पश्चिम रोल्पाको मुख्य ब्यापारिक केन्द्रका रुपमा रहेको माडि गाउँपालिकाको केन्द्र घर्तीगाउँमा स्थानीय तह बने यता चहल पहल पनि निकै बढेको छ । कुनै बेला द्धन्द्धले थलिएको घर्तीगाउँ अहिले बिस्तारै तङग्रीदै छ । सडक र पूर्वाधारका हिसाबले निकै अगाडी गएको भए पनि मानवीय र सामाजिक विकासका हिसाबले समग्र रोल्पा अगाडी बढ्न सकेको छैन । विकास भनेको सडक भन्ने मान्यतामा हिडेका स्थानीय तहहरुले बिस्तारै मौलिकतामा काम गर्दै गईरहेका छन् ।
स्थानीय तहको निर्वाचनपछि गाउँमा छानिएर आएका जनप्रतिनिधिले केहि गतिलो र नयाँ कामको अभ्यास सुरु गर्न थालेपछि सुधारको अपेक्षा बढेको छ । स्थानीयस्तरको आवश्यकता पहिचान गर्दै उनीहरुले मौलिक कार्यक्रमहरु बिस्तार गर्न थालेका छन् । यो वर्ष रोल्पाको माडि गाउँपालिकाले शिक्षा, स्वास्थ्य, कृषि लगायतका सवालमा केहि विषयहरु नीति तथा कार्यक्रम मै पास गरेर अगाडी बढेको जनाएको छ ।
गाउँपालिकाले घर्तीगाउँ स्वास्थ्य चौकीमा आफ्नै खर्चबाट एमबिबिएस डाक्टर भर्ना गर्दै छ । ‘स्वास्थ्य चौकी घर्तीगाउँमा फार्मेसी पनि राख्ने योजना बनाएका छौ । अहिलेको प्रयोगशालालाई ब्यवस्थित बनाउछौ, एम्बुलेन्स पनि आउदै छ ।’ गाउँपालिका अध्यक्ष नन्दबहादुर पुनले भने ‘डाक्टर राख्छौ अनि हरेक हप्ता एउटा एउटा वडामा स्वास्थ्य शिबिर चलाउछौ ।’ यो निर्णयले स्वास्थ्य सेवाका हिसाबले पछाडी परेको घर्तीगाउँ आसपासलाई सहज हुनेछ ।
अध्यक्ष पुनका अनुसार गाउँपालिका भित्र रहेका सबै बेसहारा र अति बिपन्न बालबालिकालाई अब देखिको शैक्षिक जिम्मा स्थानीय सरकारले लिने छ । उनले भने ‘बिपन्न र बेसहारा बालबालिकाको तथ्याङ्क खोज्दै छौ । आउँदा दिनहरुमा तिनीहरुको अभिभावक गाउँपालिका हुने छ ।’ त्यसै पनि शैक्षिक हिसाबले पछाडी परेको रोल्पामा बिपन्न र बेसहारा बालबालिकाको भबिश्य अन्धकार जस्तै रहेको छ ।
कृषिमा उत्पादन गर भने पनि किशानहरुले पर्याप्त चासो नदिएको महसुस गरेपछि गाउँपालिकाको पहलमा बैंकले कृषकलाई बिना धितो ऋण दिने वातावरण बनेको छ । ‘सहकारीसंगको साझेदारीमा गाडी किन्ने तयारी भएको छ । यसले कृषकको उत्पादन बजारसम्म लैजान सजिलो हुनेछ ।’ अध्यक्ष पुनले भने ‘नेपाल बैंक लिमिटेडसंग सहमति गर्छौ । हामीले बैंक खातामा २० लाख जम्मा गर्छौ अनि वडाको सिफारिसमा किशानलाई धितो बिना नै ऋण दिईने छ ।’ यो निर्णयपछि गाउँका कृषकले लगानी बढाएर ब्यवसायीक उत्पादन तर्फ जोड गर्ने गाउँपालिकाले अपेक्षा राखेको छ ।
माडि गाउँपालिका जस्तै जिल्लाका अन्य केहि स्थानीय तहहरुको पनि प्राथमिकतामा शिक्षा, स्वास्थ्य, कृषि र रोजगारी पर्ने गरेको पाईन्छ । प्राय सबै स्थानीय तहहरुको नीति, कार्यक्रम र बजेटमा परेका जनमुखि मानिएका कार्यक्रमहरुको प्रतिफल कस्तो आउछ त्यो भविश्यले देखाउने छ ।