चितवन निकुञ्जका राम–लक्ष्मण एक हजारको नोटमा
०८ साउन २०७७
•
२ मिनेट पाठ
चितवन निकुञ्जका राम–लक्ष्मण एक हजारको नोटमा
नेपाली नोटमा विदेशी हात्ती प्रयोग भएको गुनासो आएपछि नेपाल राष्ट्र बैंकले नेपालमा पाइने हात्तीको तस्बिर प्रकाशन गरेको छ । नोटमा प्रयोग भएका हात्ती चितवन राष्ट्रिय निकुञ्जमा जन्मिएका जुम्ल्याहा राम–लक्ष्मण हुन् । यस अघिका एक हजारको नोटमा एउटा हात्तीको चित्र अङ्कित थियो भने अहिलेको नोटमा दुई हात्ती रहेका छन् । ती हात्ती अहिले चितवन राष्ट्रिय निकुञ्जको सुरक्षामा खटिइरहेका छन् ।




यसअघिको नोटमा अफ्रिकन हात्ती रहेको थियो । अहिलेका राम–लक्ष्मण चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन् केन्द्र सौराहामा जन्मिएका हुन । केन्द्रका निमित्त प्रमुख जलेन्द्र चौधरीका अनुसार देवीकलीले जुम्ल्याहा जोडी जन्माएको थियो । आमा देवीकली हुन् भने यिनीहरुका बाबु रोमियो नामको जङ्गली हात्ती हो । रोमियोले समय समयमा मानव बस्तीमा गएर वितन्डा पनि मच्चाउने गर्दछ । विगत लामो समयदेखि प्रजनन् केन्द्रमा पालैपालो रोमियो र ध्रुवेले प्रजनन् गराउँदै आएका छन् ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत नारायण रुपाखेतीका अनुसार विसं २०६५ कात्तिक २१ गते यो जुम्ल्याहा जोडी जन्मिएको हो । हात्तीको जुम्ल्याहा दुर्लभ हुने गर्दछ । रुपाखेतीले भने, 'मैले थाइल्याण्डमा जुम्ल्याहा जन्मिएको तर बचाउन नसकिएको सुनेको थिए, अरु ठाउँमा सुनेको छैन ।' उनको भनाइमा जुम्ल्याहा जन्मिएर बाँचेको सम्भवत यो पहिलो र एक मात्र हो ।

हाल राम सौराहाको हात्तीसार र लक्ष्मण कसराको हात्तीसारमा रहेका छन् । उनीहरुलाई तीन वर्ष छ महिना पुगेपछि विनोद चौधरी नाम गरेका दुई जना कर्मचारीले तालीम दिएका हुन । तालीमपछि निकुञ्ज सुरक्षामा यी दाजुभाई जुटिरहेका छन् । राम दाजु हुन भने लक्ष्मण भाई हुन् । १२ वर्ष हुन लाग्दा यी दाजुभाईको फोटो नेपाली एक हजार रुपैयाँको नोटमा छापिएको छ ।

अहिले छापिए पनि झण्डै सात वर्ष अघि उनीहरुको फोटो खिचिएको हो । त्यतिबेला करिब पाँच वर्षको उमेरका राम–लक्ष्मणको फोटो अहिलेको नेपाली नोटमा आएको बताइएको छ । यी दुवै भाले हात्ती हुन । हात्तीको भालेलाई गज र पोथीलाई कली भनिन्छ ।
अर्को समाचार
चितवन निकुञ्ज फेरी सिकारीको निसानामाः धमाधम मारिन थाले विश्वकै दूर्लभ ‘गैंडा’
१० माघ २०७९
•
४ मिनेट पाठ
चितवन निकुञ्ज फेरी सिकारीको निसानामाः धमाधम मारिन थाले विश्वकै दूर्लभ ‘गैंडा’
गत शुक्रबार मध्यविन्दु नगरपालिका २ स्थित नारायणी नदी किनारमा सिकारीले मारेका गैंडाहरु।
२०७३ सालदेखि लगातार तीन वर्ष दुर्लभ एक सिंगे गैँडा शुन्य चोरी सिकारी वर्ष मनाएको चितवन राष्ट्रिय निकुञ्ज फेरी सिकारीको निसानामा परेको छ।




