गण्डकी प्रदेश सरकारले उत्तरी गोरखाको धार्चे र चुमनुब्री गाउँपालिकाका छ सय घरधुरीलाई सोलर वितरण गर्ने योजना पुरा गर्न सकेन । आर्थिक वर्ष २०७६/७७ मा सौर्य उर्जा प्रविधि जडान कार्यक्रम अन्र्तगत तीन करोड रुपैयाँ बिनियोजन गरेपनि सप्लार्य कम्पनीले सम्झौता अनुसार काम गर्न नसक्दा वितरणमा समस्या भएको हो । काठमाडौँको सूर्यरोशनी उर्जा प्रालिसँग सम्झौता भएर काम अघि बढेको थियो ।
जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय गोरखाका अनुसार घरधुरी पहिचान बाहेकका काम असार मसान्त भित्र हुन सकेन । ‘अहिले वितरण सुरु भएको छ’ कार्यालय प्रमुख रमेशराज शर्माले भने ‘भौगोलिक बिकटता र कोरोनाको प्रभावले गाउँगाउँसम्म पुगेर वितरण गर्न सकिएन ।’ उक्त शिर्षकमा बिनियोजन गरिएको बजेट असार मसान्तसम्म एक रुपैयाँ पनि भुक्तानी भएन । सर्वेक्षणको काम सकिएर वितरण अघि बढेकाले करिब ३० प्रतिशत प्रगती भएको कार्यालयले जनाएको छ ।
केन्द्रीय प्रशारणको विद्युत लाइन नपुगेका तिब्बतसँग सिमाना जोडिएको चुमनुब्री र धार्चेका छनौटमा परेका घरधुरीले ७५ प्रतिशत अनुदानमा सोलार पाउनेछन् । २५ प्रतिशत भने घरधनीले ब्यहोर्नुपर्ने प्रवाधान छ । हरेक घरमा उज्यालो बनाउने प्रदेश सरकारले योजना राखेपनि लघु जलविद्युत मर्मत तथा निर्माण कार्यक्रम पनि गत वर्ष सन्तोष मान्न खालको भएन । ५८ लाख बजेट रहेको उक्त शिर्षकमा स्तुलखोला लघुजलविद्युतमा मात्रै काम हुँदा चार लाख मात्रै खर्च भयो । जम्मा ८ प्रतिशत प्रगती देखिएको छ ।