अविरल वर्षापछिको पहिरोले जनधनको व्यापक क्षति गरेको छ । पहिरोले घर पुरिँदा गण्डकी प्रदेशका तीनवटा जिल्लामा ११ जनाको ज्यान गएको र ३० जना बेपत्ता छन भने केहीँ घाईते भएका छन् । डुबानको चपेटामा परेका धैरै बासिन्दा बिस्थापित भएका छन् । केही गाउँले उद्धारको पर्खाइमा छन् । बस्तुभाउदेखि खेतीयोग्य जग्गा, घरगोठ, पशुपंक्षीको पनि क्षति पुगेको छ ।
प्रहरीका अनुसार पहिरोमा परेर सबैभन्दा बढी कास्कीमा सातजनाको ज्यान गएको छ । त्यस्तै लमजुङमा पहिरोले घर पुरिँदा एकैपरिवारका तीनजनाको मृत्यु भएको छ भने म्याग्दीमा खोलाले बगाएर एकजनाको मृत्यु भएको छ ।
पोखरा महानगरपालिका–१८ सराङ्कोटमा पहिरो जाँदा एकैपरिवारका पाँचजनाको ज्यान गएको छ भने आठजना घाइते भएका छन् । शुक्रबार बिहान करिब पौने ३ बजेतिर झरेको पहिरोले स्थानीय टंकबहादुर थापाको घर पुरिदा पाँचजनाको मृत्यु भएको प्रहरीले बताएको छ । टंकीकी छोरी पिंकीको जन्मदिन मनाएर सुतेका उनीहरूको पहिरोले पुरिएर ज्यान गएको कास्की प्रहरी प्रवक्ता सुवास हमालले बताए ।
शुक्लागण्डकी नगरपालिकाको पुल्चोकमा सेती नदीमा आएको बाढी । तस्बिर सौजन्यः त्रिलोचन लम्सालप्रहरीका अनुसार मृत्यु हुनेमा घरधनी ५० वर्षीय टंकबहादुर थापा र उनकी श्रीमती ४५ वर्षीया सोममाया थापा सहित आफन्त ६ वर्षीय सुवान थापा, ८ वर्षीय शीतल श्रेष्ठ र ११ वर्षीया ईशिका थापाको मृत्यु भएको छ । पहिरोमा परेर घाइते भएका आठजनाको मणिपाल शिक्षण र पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भईरहेको हमालले जानकारी दिए ।
मध्यरातमसम्म जन्मदिनको रमझममा रहेका उनीहरू राती १२ बजेपछि मात्रै सुतेका थिए । पहिरोले थिचिँदा सुतेकै ठाउँमा उनीहरूको ज्यान गएको प्र्रवक्ता हमालले बताए । ‘राती करिब पौने ३ बजेतिर गल्र्याम्म गरेको ठूलो आवाज आएको र त्यसलगत्तै पहिरोले घर पुरेको थियो,’ पहिरोमा परेर घाइते भएका अनिश तामाङले भने, ‘अबेर सुतेका थियौं । एकाएक गल्र्याम्म ठूलो आवाज आयो, मलाई त पहिरोले बगाएर कान्लामुनि पुर्याएछ, एकछिन पछि उठेर हेरेको त शरिरभरी हिलैहिलो थियो ।’ होसमा आएपछि उठेर नजिकैको घरमा पुगेर हारगुहार गरेको उनले बताए ।
ढिस्को खसेर घर पुरियो
टंकको घरमाथि ठुलो ढिस्को थियो । अविरल वर्षाका कारण ढिस्को एक्कासी खस्दा घरमाथिको कृषि सडक पुरियो । जसका कारण सोहि सडक भएर बग्ने कुलो थुनियो । कुलो थुनिएपनि पानी आउने क्रम नरोकिदा त्यसले बाटोको तल्लो क्षेत्र खोल्दै कृषि सडककै प्लम्विङ वालको जग बगाएर घरमाथि बज्रिदा क्षति भएको वडाध्यक्ष रणबहादुर थापाले जानकारी दिए ।
पोखरा–२५ हेमजामा पनि पहिरोले घर पुरिँदा एकजनाको ज्यान गएको छ । हेमजास्थित शरदचन्द्र अधिकारीको घर राती करिब ३ बजे आएको पहिरोले पुरिदाँ अधिकारीकी आमा हिमकली अधिकारीको ज्यान गएको प्रहरीले जनाएको छ । बृद्धा आमालाई घरमा छाडेर अधिकारी दम्पती छिमेकीकोमा बास बस्न गएकाले उनीहरू भने ज्यान जानबाट जोगिएका छन् । पहिरोले ३ वटा बाख्रासमेत पुरेको प्रहरीले बताएको छ ।
त्यस्तै पोखरा महानगरपालिका–२६ पैतेडाँडामा पहिरोले घर पुरिदाँ एक जनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् । स्थानीय दुर्र्गाबहादुर सुनारको टिनले छाएको ब्लकको घर पहिरोले भत्काउँदा घरधनी अन्दाजी ३२ वर्षीय सुनारको मृत्यू भएको हो । पहिरोले बगाएको उनलाई प्रहरी र स्थानीयले विहान मृत अवस्थामा भेट्टाएका थिए । सुनारकी श्रीमति, एक छोरा र छोरीलाई भने सकुशल उद्धार गरिएको कास्की प्रहरीले जनाएको छ ।
त्यस्तै, पोखरा १७ छोरेपाटन सिमलटुँडामापनि पहिरोले घर पुरिदा ३ जना घाइते भएका छन् । स्थानीय चन्द्रबहादुर मगरको घर पुरिदा उनकी श्रीमती शान्ति मगर र छोरा सुशन मगर घाइते भएका हुन् । उनीहरूको विरौटास्थित नमस्ते अस्पतालमा उपचार भइरहेको छ । पोखरा–३३ भरतपोखरीमा पनि पहिरोले बगाउँदा २ जना घाइते भएका छन् । स्थानीय ‘मीठो पानी’ कम्पनीमा काम गरिरहेका बेला विहान करीब ८ः३० बजे एक्कासी माथिबाट आएको पहिरोले बगाउँदा सुरज अधिकारी र सुदन अधिकारी घाइते भएका हुन् ।
शुक्लागण्डकी नगरपालिकाको पुल्चोकमा सेती नदीमा आएको बाढी ।यसैबीच, पहिरोमा परेर ज्यान गुमाएका परिवारलाई स्थानीय प्रशासनले सहयोग गर्ने घोषणा गरेको छ । बिपद ब्यबस्थापन समिति कास्कीको शुक्रबार बसेको बैठकले पहिरोमा परेर ज्यान गुमाएका परिवारलाई राहत स्वरुप प्रति व्यक्ति एकलाख रुपैयाँ तत्काल उपलब्ध गराउने निर्णय गरेको हो ।
लमजुङमा तीनजनाको मृत्यु
लमजुङमा पनि पहिरोले घर पुरिँदा एकैपरिवारका तीनजनाको मृत्यु भएको लमजुङ प्रहरीले बताएको छ । लमजुङका डिएसपी गंगाबहादुर थापाका अनुसार बेसीसहर नगरपालिका–७ सातबिसेमा पहिरो जाँदा घर पुरिएर एकैपरिवारका तीनजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३२ वर्षीय दीपक तामाङ र उनकी श्रीमति २५ वर्षीय बिमाया तामाङ सहित छोरा ८ वर्षीय छेवाङ तामाङ रहेको डिएसपी थापाले बताए । भिरालो जमिनमा रहेको घरमा माथिबाट पहिरो झर्दा घर पुरेको उनले बताए । ‘ढुंगासहितको पहिरोले घर नै पुरेको थियो,’ उनले भने । त्यसबाहेक वर्षाले अरु केही ठाउँमा पहिरो समेत निम्त्याएको छ । मनाङ जाने एकमात्र सडक पनि पहिरोका कारण अवरुद्ध भएको छ ।
म्याग्दीमा ३० जना बेपत्ता
लगातारको वर्षा, भिरालो जमिन, भूमिगत पानी, कमजोर भु–वनावटका कारण शुक्रबार म्याग्दीमा पहिरोमा परेर ३० जना बेपत्ता भएका छन् । सुतिरहेको अवस्थामा बस्ती माथिबाट ढिस्को खसेपछि पश्चिम म्याग्दीको धवलागिरी गाउँपालिका–६ मराङका २१ जना, र छिमेकी मालिका गापा–७ बिमका ८ र मालिका–६ की एक महिला गरि ३० जना बेपत्ता भएका हुन् ।
अरुबेला पहिरोको उत्ति जोखिम नठानिएको उक्त गाउँमा पहिरोले वितण्डा मच्चाउँदा जनधनको क्षती भएको प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले बताए । पहिरोमा परेका मध्ये मराङ कल्लेनी र आसपासका क्षेत्रमा एकजनाको शव भेटिएपनि पहिचान हुन नसकेको प्रजिअ ढकालले बताए । ‘पहिरोस्थलमा पुग्न सक्ने अवस्था छैन्, ‘स्थलमार्गबाट उद्धारको प्रयास शुक्रबार सफल भएन’ प्रजिअ ढकालले भने, ‘सदरमुकामाबाट टाढा रहेको र ठाउँठाउँमा पहिरो जाँदा स्थलमार्गबाट उद्धारमा जान समेत सकस छ ।’
उनका अनुसार पहिरोस्थलमा पुग्ने सबै पदैलमार्ग खोलाले बगाएको छ । छिमेकी गाउँबाट समेत उद्धारको प्रयास असफल भएको उनले बताए । ‘म्याग्दीमा ठूलो क्षती भएको छ, राहत र उद्धारमा निरन्तर खट्नुपर्ने अवस्था छ’ प्रजिअ ढकालले भने । बाढीपहिरोले पश्चिम म्याग्दीमा मात्रै करिब २ सय ६० जनालाई सुरक्षित स्थानमा लैजानुपर्ने देखिएको उनले बताए । पहिरोस्थल आसपासको जमिन समेत चर्किएको अवस्थामा थप मानवीय क्षतीको जोखिमलाई मध्यनजर गरी सुरक्षित स्थानमा स्थानान्तर गर्ने तयारी भइरहेको प्रजिअ ढकालले बताए । प्रतिकुल मौसमका कारण पोखरा र काठमाडौबाट हेलिकप्टर मगाएर उद्धारको प्रयास गरिएपनि सहज नभएको उनले बताए । पहिरोमा पुरिएका अधिकांश एकै घरका छन् । बेपत्ता मध्ये मराङको कल्लेनीमा दुईशव भेटिएपनि पहिचान भएको छैन ।
बेपत्ताको खोजीलाई तिब्रता दिइएको उनले बताए । पश्चिम म्याग्दीमा ठाडो खोलाले सधै बितण्डा मच्चाउने गरेको छ । यसैबीच उत्तरी म्याग्दी हुदै हिमाली जिल्ला मुस्ताङ जोड्ने बेनी जोमसोम सडकखण्ड अन्तरगत बेनी नगरपालिका–९ र रघुगंगा गाउँपालिका–३ पिप्ले जोड्ने बेलिब्रिज समेत राहुघाट नदीको कटानले क्षती पुगेको छ । पुल भत्किएपछि बेनी–जोमसोम सिधा सम्पर्क विच्छेद भएको छ ।
खोलाले बगाएर एकको मृत्यु, एक बेपत्ता
जिल्लाका विभिन्न ठाडाखोलामा फसेका चारजनाई उद्धार गरिएको छ भने एक महिला बेपत्ता भएकी छिन् भने एकजना पुरुषको ज्यान गएको छ । रघुगंगा गाउँपालिका–६ ठाडाखानीमा गोठ जादै गरेका ५० बर्षिय ललिमान पुराने छन्त्याललाई विहान खोलाले बगाएर मृत्यु भएको वडा अध्यक्ष मनकुमार शेरपुञ्जाले बताए । खोलाले बगाएका छन्त्यालको शव भेटिएको छ । ठाडोखोला र्ने क्रममा उनी चिप्लिएर खोलामा बगेका थिए । मालिका र मंगला गाउँपालिकाको सिमानामा रहेको दुखु खोला तर्ने क्रममा स्थानीय ४१ बर्षिया गिता रोकालाई खोलाले बगाएको प्रहरी निरिक्षक धुब्रप्रसाद शर्माले बताए । उनका अनुसार खोला तर्ने क्रममा फँसेकालाई समेत उद्धार गरिएको थियो ।
रघुगंगा गाउँपालिका, ८ कुईने मंगलेमा राहुघाट खोलामा आएको बाढी पसेर क्षति पुर्याएको छ । मंगलेका आठघरमा क्षति पुगेको छ । मराङको पहिरोमा फँसेका १५० जनाजतिको उद्धार हुन सकेको छैन । उनीहरूको उद्धार प्रयास जारी रहेको प्रहरीले बताएको छ । त्यस्तै बिमका २० जना पनि उद्धारको पर्खाइमा रहेको प्रहरीले बताए ।
पोखरामा पहिरोमा परेकी महिलाको मणिपाल शिक्षण अस्पतालमा उपचार गरिँदै । तस्बिरः उमेश पुन/नागरिकतनहुँमा सेतीको त्रास, ४३ घर जोखिममा
अविरल बर्षाका कारण सेती नदीमा आएको बाढीले शुक्लागण्डकी नगरपालिकाका ४३ घरपरिवार जोखिममा परेका छन् । वर्षाले तनहुँको शुक्लागण्डकी नगरपालिका– ४ र ८ मा पर्ने पुल्चोकमा रहेको बस्ती डुबानमा परेको हो । बाढी बस्तीमा पसेपछि शुक्लागण्डकी नगरपालिका दुईवटा वडाका स्थानीयलाई सुरक्षित स्थानमा सारिएको शुक्लागण्डकी नगरपालिकाका मेयर किसान गुरुङले जानकारी दिए ।
लगातारको वर्षाले सेतीनदी बढेको छ । सेती र सुरौंदी खोलासमेत पुल्चोक बजारमा पसेपछि ४३ घर डुबानको जोखिमका परेको ईलाका प्रहरी कार्यालय बेलचौतराका प्रमुख जददिश रेग्मीले जानकारी दिए । शुक्लागण्डकी ८ का १४ मध्ये अधिकांश घरमा पानी पसेको र वडा नम्बर ४ को २९ घरमध्ये ५ घरमा पानी पसेको रेग्मीको भनाई छ ।
‘शुल्लागण्डकी–८ का १४ परिवारका ६० जना र शुक्लागण्डकी–४ का एक सय ५३ जना सहित दुई सय १३ जनालाई तत्कालका लागि सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ,’ उनले भने । केही घरमा डुवानमा परेको र केही घरमा पानी पस्ने सम्भावना बढेपछि दुई सय १३ जनालाई सुरक्षित स्थानमा सारिएको प्रहरी निरिक्षक रेग्मीले बताए । स्थानीयलाई सामुदायिक भवनमा खाने, बस्ने प्रबन्ध मिलाइएको शुक्लागण्डकी–८ का अध्यक्ष कृष्णप्रसाद रेग्मीको भनाई छ ।
शुक्लागण्डकी नगरपालिकाको पुल्चोकमा सेती नदीमा आएको बाढी ।
आगामि पाँचवर्षमा गण्डकी प्रदेशमा विदेशी पाहुना आगमन दोब्बर पुर्याउने लक्ष्य सहित गण्डकी प्रदेश सरकारले आगामि आर्थिक वर्षको बजेटमा पर्यटन क्षेत्रलाई प्राथमिकता दिएको छ। पाहुना आगमन बढाउने लक्ष्य सहित प्रवर्द्धन र पूर्वाधार निर्माणमा जोड दिएको प्रदेश सरकारले बताएको छ।
प्रदेशको आगामि आर्थिक वर्ष (२०८३/८४)को बजेट प्रस्तुत गर्दै प्रदेशका आर्थिक मामिला मन्त्री जीतबहादुर शेरचनले गण्डकी प्रदेशमा विदेशी पर्यटकको आगमन दोब्बर बनाउनका लागि हवाई पहुँच बिस्तारमा जोड, विभिन्न धार्मिक पर्यटकीय पदमार्गको बिस्तार, सिमापार पर्यटन प्रवर्द्धनमा जोड दिने बताएका छन्। उद्योग र पर्यटनका लागि प्रदेश सरकारले २ अर्ब रुपैयाँ बजेट विनियोजन पनि गरेको छ।