विश्वका कै दूर्लभ वन्यजन्तु ‘एकसिंगे गैडा’ सिकारीको निसानामा पर्न थालेका छन्। सिकारीहरु सक्रिय हुनुको सन्देश गैंडाको खाग तस्करीमा गर्दै आएको समूह पनि सक्रिय हुनु हो। यो संरक्षणको जिम्मेवार निकायका लागि पछिल्लो दिनमा ठूलो चुनौती बनेको छ।

त्यसो त पछिल्ला तीनदेखि सिकारीहरु गैंडा मार्न सक्रिए भइरहेका छन्। तर पछिल्ला दिनमा गैंडा मारिनेक्रम बढ्न थालेको छ।

निकुञ्ज प्रशासनको आधिकारीक तथ्याङका अनुसार तीन वर्षमा ८ वटा गैँडा तस्करले मारेको छन्। तर, मरेका मृत्युको कारण नखुलाइएका गैंडाको संख्या २८ छ।

आर्थिक वर्ष २०७७/०७८ मा चार, गत आव र चालु आव दुई वटा गैंडा सिकारीको निसानामा परेका छन्। गैंडाको खाग तस्करीमा संगल्न व्यक्तिहरुले विभिन्न प्रलोभन देखाएर गैंडा मार्न सिकारीहरुलाई प्रयोग गर्दै आएका छन्।  

विद्युतीय धरापमा पारेर मारेको घट्नामध्ये २०६३ सालपछि मध्यविन्दु नगरपालिका २ स्थित नारायणी नदी किनारको पहिलो घटना हो। त्यहाँ गत शुक्रबार मात्र आमा र बच्चालाई विद्युतीय धरापमा पारेर मारिएको छ। एक स्थानमा दुई वटा गैंडा मारिएका छन्। सिकारीले ती गैंडाको खाग काटेर लगेका छन्।

२०६३ मा निकुञ्जको मुख्य कार्यालय कसरा नजिकै जगतपुरमा तस्करले गैंडालाई विद्युतीय धरापमा पारेर मारेका निकुञ्जको तथ्याङकमा उल्लेख छ।

शुक्रबार दुई वटा गैँडा सिकारीले बस्ती नजिकै विद्युतीय धरापमा पारेका हुन्। उनीहरुले नजिकैको मन्दिरबाट विद्युत लगेर धराप थापेको देखिन्छ। यसरी वस्ती क्षेत्रमै विद्युतीय धरापमा गैंडा मार्नु चिन्ताका विषय रहेको बाघमारा मध्यवर्ती सामुदायीक वनका अध्यक्ष जीतबहादुर तामाङ बताउँछन् ।

‘तस्करले सबैभन्दा सजिलो माध्यम विद्युतीय धरापलाई लिएका छन्,’ उनले भने ‘वस्ती नजिकैँ यसरी गैंडा मारिनु भनेका भयावहको स्थिती सृजना हुनु हो।’ अघिल्लो आर्थिक वर्ष माडी क्षेत्रमै दुई वटा गैंडा मारिएका थिए। यो पनि बस्ती क्षेत्रमै पर्दछ। त्यहाँ भालाको प्रयोग गरेर सिकारीले गैंडा मारेको निकुञ्जले जनाएको छ।

निकुञ्ज आसपासका मध्यवर्ती क्षेत्रका वस्तीमा गैंडा आइरहन्छन्। उनीहरु विद्युतीय धरापमा परिरहेका छन्। गत असोज २२ गते कुमरोज सामुदायीक मध्यवर्ती वन नजिक वस्तीमा एक गैंडा विद्युतीय धरापमा परि मृत्यु भएको थियो।

भरतपुर महानगरपालिका २७ स्थित नारायणी किनारमा अघिल्लो मंसिर २७ गते पनि विद्युतीय धरापमा पारि गैंडा मारिएको थियो। तर, यी गैंडालाई तस्करबाट परिचालित सिकारीले नभई स्थानीयले प्रयोग गरेको विद्युतमा आएर मरेको भनिएको छ। यी सबै गैंडाको खाग सकुसल थियो।

आठ वर्षको अवधिमा १० वटा गैंडा विद्युतको धरापमा परेर मरेका छन्। २०५५ सालदेखि यत्ता निकुञ्जले पाँच वर्ष शुन्य चोरी सिकार बर्ष मनाएको थियो।  

आव २०७१/०७२, २०७२/०७३, २०७४/०७५, २०७५/०७६, २०७६/०७७ मा सिकारीले गैँडा मारेका थिएनन्। २४ वर्षको अवधिमा १ सय ८१ वटा गैंडा सिकारीले मारेका छन्।  

