द्वन्द्व पीडितका लागि ‘महिला, शान्ति र सुरक्षा’ कार्यक्रम
१४ साउन २०७७
•
२ मिनेट पाठ
द्वन्द्व पीडितका लागि ‘महिला, शान्ति र सुरक्षा’ कार्यक्रम
कार्यक्रममा सहभागीहरू । तस्बिर : दिनेश नागरिक
नागरिक आवाज ललितपुर र नेपाल महिला सामुदायिक सेवा केन्द्र दाङको सहकार्यमा सञ्चालित ‘महिला, शान्ति र सुरक्षा’ कार्यक्रमको जिस्ला स्तरीय सरोकारवाला बिच समन्वयात्मक छलफल कार्यक्रम सकिएको छ । तत्कालीन माओवादी द्वन्द्वका समयमा यौन हिंसामा परेका, श्रीमान गुमाएका वा बेपत्ता भएका तथा हिंसा प्रभावित महिलाहरू समाजमा नेतृत्वायी भुमिका निर्वाह गरि शान्ति महिला तथा समतामुलक समाज निर्माण गर्न सक्षम हुने कार्यक्रमको अपेक्षा रहेको आयोजकले बताएको छ ।




कार्यक्रममा सहभागी जिल्ला समन्वय समिति रोल्पाका प्रमुखको प्रमुख राजबहादुर बुढा, रोल्पा नगरपालिकाका प्रमुख पुर्ण केसी लगायतले परीयोजनाको सफलताको शुभकामना दिदै कार्यक्रमले वास्तविक द्वन्द्व पीडितलाई समेटेर अगाडी लैजानु पर्ने बताएका थिए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नरेन्द्र कुमार राना, रोल्पा प्रहरी प्रमुख चित्रबहादुर गुरुङ, पत्रकार महासंघ अध्यक्ष महेश न्यौपाने, रेडक्रस सभापती डिबी टुहुरो, गैर सरकारी सस्था महासंघ अध्यक्ष घनस्याम आचार्य लगायतले द्वन्द्वपीडित लक्षित ‘महिला, शान्ति र सुरक्षा’ कार्यक्रमले सकारात्मक भुमिका खेल्नु पर्ने बताएका थिए ।

कार्यक्रममा ‘महिला, शान्ति र सुरक्षा’ कार्यक्रम र सस्थाको परिचय नेपाल महिला सामुदायिक सेवा केन्द्रका सचिव शिबा योगीले प्रस्तुती राखेकी थिईन । कार्यक्रम रोल्पा र दाङ जिल्लामा जुलाई २०२० देखि डिसेम्बर २०२० सम्म सञ्चालन हुनेछ । उक्त कार्यक्रममा सहभागीले बिभिन्न सल्लाह सुझाव दिएका थिए भने आयोजकले स्थानीय तह लगायत संगको समन्वयमा आफ्ना गतिबिधि सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ ।

यसै बीच ‘महिला, शान्ति र सुरक्षा’ कार्यक्रमका लागि छनौट गरिएका माओवादी द्वन्द्वका समयमा पीडित भएका १० जना महिला शान्ति पहलकर्ताहरूका लागि २ दिने तालिम बुधवार देखि सुरु गरिएको छ । तालिम पश्चात महिला शान्ति पहलकर्ताहरू समाजमा रहेका अन्य हिंसा पीडित, द्वन्द्वपीडित संग रहेर समस्या र आवश्यकता पहिचान गर्नेछन् भने पहिचान भएका महिलाहरूलाई प्राविधिक तालिम, सीप प्रदान गरि समाजमा पुर्नस्थापना गरि आर्थिक शसक्तिकरण गर्ने छ ।
अर्को समाचार
द्वन्द्व पीडित विष्ट भन्छन्ः ‘हामीलाई चाँडो न्याय देऊ’
०५ मंसिर २०८०
•
३ मिनेट पाठ
द्वन्द्व पीडित विष्ट भन्छन्ः ‘हामीलाई चाँडो न्याय देऊ’
देशमा दश वर्षसम्म चलेको सशस्त्र द्वन्द्वमा गोरखाका विजयराज विष्टले बुवा गुमाए। तत्कालीन विद्रोही नेकपा माओवादीबाट बुवाको हत्या भएपछि उनको जीवनमा कहिल्यै नमेटिने घाउ लाग्यो। द्वन्द्वमा लागेको उनको त्यही घाउ हाल सत्य निरुपण तथा मेलमिलाप आयोग तथा अन्य निकायमा पीडा बनेर थन्किएको छ। यद्यपि मेलमिलाप आयोग अहिले छैन।




विष्टले बुवाको हत्यारामाथि कारबाही र न्यायको माग गर्दै मेलमिलाप आयोगमा उजुरी दिएका थिए। सुनुवाई भएन। पहिला स्थानीय शान्ति समिति र प्रशासनमा पनि उनले थुप्रै निवेदन दिएका थिए। तर, मेलमिलाप आयोग गठन भएर समय अवधि सकिँदा समेत उनले न्याय पाउन सकेका छैन। ‘आज शान्ति सम्झौता भएको १७ बर्ष पुरा भैसक्यो। पिडितलाई न्याय दिने नाममा विभिन्न आयोग बने तर पनि ति आयोगले न्याय दिने काम ग¥यो न ति आयोग प्रति पिडित जनको विश्वास नै रह्यो,’ उनले भने, ‘हाम्रो पक्षमा आयोग बन्दै बनेन्।’

गठन भएको लामो समयसम्म पनि मेलमिलाप आयोगले न्याय दिन नसक्दा उनको त्यो उजुरी अहिले गृह मन्त्रालयको कुनामा घाउ बनेर थन्किएको छ। गोरखा तत्कालिन खोप्लाङ गाविस घर भएका विष्टका बुवा भैरवराज विष्ट नेपाली कांग्रेसका गाविस सभापति थिए। २०५८ साल पुस २२ गते राती तत्कालिन विद्रोही समुह माओवादीले पाशबिक तरिकाले हत्या गरेका थिए। त्यो समयमा विजय भने पढ्न काठमाण्डौँमा थिए। बुवाको हत्या भएपछि उनी परिवार सहित विस्थापित समेत हुन पुगे। ‘त्यो समयमा गाउँमा बस्ने स्थिती भएन। काठमाण्डौँमा केही समय बस्यौँ,’ उनले भने ‘अहिले चितवनको भरतपुरमा बसेका छौँ।’ बुवाको काजक्रिया पनि उनीहरुले काठमाण्डौँमा गरेका थिए। अहिले दुई बर्षम एक पटक गोरखा जाने गरेका बताए।

२० बर्षको उमेरमा बुवा गुमाएका विष्टले स्थिापित हुन ठुलै संघर्ष गर्नुप¥यो। चार वटा दिदीको विवाह र घरपरिवारको बोझ उनीमाथि नै प¥यो। अहिले विष्टकी आमा अमना कुमारी विष्ट तत्कालिन माओवादीको नाम लिँदा समेत पुरानो घाउँले पिरोलिन्छिन्। ‘माओवादी नेताको नाम लिनै हुँदैन। टिभिमा पनि उहाँहरु देख्नुभयो भने अर्को च्यानल बदल्नुहुन्छ,’आफ्ना पिडा सुनाउँदै भने ‘हाम्रो मस्तिस्कमा नै उनीहरु गलत स्प्रेसन परेको छ। खुशी लुट्ने मान्छे हुन भन्ने छ।’ उनी आमा अहिले ७० बर्ष पुगेकी छिन्।  

घरका गार्जेन नभएका कारण सानो उमेरमा दुःख पाएको बताए। न्याय पाउने आशमा उनीमा अझै मरेको छैन। स्वतन्त्र आयोग बनाएर पिडितलाई छिटोभन्दा छिटो न्याय दिनुपर्ने उनको माग छ। ‘अहिलेको राजनीतिक नियुक्तिमा बनेका आयोगले केही गर्दैनन्। अन्तराष्ट्रिय स्तरमा देखाउनमा मात्र आयोग गठन गरेका हुन्,’ उनले भने, ‘स्वतन्त्र आयोग गठन गरेर कानुन बमोजिम न्याय दिनुपर्छ।’ अहिले पीडक गाडिमा पिडित सडकमा भएको उनले बताए। युद्धमा भएको अपराधलाई सामान्य रुपमा लिने होभ ने नेपालमा शान्ति कहिल्यै नहुने उनले बताए।

पीडा विजयको मात्र होइन, द्वन्द्वकै बेला पीडित भएका चितनवका आधिंकाशले राज्यबाट राहत र न्याय पाउन सकेका छैनन्। न्याय माग्दै २०७७ सालमा ४३ जना पीडितले निवेदन दिएका थिए। त्यो निवेदन अहिले गृह मन्त्रालयमा थन्किएको छ।

शान्ति तथा पूनिर्माण मन्त्रालयले द्वन्द्व प्रभावित व्यक्ति परिवार तथा संरचनाको लगत संकलन कार्यदलले चितवनमा दश बर्षे द्धन्द्धमा तीन सय ३७ जनाको मृत्यु भएको उल्लेख गरेको छ। त्यस्तै ३७ जना बेपत्ता, अपाङ्ग एक सय ६८, आन्तरिक रुपमा विस्थापित ५० र अपरहणमा ९२ जना रहेको चितवन प्रशासनको तथ्यांकमा उल्लेख छ।  
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock ४ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस