मेची राजमार्ग भएर पाँचथर, ताप्लेजुङ तथा तेह्थुमको आठराई क्षेत्रको यात्रा गर्नेको चासो र चिन्ताको विषय बन्ने गरेको छ पाङ्ग्रेभिर । पाँचथरको फाल्गुनन्द गाउँपालिका–३ मा रहेको पाङ्ग्रेभिरमा गत वर्ष पहिरो गएपछि झरी पर्न थालेपछि यो चिन्ता हुने गरेको छ ।
पाङ्ग्रेभिरमा ढिस्का झर्ने, ढुंगा झर्ने तथा सडक हिलाम्मे हुँदा यात्रा निक्कै जोखिमपूर्ण भएको छ । पछिल्लो वर्षाका कारण गत साता दिनभर राजमार्ग अवरुद्ध भएको थियो । लकडाउन खुलेपछि गाडीको चाँप बढ्दै गएको छ । तर पाङ्ग्रेभिरले रोक्ने हो कि भन्ने चिन्ता छ । सडक हिलाम्मे छ भने भिरालो भाग भएकाले बग्ने क्रम रोकिएको छैन ।
गत वर्ष साउन २ गते पहिरो गएपछि यो क्षेत्र समस्याग्रस्त भएको हो । भिरालो ठाँउ भएकाले लेदो, हिलो, ढुङ्गा बग्न रोकिएको छैन । बाटो खुलाएर सडक सञ्चालनमा रहेपनि निक्कै जोखिमपूर्ण रहेको छ । माथिबाट ढुङ्गा आउछ कि भनेर हेरेर हिड्नु पर्ने अवस्था भएको जिप चालक ताराप्रकाश मुखियाले बताए । पहिरो छेउमा भेटिएका उनले भने ‘आफै हेर्नुन, यत्रो भिर छ । बगेर आहिहाल्छ कि भन्ने तनाव हुन्छ । झरी परिरहदा बढि समस्या हुन्छ ।’
कतिबेला ढुंङ्गा झर्ने हो भन्ने तनाव लिएर गाडी कुदाउनु पर्ने बाध्यता रहेको छ । गत बर्ष सडक चौडा बनाउनको काम भईरहेका बेला पहिरो खसेको थियो । पहिरो खसेपछि झण्डै दुई साता सडक अवरुद्ध भएको थियो । भिरालो ठाउँ भएकाले पहिरो हटाउन समस्या परेको थियो । यो हिँउमा केहि मर्मत गर्न खोजीएपनि पाङ्ग्रेभिरको जोखिम उस्तै छ । पहिरो अड्याउनका लागि काम भएपनि समस्याको समाधान हुन सकेको छैन ।
गत वर्षदेखि पाङ्ग्रेभिरले चर्को समस्या पारेको स्थानीय रोशन तामाङ बताउँछन् । ‘हामी यो पहिरोबारे अभ्यस्त हुन थाले छौँ । नयाँ मान्छेलाई समस्या हुने गर्छ । भिरालो ठाँउ, बाक्लो कुहिरो लाग्ने तथा पानी परिरहने हुँदा समस्या पर्ने गरेको छ’–उनले भने । नजिककैको राँके बजारबाट बैकल्पिक मार्ग बनाउने भनिएपनि चर्चामा मात्र रह्यो ।
यो ठूलो पानी पर्नेवित्तिकै सडक अवरोध हुने जोखिम हुन्छ । पहिरो खसिहाले हटाउनका लागि सोहि स्थानमा स्काईभेटर भने राखिएको छ ।