रसुवाको उत्तरगया गाउँपालिका–२, डाँडागाउँस्थित नयाँ बस्तीका गोकर्ण अधिकारीको चार जनाको परिवार छ । उनको परिवार त्यस क्षेत्रमा गएको १३ वर्ष भयो । उनको परिवार दियालेबाट त्यस क्षेत्रमा झरेको हो ।
पहिले उनको परिवार त्यहाँ जाँदा पहिरोको जोखिम थिएन । पाँच वर्ष अघि गएको भूकम्पले पनि त्यस क्षेत्रमा खासै प्रभाव पारेको थिएन । तर केही वर्षअघि निर्माण भएको सडकले हिजोआज उनको परिवारलाई रात परेपछि घर छाड्न बाध्य पारेको छ ।
उनको परिवार मात्र होइन माथिबाट आउन लागेको ठूलो ढुंगोसहितको पहिरोले उच्च जोखिममा रहेका सात परिवार राति छिमेकीको घरमा बास बस्न पुग्छन् । उनका अनुसार राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले खनेको सडकमा संरक्षणको काम नहुँदा पहिरोको जोखिम बढेको हो ।
सडक खनिए पनि पहिरो रोकथामको प्रयास नगरिँदा समस्या आएको उनको भनाइ छ । पहिरोले माथिको बस्ती तान्ने क्रम सुरु भएको र तल्लो क्षेत्रमा रहेको बस्ती लैजाने खतरा बढ्दै गएको उनको भनाइ छ । उक्त क्षेत्रको जमिन डेड/दुई मिटर भाँसिएको छ । त्यो ढुंगा भन्दा माथि अर्को गाउँ छ । त्यो गाउँभन्दा मुनिको जमिन पनि चिरिएको छ । पहिरो भन्दा मुनि १५ घर छ ।
‘दिनभरी हामी घरमै बस्छौं, काम गर्छौं’, उनले भने, ‘रात परेपछि सुरक्षित स्थानमा रहेको घरतिर जान्छौं ।’ पहिरो आइहाल्यो भने बच्न सक्छौं कि भनेर दायाँबाँया जाने गरेकों स्थानीय रामशरण अधिकारीले बताए ।
‘छरछिमेकमा अलि आउँदैन कि भन्ने ठाउँमा बास बस्ने गरेका छौं’, उनले भने, ‘राति १० बजेसम्म घरमै बस्छौं त्यसपछि छिमेकीको घरमा जान्छौं ।’ माथिल्लो बस्ती र तल्लो बस्ती दुवै जोखिममा छ । पहिरोले १७ परिवार उच्च जोखिममा परेका छन् ।
यही साउन ८ गते त्यस क्षेत्रमा पहिरो जाने क्रम सुरु भएको थियो । यस पटक वर्षा धेरै भएका कारण जिल्लाको धेरै क्षेत्रमा पहिरो गएको छ । पहिरोका कारण धेरै बस्ती स्थानान्तरण गर्नुपर्ने अवस्था छ ।
गाउँपालिकाकी उपाध्यक्ष चमेली गुरूङले पानी कटाउने काम भएको र अन्य काम गर्न नसकिएको बताइन् । ‘हामीले सचेत रहन आग्रह गरेका छौं’, उनले भनिन्, ‘गाउँपालिका र वडाको बजेटले गर्न सक्ने अवस्था छैन ।’ जोखिम क्षेत्र निकै ठूलो भएका कारण समस्या सिर्जना भएको उनको भनाइ छ ।
पहिरोले हाकुस्थित फूलबारी, गत्लाङ लगायतका क्षेत्रका बस्तीमा असर पुर्याएको छ । स्याफ्रु–रसुवागढी सडक खण्डमा दैनिक जसो जाने पहिरोले सवारी साधन सञ्चालन गर्न तथा मानिसलाई आवतजावत गर्न समेत समस्या हुँदै आएको छ ।