धार्चे गाउँपालिका ३ तातोपानी नजिकै जंगलमा सडक खन्दै गरेका एक मजदुरको पहिरोमा पुरिएर मृत्यु भएको छ । बेनिघाट आरुघाट–लार्के सडक खण्डमा काम गर्ने क्रममा चितवनका ३३ वर्षीय महेन्द्र गर्तौलाको मृत्यु भएको हो ।
‘घटनास्लथमा प्रहरीले मुचुल्का गर्ने काम बाँकी छ’ उक्त सडक निर्माण कार्यदलका प्रमुख नेपाली सेनाका मेजर निसान्त क्षेत्रीले भने । आइतबार बिहान ति मजदुरको मृत्यु भएको उनले बताए । प्रहरी पुगेपछि घटनास्थलबाट शव पोष्टमार्टम गर्न आरुघाट ल्याईने र आफन्तलाई जिम्मा लगाईने सेनाले जनाएको छ ।
उक्त सडकमा अहिले एक सय १४ जना मजदुरले काम गरिरहेका छन् । उनीहरु सबैको १० लाखको जिवन बिमा गरिएको छ । २०७४ सालदेखि आरुघाट गाउँपालिकाको हावाडाँडादेखि तिब्बत जोड्ने सडकमा सेनाले काम गर्दै आएको हो ।