कोहलपुर नगरपालिका वडा नम्बर ११ मा निर्माण गरिएको कालोपत्रे हप्ता दिन पनि नटिकेपछि स्थानीयले सडकको गुणस्तरमाथि प्रश्न उठाएका छन् । ठेकेदार कम्पनी ‘पिस कन्स्ट्रक्सन’ ले निर्माण गरेको कालोपत्रे एक्कासी उप्किएको हो । कोहलपुर नगरपालिका कार्यालयका अनुसार सडक निर्माण गर्न गत असार १४ गते ४९ लाख रुपैयाँमा ठेकेदारसँग सम्झौता भएको थियो ।
सम्झौता लगत्तै काम सुरु गरेको उक्त कम्पनीले साउन २ गते कालोपत्रे गरेकोमा हप्ता दिन नपुग्दै उप्किएको स्थानीयको भनाई छ । सडकमा गुणस्तरहिन निर्माण सामग्री प्रयोग भएका कारण कालोपत्रे नटिकेको स्थानीय बताउँछन् । ‘कालोपत्रे निर्माण भएपछि दुई दिनसम्म पनि सेट भएन, त्यसपछि कालोपत्रे धमाधम उप्किन थाल्यो, त्यसपछि हामीहरु सडकको गुणस्तर नै ठिक भएन भन्ने निचोडमा पुग्यौं,’ एक स्थानीयले नागरिकसँग भने ।
सडक कालोपत्रे गर्न संघीय सरकारको समपुरक ४१ लाख बजेट र नगरपालिकाको ४१ लाख गरी कुल ८२ लाखको स्टिमेट गरिएपनि ठेकेदारसँग ४९ लाख रुपैयाँमा सम्झौता भएको थियो । नगरपालिकाका इन्जिनियर बालकृष्ण महतराले कालोपत्रे गरेको सडक दुई÷तीन दिनसम्म पनि ‘सेट’ नभएपछि सडक भत्किएको बताए । उनका अनुसार कुल ९ सय मिटर मध्ये करिव ७ सय मिटर क्षेत्रमा कालोपत्रे भएको र ३ सय मिटर जति कालोपत्रे उप्किएको हो । ‘कालोपत्रे सेट नै नभएपछि सडकको गुणस्तरबारे त्यहाँका स्थानीय बासिन्दाले हल्ला खल्ला गरे, त्यसपछि हामीले पनि निरीक्षण गरेर ठेकेदारलाई पुनःनिर्माण गर्न लगाएका छौं,’ इन्जिनियर महतराले भने ।
ठेकेदारले आफ्नो कमजोरी स्वीकार गरिसकेको र सडक पुनःनिर्माण गर्ने प्रतिवद्धता जनाएर पनि काम सुरु गरिसकेको उनले बताए । ‘अहिलेसम्म काम सम्पन्न भइसक्थ्यो होला, बीचमा पानी परेर काम रोकिएको हो,’ उनले थपे । सम्झौता अनुसारको म्याद आगामी भदौं अन्तिमसम्म बाँकी रहेकाले तोकिएको समय भित्र सम्पन्न हुने उनको विश्वास छ । ठेकेदारले सडक निर्माणका लागि २० लाख रुपैयाँ भुक्तानी लिइसकेको नगरपालिका कार्यालयले जनाएको छ ।
उता ठेकेदार सुवास गिरीले उक्त सडक अहिले पनि निर्माणकै क्रममा रहेको बताएका छन् । सम्झौताको म्याद भदौं अन्तिमसम्म बाँकी रहेको र कालोपत्रे निर्माण पश्चात् आफैलाई चित्त नबुझेपछि आफैले भत्काएर पुनःनिर्माण गर्न सुरु गरिसकेको उनले सुनाए । ‘सडक अहिले पनि निर्माणकै क्रममा छ, अझै ३० प्रतिशत काम बाँकी नै छ,’ उनले नागरिकसँग टेलिफोनमा भने ‘सडकमा गुणस्तरहिन सामग्री प्रयोग भएको होइन, केही प्राविधिक कुरा नमिलेर समस्या आएको हो ।’
नगरपालिकाका उपमेयर एवम् अनुगमन समितिका संयोजक सञ्जुकुमारी थारुले सडकको कालोपत्रे नटिकेपछि ठेकेदारलाई पुनः बनाउन लगाइएको बताइन् । ‘कालोपत्रे गरेको सडक हो, केमिकलमा समस्या आएपछि टिकाउ भएन, प्राविधिकसहित हामीले पनि अनुगमन गर्यौं, ठेकेदारलाई तीन/चार सय मिटर जति भत्काएर पुनःनिर्माण गर्न लगाएका छौं,’ उनले भनिन् ।