अहिले प्रदेशमा कति संख्यामा विदेशी पाहुना आउँछन् भन्ने यकिन तथ्यांक कतै छैन। तर, पर्यटन बोर्डको गण्डकी प्रदेश कार्यालयका अनुसार कम्तिमा पनि ८ लाख विदेशी पाहुना भित्रिएको अनुमान छ। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को संरक्षित क्षेत्रभित्र सन् २०२५ मा ५ लाख १४ हजार विदेशी पाहुना भित्रिएको र ती बाहेक पोखरा सहर घुमेर मात्र फर्किने विदेशीको संख्या पनि पर्याप्त हुने हुँदा वर्षमा कम्तिमा ८ लाख विदेशी पाहुना भित्रिएको अनुमान गर्न सकिने पर्यटन बोर्ड गण्डकीका वरिष्ठ निर्देशक मणिराज लामिछाने बताउँछन्।
उनका अनुसार भारतीय पाहुनाको आगमन यो वर्ष अत्यधिक हुँदा पोखरामा विदेशी पाहुनाको आगमन यो वर्ष १० लाख हाराहारीमा पुग्न सक्ने अनुमान छ। तर, आधिकारिक तथ्यांक भने कतै छैन। लामिछानेको अनुमानमा गण्डकी प्रदेशमा विदेशीमात्र ८ लाख हाराहारीमा आउँछन्। यो पटक भारतीयको आगमन अत्यधिक भएको छ। आन्तरिक बाहेकका सबै पर्यटक विदेशी हुन। पछिल्लो समय भारतीयको आकार ह्वात्तै बढेको छ।
‘आएजतिका सबै पाहुना अन्नपूर्ण क्षेत्र जाँदैनन र सबै पोखरामा मात्र पनि घुम्दैनन,’ उनले भने, ‘अहिलेको आगमनको भीडभाड देख्दा यो वर्ष पोखराले मात्र १० लाख हाराहारीमा विदेशी पाहुना पाएको अनुमान गर्न सकिन्छ।’ १० लाख पाहुना भित्रिएको अनुमानको आधारमा प्रदेश सरकारले आगमन दोब्बर बनाउने भनेर बजेटमा समेटेको उनले बताए।
‘अहिलेको भीडभाड, आउजाउमा सहजता जस्ता कुराले पाहुना आगमन पाँचवर्षमा २० लाख हाराहारीमा पु¥याउनुपर्ने हुन्छ,’ उनले भने, ‘अलिकति व्यवस्थापन गर्ने हो भने पोखराले अबको पाँचवर्षमा अहिलेको आगमन दोब्बर पुर्याउनु खासै समस्या होईन। तर, अब भने व्यवस्थापनमा जोड दिनुपर्ने बेला भएको छ। २० लाख पर्यटक भित्र्याउन कुनै कठिन पनि छैन।’
पोखरामा पछिल्लो समय अधिक संख्यामा भारतीय पाहुना भित्रिएको अवस्थामा संख्या बढाउनु भन्दा पनि व्यवस्थापन चूनौतीपूर्ण बन्दै गएको उनले बताए। ‘पछिल्लो समयको भीडभाड देखेर त व्यवस्थापन चूनौतीपूर्ण बन्दै गएको देखिन्छ। भारतीयको आगमन संख्या बढेसँगै त्यसलाई व्यवस्थापन गर्न सक्षम पनि हुनुपर्छ। क्षमता भन्दा बढि पर्यटक आए भने त्यसलाई व्यवस्थापन गर्नुपर्छ,’ लामिछानेले भने, ‘संख्या बढाउनका लागि प्रवर्द्धन पनि चाहिन्छ। त्यसबाहेकका व्यवस्थापन गर्नका लागि पर्यटकलाई नयाँनयाँ गन्तव्यमा पनि घुम्न पठाउनुपर्छ।’