चितवन राष्ट्रिय निकुञ्जका पूर्व प्रमुख संरक्षण अधिकृत अणनाथ बराल पछिल्ला वर्ष फरार प्रतिवादीहरुको संख्या ठूलो रहेकाले उनीहरु सक्रिय रहेको अनुमान गर्छन।

निकुञ्जको तथ्याङ्कअनुसार १०५ जना प्रतिवादी अझै फरार छन्। सजाय कैद भुक्तान गरेर निस्केका रामकुमार प्रजा, बमबहादुर प्रजा, नर बहादुर कुमाल जेलबाट निस्केर गैंडा तस्करमा नै लागेका थिए।

‘चोरी सिकारी मुद्दामा थुप्रै प्रतिवादीहरु फरार छन्। कति जेलबाट छुटेर पनि फेरी चोरी सिकारमा लागेका छन’, उनले भने। निकुञ्ज संरक्षणको जिम्मा नेपाली सेना, निकुञ्ज प्रशासनलाई छ।

तर, गैंडा सिकारी र तस्करहरु अहिले अझ बढि सक्रिय भएको घटनाक्रमले पुष्टि गरेको छ। गैंडा तस्करीको अनुसन्धानमा लागेका निकुञ्जका सहायक संरक्षण अधिकृत तथा सुचना अधिकारी गणेशप्रसाद तिवारी बताउँछन्।  

‘शुक्रबारको घटनाले हामीलाई संरक्षणमा चुनौती थपिएको छ। खागै चोरेर लगिसकेपछि गिरोहलाई निमिट्यान्न नपार्दासम्म चुनौती थपिएको छ,’ अपलटारी फिल्डमा खटिएका तिवारीले भने, ‘उनीहरुलाई ‘कानुनी दायरामा ल्याउन प्रयास गरेका छौँ।’

समुदायको सहभागिता विना संरक्षण गर्न चुनौती नै हुन्छ। सोही अनुसार सरकारले पनि मध्यवर्ती व्यवस्थापन समिति मार्फत समुदायलाई संरक्षणमा लगाउने गरेको छ। तर, मध्यवर्ती वस्ती नजिकै गैंडा मरिदा स्थानीय समेत झस्किएका छन्।

मध्यवर्ती व्यवस्थापन समितिका अध्यक्ष प्रकाश ढुंगानाले वन्यजन्तु संरक्षणमा स्थानीय समुदायलाई परिचालित गर्नुपर्ने बताए। प्राकृतिक विपत्ति, बासस्थानको कमी, आहाराको अभावजस्ता कारणबारे व्यापक अध्ययन, अनुसन्धान गरेर गैँडाको मृत्यु न्यूनीकरण गर्नु गर्नुपर्ने बताउँछन्।

२०७२ सालदेखि हालसम्म चितवन राष्ट्रिय निकुञ्ज आसपासमा २ सय ४ वटा गैंडा मरेका छन्। त्यसमध्ये सबैभन्दा धेरै बुढो भएर भिरबाट लडेर ६० वटा मरेका छन्। त्यस्तै दलदलमा भासिएर १९, आपसमा जुधेर ४९, बाघको आक्रमणबाट १६, सम्भावित चोरी शिकारबाट ९, विद्युतीय करेन्टबाट १०, बिरामी भएर १०, खाडलमा परी ३, बिष सेवनबाट ५ र कारण नखुलेका २८ वटा गैंडा मरेका छन्। निकुञ्जको गैँडाको संख्या पनि बढ्दो क्रममा छ। सन् २०२१ को गणनामा देशभर सात ५२ गैँडामध्ये चितवन राष्ट्रिय निकुञ्जमा मात्रै ६ सय ९४ वटा गैँडा छन्।

विगतका अनुसन्धानले गैंडाको खाग तस्करीमा चार समूहमा व्यक्तिहरु परिचालित हुने गरेका छन्। स्थानीय तहमा सिकारी र तीनलाई लगाउने व्यक्ति हुन्छ भने काठमाडौंमा स्थानीय टोलीलाई परिचालन गर्ने व्यक्ति हुन्छ। यसरी गैंडा मारेर खाग आइपुगेपछि त्यसलाई अन्तराष्ट्रिय बजारमा पु¥याउने व्यक्तिहरुको समूह हुन्छ।  
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १० मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock ३२ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस