बाँकेमा समुदायस्तरमा कोरोना देखिएपछि दाङमा संक्रमणको खतरा
१८ साउन २०७७
•
४ मिनेट पाठ
बाँकेमा समुदायस्तरमा कोरोना देखिएपछि दाङमा संक्रमणको खतरा
दाङबाट यात्रुवाहक सार्वजनिक सवारी साधन बाँकेसम्मको सीमासाँध अमलियासम्म यात्रु बोकेर पुग्थे । बाँकेको नेपालगन्जबाट पनि उसैगरि यात्रु बोकेर आउने सवारी साधन त्यहि सीमासाँधमै रोकिन्थे । अनि त्यहि सीमासाँधमै यात्रुहरु साटिन्थे । यात्रु साटेर सवारी साधनहरु फर्किन्थे । सरकारले एक जिल्लामा मात्रै सार्वजनिक सवारी साधन चलन दिने निर्णय गरेपछि जिल्लाभित्र मात्रै सार्वजनिक सवारी साधन यात्रु बोकेर कुदे । 




तर यात्रु भने दिनहुँ बाहिरी जिल्लासम्म पुर्‍याइए । सरकारले लकडाउन हटाएपछि बाँके र दाङ जिल्लामा कति यात्रुहरुको आउजाउ चल्यो ? एकिन छैन । तर यो आउजाउले दाङमा कोरोना संक्रमणको खतरा भने बढाइदिएको छ । कारण हो बाँकेमा समुदायमै कोरोना संक्रमण फैलनु । ‘सरकारले लकडाउन हटाएपछि हाम्रो गाउँमा सवारी साधन रोकिने क्रम निकै बढ्यो, अनि यहिँबाट यात्रुहरु साटफेर गरेर यात्रुहरु अर्को जिल्लामा पुर्‍याइए,’ दाङ र बाँकेको सीमा क्षेत्र राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ लौकीका राजु बस्नेतले भने ‘कोरोना गाडीबाट सर्ने हो कि मान्छेबाट ? रोकिनु पर्ने मान्छे थियो कि सवारी साधन ?’

खुला यात्रु ओसार पसारका कारण बाँकेमा घुलमिल भएका यात्रुहरुको आगमनले पनि दाङमा कोरोनाको संक्रमण खतरा औँल्याइएको छ । जिल्लाका नागरिकहरुमा बाँकेको अहिलेको अवस्थाले त्रास बढाएको छ । ‘बाँकेमा समुदाय स्तरमै कोरोना फैलिसक्यो, त्यहाँबाट धेरै नागरिकहरुको खुलेआम आउजाउ चलिरहेको छ,’ घोराहीका रमेश केसीले भने ‘अनि दाङ कसरी कोरोनाबाट सुरक्षित रहन सक्छ ? बाँकेको संक्रमणले हामीहरुलाई त्रस्त बनाउनु स्वाभाविकै हो ।’

स्थानीय प्रशासनले पनि बाँकेबाट नागरिकको आगमनले संक्रमणको खतरा केहि हदसम्म पर्न जाने वताउँछ । ‘समुदाय स्तरमै कोरोना फैलिएको बाँकेबाट कति नागरिक जिल्ला आए ? उनिहरु ति संक्रमितसंगको सम्पर्कमा थिए थिएनन् भन्ने कुराले महत्व राख्दछ,’ प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले भने ‘तर स्वाभाविकै रुपमा सीमा साँध जुधेको जिल्लामा फैलिएको कोरोनाको प्रभाव यहाँ नपर्ला भन्न सकिन्न, तर अहिले सम्म कोरोना संक्रमण यहाँको समुदाय स्तरमा भेटिएको अवस्था भने हैन ।’

छिमेकी जिल्ला बाँकेमा समुदाय स्तरमै कोरोना संक्रमण भेटिएपछि दाङमा पनि समुदाय स्तरमा कोरोना परीक्षण थालिएको प्रमुख जिल्ला अधिकारी रिजालले वताए । ‘बाँकेमा कोरोना संक्रमण फैलिएपछि दाङको समुदाय स्तरमा पनि कोरोना परीक्षणको काम सुरु गरिएको छ,’ उनले भने ‘तर अहिले सम्म बाँकेमा जस्तो कोरोना संक्रमण समुदाय स्तरमा यहाँ भने भेटिएको छैन ।’ उनका अनुसार तीन दिनदेखि दाङमा पनि समुदाय स्तरमा कोरोना परीक्षण थालिएको छ । प्रशासनले बाह्य जिल्लाको यातायात सेवा सञ्चालनका लागि कडाई गरिएको उनको भनाई छ । ‘यो बेलामा बाह्य जिल्लाको सवारी आवामगनलाई कडाई गरिएको छ,’ रिजालले भने ‘कोरोना संक्रमण जिल्लामा नभित्रियोस् भनेर यातायात सञ्चालनमा कडाई गरिएको छ ।’

बाँकेसहित विभिन्न जिल्लामा समुदाय स्तरमै कोरोना संक्रमण फैलिएपछि दाङमा पनि समुदाय स्तरमा कोरोना परीक्षण थालिएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । जस अनुसार घोराही उपमहागनरपालिकामा सुरक्षाकर्मी, मेडिकल सञ्चालक र बैकका कर्मचारीहरु गरि ५१ जनाको कोरोना परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको जिल्ला जनस्वास्थ्य कार्यालयका फोकलपर्सन कमल चन्दले जानकारी दिए ।  

यसैगरि गढवा गाउँपालिकाको नेपाल भारत सीमा क्षेत्र कोईलावासमा ४० जनाको परीक्षण गरिएकोमा उनिहरुको रिपोर्ट आउन बाँकी रहेको चन्दले जानकारी दिए । यसैगरि राप्ती गाउँपालिकाका स्वास्थ्य प्रदायक निकायका २२ प्रतिनिधिहरुको पनि कोरोना परीक्षण गरिएको छ । उनिहरुको पनि रिपोर्ट आउन बाँकी छ । लमहीका विभिन्न ३० पसल सञ्चालकहरुमा गरिएको कोरोना परीक्षणको पनि रिपोर्ट आउन बाँकी रहेको चन्दले जानकारी दिए ।  

उता तुलसीपुर उपमहानगरपालिकाले भने वडा नम्बर १३ का प्रत्येक घरका एकजनामा कोरोना परीक्षण गर्ने तयारी गरेको छ । ‘हाम्रो जिल्लासंग सीमासाँध जुधेको बाँकेमा समुदाय स्तरमै कोरोना भेटिएपछि दाङा स्वाभाविकै रुपमा खतरा बढ्छ,’ चन्दले भने ‘यसर्थ यहाँ पनि समुदाय स्तरमा पुगेर कोरोना परीक्षणको काम थालनी गरिएको छ ।’ जिल्लामा अहिले झण्डै १ सय ५० को हाराहारीको संख्यामा नागरिकहरु क्वारेन्टिनमा बसेका छन् भने २३ जना आइसोलेसनमा रहेका छन् । जिल्लाको बेलझुण्डि कोरोना विशेष अस्पतालमा ७ र देउखुरी लालमटिया स्थित आइसोलेसन केन्द्रमा २६ जना कोरोना संक्रमित रहेको चन्दले जानकारी दिए । जिल्लामा कोरोनाबाट अहिले सम्म कुल ६ सय ६७ जना संक्रमित भएका छन् ।
अर्को समाचार
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
१ घण्टा अघि
•
१ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा। झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ। 




कुनै समय राष्ट्रिय परिचयपत्र र राहदानीका लागि फोटो तथा जैविक विवरण (बायोमेट्रिक) दिन ३५ दिनसम्म पालो कुर्नु पर्नेमा अहिले त्यो अवस्था अन्त्य गरिएको छ। लामो समयदेखि थाती (पेन्डिङ)मा रहेका फाइल फर्छ्यौट गर्दै प्रशासनले सेवा प्रवाहलाई सहज र छरितो रूपमा सेवा उपलब्ध गराएको छ। 

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार गत भदौ २० गतेसम्म हाजिर राहदानीतर्फ ९९६ र राष्ट्रिय परिचयपत्रतर्फ पाँच हजार ४९१ जना सेवाग्राही पालोमा थिए। सेवाग्राहीले अनलाइन फारम भर्नसमेत पैसा तिर्नुपर्ने र बायोमेट्रिक विवरणका लागि लामो समय कुर्नुपर्ने अवस्था रहेकामा त्यो अहिले हटेको छ।

त्यस्तो अवस्था अन्त्य गर्न प्रशासनले बिहान ७:०० बजेदेखि बेलुका ६:०० बजेसम्म तथा सार्वजनिक बिदाका दिनसमेत सेवा सञ्चालन गर्ने अभियान सुरु गरेको थियो।

उक्त प्रयासबाट लामो समयदेखि प्रतीक्षामा रहेका सेवाग्राहीको चाप हटेपछि अहिले राष्ट्रिय परिचयपत्रको काम एकै दिनमा सम्पन्न हुन थालेको प्रजिअ पोखरेलले बताए।

'हाम्रो अभियानले बाँकी फाइल शून्यमा झार्ने लक्ष्य मात्र पूरा गरेन, सेवा प्रवाहको एउटा कार्यसंस्कृति नै विकास गर्यो,' उनले भने, 'अहिले सार्वजनिक बिदाका दिन पनि प्रशासनमा सेवा पाइन्छ भन्ने विश्वास सेवाग्राहीमा बसेको छ। त्यसैले यो अभ्यासलाई निरन्तरता दिएका हौँ।'

प्रशासनले यही कार्यसंस्कृतिलाई निरन्तरता दिँदै शनिबार र आइतबार पनि राष्ट्रिय परिचयपत्रका सबै सेवा तथा राहदानीका केही सेवा सञ्चालन गरेको छ। त्यस कार्यका लागि दुई जना कर्मचारी परिचालन गरिएको र बैंक काउन्टर बन्द रहने भएकाले राहदानीतर्फ भने राजस्व बुझाइसकेका सेवाग्राहीले मात्र सेवा लिन व्यवस्था मिलाइएको छ।

सेवा प्रवाहका नाममा अतिरिक्त शुल्क तिर्नु नपर्ने स्पष्ट पार्दै प्रशासनले कसैले रकम मागेमा जानकारी गराउन आग्रहसमेत गरेको छ। केही दिनअघि अतिरिक्त रकम लिने एक बिचौलियालाई नियन्त्रणमा लिएर कारबाही गरिएको कार्यालयले जनाएको छ।
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस