‘केरुङ च्छो’ ताल फुट्न सक्ने भन्दै सतर्कता अपनाउन प्रशासनको आग्रह
०७ साउन २०७७
•
१ मिनेट पाठ
‘केरुङ च्छो’ ताल फुट्न सक्ने भन्दै सतर्कता अपनाउन प्रशासनको आग्रह
छिमेकी देश चीनको खासा क्षेत्रमा रहेको ‘केरुङ च्छो’ ताल फुट्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय खोटाङले सावधानी अपनाउन आग्रह गरेको छ । पानीको मात्रा बढ्दै जाँदा ‘केरुङ च्छो’ ताल फुट्न गए सुनकोसीमा पानीको बहाव बढ्ने र कोसी किनारका मानव वस्तीमा ठूलो धनजनको क्षति पुग्ने खतरा देखिएको भन्दै प्रशासनले उच्च सतर्कता अपनाउन आग्रह गरेको हो । सहायक प्रमुख जिल्ला अधिकारी श्यामकुमार राईले बुधबार सूचना सार्वजनिक जारी गर्दै सुनकोसी किनारका सर्वसाधारण, स्थानीय तह, स्थानीय विपद व्यवस्थापन समिति लगायतका सरोकारवाला व्यक्ति तथा संघसंस्थालाई उच्च सतर्कता अपनाएर जोखिमबाट बच्ने आवश्यक पूर्वतयारी अपनाउन आग्रह गरेका छन् ।




फुट्ने खतरामा रहेको ‘केरुङ च्छो’ तालका कारण हलेसी तुवाचुङ नगरपालिकाको बाहुनीडाँडा, डिकुवा, च्यास्मीटार, दुर्छिम, धितुङ र राजापानी, दिप्रुङ चुईचुम्मा गाउँपालिकाको बतासे, खोटेहाङ गाउँपालिकाको लिच्कीराम्चे, बराहपोखरी गाउँपालिकाको बराहपोखरी, सुन्तले, फाक्टाङ र पौवासेरा, जन्तेढुंगा गाउँपालिकाको देबिस्थान र बोपुङलाई जोखिमयुक्त क्षेत्रकारुपमा पहिचान गरिएको प्रशासनले जनाएको छ ।  

प्रशासनले सम्भावित जोखिमयुक्त स्थानका नागरिकलाई विशेष चनाखोपूर्वक रहन, नदी क्षेत्र तथा किनारमा अत्यावश्यक काममा बाहेक प्रवेश नगर्न÷नगराउन, जलप्रवाहको अद्यावधिक अवस्थाका बारेमा जिम्मेवार निकाय र नागरिकलाई नियमित जानकारी गराउन, आफ्नो मोबाईलमा आउने जोखिमयुक्त खबर हेरेर खतराको सन्देश प्राप्त भए तत्काल स्थानीय तहका जिम्मेवार पदाधिकारी तथा विपद व्यवस्थापन समितिमा सम्वद्ध अधिकारीलाई खबर गर्न, पानीको प्रवाह उच्च हुँदै गएमा सुरक्षित स्थानको पहिचान गरी सो को जानकारी गराइ सुरक्षित रहन अनुरोध गरेको छ ।
अर्को समाचार
दुधुवाबाट जङ्गली हात्तीको झुण्ड निकुञ्ज प्रवेश, सतर्कता अपनाउन आग्रह
०७ साउन २०७७
•
२ मिनेट पाठ
दुधुवाबाट जङ्गली हात्तीको झुण्ड निकुञ्ज प्रवेश, सतर्कता अपनाउन आग्रह
भारतको दुधुवा नेशनल पार्कबाट जङ्गली हात्तीको झुण्ड लालझाडी संरक्षित वन क्षेत्र हुँदै शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज प्रवेश गरेपछि जिल्ला प्रशासन कार्यालयले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।




निकुञ्जमा पुगेको जङ्गली हात्तीको झुण्ड मध्यवर्ती क्षेत्रका गाउँ बस्ती र खेतबारीमा आउन थालेपछि बाली जोगाउन र जीउधनको सुरक्षा गर्नका लागि कार्यालयले सार्वजनिक सूचना जारी गरेको हो । भारतको दुधुवा नेशनल पार्कबाट आएको १०÷१५ को सङ्ख्यामा रहेको जङ्गली हात्तीको झुण्ड दिनमा निकुञ्जमा बस्ने साँझ र रातीका बेला निकुञ्जको मध्यवर्ती क्षेत्रका गाउँबस्ती तथा खेतबारीमा प्रवेश गर्दै आएको छ ।

दुधुवा नेशनल पार्कमा बर्षाको पानी र बाढीको पानी भरिन थालेपछि आहारा सुरक्षित बासस्थानका लागि जङ्गली हात्तीको झुण्ड हरेक वर्ष शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र चुरे क्षेत्रमा आउने गरेको छ । जङ्गली हात्तीको झुण्डले आहाराका लागि निकुञ्ज नजिकका बस्तीमा प्रवेश गरी खेतबारीमा लगाइएको अन्नबालीसँगै स्थानीय किसानले घरभित्र भण्डारण गरेको अन्न खाने गरेको छ ।

निकुञ्ज कार्यालय प्रमुख लक्ष्मण पौडयालका अनुसार हात्तीको झुण्ड बस्तीमा प्रवेश गरे नजिकको निकुञ्जको पोष्ट, सुरक्षा पोष्ट र सुरक्षा निकायमा जानकारी गराउने, आफू सुरक्षित रहने गरी मात्र हात्तीलाई धपाउने कार्य गर्नुपर्दछ । हात्ती धपाउँदा एक्लै नहिँडी समूहमा मात्र हिँड्ने, मदिरा सेवन गरी हात्ती धपाउन नजाने, हात्तीको नजिक नजाने, ठूलो टर्च वा आगोको मसाल प्रयोग गर्ने, घर बाहिर बिजुली बालेर उज्यालो गर्ने र हात्ती आउने गौडामा आगो बाल्नेलगायतका कार्य गर्नुपर्ने उनको भनाइ छ ।

साउनको पहिलो सातादेखि दोस्रो साताको समयमा प्रत्येक वर्ष निकुञ्जमा छिर्ने गरेको जङ्गली हात्तीको झुण्ड धानबाली कटाई गरी सकेपछि दुधुवा नेशनल पार्कमा फर्कने गरेको छ । पुनः गहुँबाली लगाउन सुरु गरेपछि हात्तीको झुण्ड यहाँ पुग्ने गरेको छ । जङ्गली हात्तीको झुण्डले भीमदत्त, महाकाली, बेदकोट, शुक्लाफाँटा, कृष्णपुर र बेलौरी नगरपालिका क्षेत्रमा बढी बालीनालीमा क्षति पुर्‍याउने गरेको छ । हात्तीको आक्रमणमा परेर स्थानीय बासिन्दाको ज्यानसमेत जाने गरेको छ । जङ्गली हात्तीलाई बस्तीमा छिर्नबाट रोक्नका लागि मेसवायर जडानको कार्यलाई समेत प्रदेश र स्थानीय तहले प्राथमिकतामा राखी कार्य अगाडि बढाउँदै आएका छन् ।
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस