कोरोनाबाट मृत्यु भएको थियो ।