सोमबारदेखि अवरुद्ध रहेको रसुवागढी नाका जोड्ने सडक तत्काल सञ्चालनमा नआउने भएको छ । धुन्चे–स्याफ्रुबेसी सडक खण्डको भार्खु डाँडामा कटान गरेको सडक सञ्चालनमा ल्याउन करिब एक साता लाग्ने सडक डिभिजन कार्यालय नुवाकोटले जनाएको छ । सडक करिब ५० मिटर कटान भएको छ ।
भीरमा करिब १ मिटर सडक मात्र बाँकी छ । डिभिजन प्रमुख राजेश कुमार दासले सडक सञ्चालनमा आउन ५ देखि ७ दिनसम्म लाग्ने बताए । ‘एकतर्फ सडक सञ्चालनमा ल्याउन करिब ७ एक सातासम्म लाग्ने देखियो’, उनले भने, ‘बुधबारदेखि हामी यस क्षेत्रमा काम सुरु गर्छौं ।’
बर्खा सुरु भएसँगै सडक खण्डको नयाँ नयाँ क्षेत्रमा पहिरो गएको छ । पहिरोका कारण बर्खाको समयमा यो सडक अवरुद्ध हुँदै आएको छ । त्यसैगरी रसुवागढी नाका जोड्ने छोटो दूरीको मैलुङ स्याफ्रुबेसी सडक पनि साउन १ गतेदेखि नै बन्द छ ।