पर्यटक आगमन बढाउने योजना बाहेक गण्डकी प्रदेश सरकारले बजेटमा पूर्वाधार निर्माणलाई पनि उत्तिकै प्राथमिकता दिएको छ। पर्यटनमैत्री विकास निर्माण गर्ने योजना सरकारको रहेको आर्थिक मामिला मन्त्री शेरचनले बताए। ‘पहिला घरदेश अनि परदेश’ लाई पनि प्रदेश सरकारले यो पटक बजेटमा निरन्तरता दिएको छ। त्यस्तै ‘लेक टु लेक’ कार्यक्रम पनि सरकारकै प्राथमिकतामा छन।
पहिला घरदेश अनि परदेश तथा लेक टु लेक कार्यक्रममार्फत प्रदेशमा आन्तरिक र बाह्यक पर्यटनमा प्रवर्द्धन हुने मन्त्री शेरचनको विश्वास छ। स्थानीय कला संस्कृति, परम्परा र उत्पादनलाई पनि पर्यटनसँग जोड्ने सक्ने हो भने त्यसबाट लाभ लिन सकिने उनले बताए।
त्यसबाहेक निजी क्षेत्र, पर्यटन बोर्ड र गण्डकी सरकार मिलेर पर्यटन प्रवर्द्धन गर्ने योजनालाई पनि प्रदेश सरकारमा समावेश गरेको छ। ‘गण्डकी जाउँ प्रकृति र संस्कृतिसँग रमाउँ,’ अभियानलाई सुदृढ बनाउँदै पोखरालाई ‘माइस टुरिजम’ (मिटिङ, इन्सेन्टीभ, कन्फेरेन्स र एक्जिविसन), स्वास्थ्य र खेलकुद तथा साहसिक पर्यटन क्षेत्रको गन्तव्यको रुपमा विकास गर्ने योजना पनि सरकारको रहेको छ।
त्यसैगरि प्रमुख पर्यटकीय गन्तव्यमा पूर्वाधार विकास, पदमार्ग निर्माण र स्तरोन्नती र पर्यटन मैत्री विकासलाई बजेटमा समेटिएको छ। दामोदर कुण्ड–मुक्तिनाथ–गलेश्वर–पञ्चकोट–रिडी–रामदी–केलादिघाट–देवघाट–त्रिवेणीधाम जोड्ने ‘धार्मिक पर्यटन परिपथ’ विकासलाई पनि बजेटले समेटेको छ। ती परिपथसँग जोडिएका पदमार्गमा आधारभूत पूर्वाधार विस्तार गर्नेदेखि मोदीबेनीधाम देखि पर्वतको पुर्कोट र भैरवस्थान धार्मिक पदमार्ग निर्माण अगाडि बढाइने पनि बजेटमा उल्लेख छ।
बजेटमा मनास्लु, अन्नपूर्ण, धौलागिरी र ढोरपाटन चक्रिय पदमार्ग स्तरोन्नती गर्ने तथा ती क्षेत्रमा वैकल्पिक पदमार्ग पहिचान गर्नका लागि पनि बजेटमा प्राथमिकता दिइएको छ। ढोरपाटनको बुकी संरक्षण गर्ने तथा त्यहाँ जलाशय निर्माण गरेर आन्तरिक पर्यटकलाई घुम्न पठाउने योजनालाई पनि सरकारले बजेटमा समेटेको छ।
सरकारले अघिल्लो वर्षजस्तै यो पटक पनि ‘राउन्ड फेवा र भ्यू फेवा’लाई बजेटमा प्राथमिकता दिएको छ। फेवा होराइजन, सेल्फी ब्रिज, रुपातालमा शिशाको पुल बनाउका लागि पनि बजेट दिएको छ। त्यस्तै पोखरा महानगरको साझेदारीमा फेवातालको मध्यवर्ती क्षेत्र सौन्दर्यकरणका लागि ५ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ। बजेटमा प्रदेशसरकारले एक जिल्ला एक पर्यटकीय गन्तव्य बनाउने उल्लेख गरेको छ। स्थानीय संस्कृति, होमस्टे, फार्मस्टे र रैथाने उत्पादनको ब्राण्डिङ गर्ने पनि सरकारी तयारी छ।
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...