कोरोना संक्रमणको जोखिम रहेको भन्दै सूर्याेदय नगरपालिका वडा ११ स्थित आइतबारे बजार ‘सिल’ गरिएको छ । स्थानीय सशस्त्र प्रहरी जवानलाई कोरोना संक्रमण पुष्टि भएपछि नगरले अर्काे सूचना नभएसम्मका लागि बजार बन्द गरेको हो ।
सूर्याेदय नगरले दक्षिणपूर्वमा मेची राजमार्गस्थित सशस्त्र प्रहरी पोस्ट, दक्षिणपश्चिममा मेची राजमार्गबाट आइतबारे बजार छिर्ने सडकको मुख, उत्तरमा आइतबारे पुरानो धारा र पूर्वाेत्तरमा पूर्णेडाँडा पानी ट्यांकीबीचको क्षेत्र सिल गरेको छ । नगरका प्रमुख प्रशासकीय अधिकृत प्रकाशराज पौडेलले सूचना जारी गरी बिहीबार (आज) साँझ ५ बजेदेखि लागू हुनेगरी अर्काे सूचना नभएसम्मका लागि बजार सिल हुने जनाएका छन् ।
आइतबारे बजार नै घर भएका सशस्त्र प्रहरीका १ जवान सदरमुकामस्थित सशस्त्र प्रहरीको हेडक्वार्टर नम्बर १ बाट गत १० गते सरुवा भइ आइतबारे बेसक्याम्प गएका थिए । उनलाई पहिला पोलिमरेज चेन्ज रियाक्सन (पिसिआर) जाँच गरेर मात्रै क्याम्पमा सहभागी गराइने भएपछि होम क्वारेन्टिनमा बसेको बेसक्याम्पसका इन्स्पेक्टर दीपक बस्नेतले बताए । ‘संक्रमित जवान क्याम्पमा नमिसिएको हुनाले थप जोखिम चाहिँ छैन,’ इन्स्पेक्टर बस्नेतले भने, ‘जोखिम बढ्न नदिन उनको घर रहेको आइतबारे बजार सिल गरिएको हो ।’
मंगलबार सूर्याेदय नपा २ को पशुपतिनगर क्वारेन्टाइन र स्थानीय बेसक्याम्पको सुरक्षार्थ खटिएका सशस्त्र प्रहरीका २ जनामा कोरोना संक्रमण पाइएको थियो । जिल्लामा अहिलेसम्म ६० जना कोरोना संक्रमित पुष्टि भएकामा सशस्त्र प्रहरीका डिएसपीसहित ३० जना छन् । भारतीय सीमा क्षेत्र र क्वारेन्टाइनमा खटेका सशस्त्र प्रहरीमा धमाधम कोरोना पोजिटिभ देखिएपछि सदरमुकामस्थित सशस्त्र प्रहरीको हेडक्वार्टर नम्बर १ यसअघि नै सिल गरिएको छ ।
जिल्लाका विभिन्न स्थानीय तहबाट कोरोना पुष्टि भएका ३२ जना डिस्चार्ज भइ घर फर्केको स्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयका विमल बरालले जिल्लामा २ सय ६१ जनाको पिसिआर रिपोर्ट आउन बाँकी रहेको बताए ।