पहिरोका कारण विस्थापित भएर धुन्चेमा बसिरहेका ८ परिवारलाई सामग्री वितरण गरिएको छ । जिल्लाको आमाछोदिङ्मो गाउँपालिका–१, फूलबारीबाट केही साता अघि विस्थापित भएर धुन्चेमा बसिरहेका परिवारलाई अस्थायी आवास निर्माणका लागि आवश्यक पर्ने सामग्री र खाद्य सामग्री वितरण गरिएको हो ।
प्रतिनिधि सभा सदस्य मोहन आचार्यले व्यक्तिगत रूपमा सामग्री सहयोग गरेका हुन् । अस्थायी आवास निर्माणका लागि सहयोग गरेका छन् । उनीहरूलाई तत्काल व्यवस्थापनका लागि तीन रोपनी जग्गा भाडामा लिइएको छ । उक्त जग्गाको भाडा सांसद आचार्यले नै तिरिदिने छन् ।
उनले अस्थायी आवास निर्माणका लागि प्रति परिवार ४० पाता जस्ता, २५ वटा बास र आवश्यक तार उपलब्ध गराएका छन् । उनका स्वकीय सचिव सुनिल पौडेलका अनुसार हाकुबाट विस्थापित भएर धुन्चेमा आएर बसिरहेका १ सय ५ घर परिवारलाई खाद्य सामग्री वितरण गरिएको छ ।