कोरोना भाइरस पत्ता लगाउन पिसिआर परीक्षणको मात्रा बढाउनुपर्ने माग गर्दै नेपालगन्ज कारागारका कैदीबन्दीले आन्दोलन गरेका छन् । कारागार भित्र रहेका कैदीबन्दीले बुधबार बिहानदेखि आन्दोलन गरेका हुन् ।
भेरी अस्पताल नेपालगन्जमा मंगलबार गरिएको पिसिआर परीक्षणका क्रममा कारागारका ७ जना कैदीबन्दीमा कोरोना भाइरस देखिएको थियो बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुङवाङले कैदीबन्दीले पिसिआर परीक्षण गर्नुपर्ने माग राखेर ‘हल्ला खल्ला’ गरेको बताए ।
उनका अनुसार कारागारमा ७ सय ४५ जना पुरुष र ४७ जना महिला कैदीबन्दी छन् । कैदीबन्दीले उठाएको माग सम्बोधन गर्न आवश्यक छलफल भइरहेको प्रजिअ कुरुङवाङले बताए । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख(एसपी) ओम रानाले कैदी, बन्दीले पिसिआर परीक्षण गर्नुपर्ने माग गरेपछि सुरक्षा निकायका प्रमुख बीच छलफल चलिरहेको बताए । ‘कैदीबन्दीले पिसिआर परीक्षण गर्नुपर्ने माग उठाएका छन्, उनीहरुको परीक्षण कसरी गर्ने भन्ने विषयमा छलफल भइरहेको छ,’ रानाले भने । कोरोना संक्रमित कैदीबन्दीलाई बाँकेको खजुरास्थित कृषि तालिम केन्द्रको आइसोलेसन सेन्टरमा राखिएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।
कार्यालयका कोरोना रोग फोकल पर्सन नरेश श्रेष्ठले ७ जना कैदीबन्दीलाई हाल कृषि तालिम केन्द्रको आइसोलेसनमा राखिएको र बाँकेको नौवस्तास्थित निर्माणाधिन क्षेत्रीय कारागारमा आइसोलेसन सेन्टर स्थापना गरी उतै स्थानान्तर गरिने बताए ।