गण्डकीमा ६ घटनामा १४ जनाको मृत्यु
२४ असार २०७७
•
२ मिनेट पाठ
गण्डकीमा ६ घटनामा १४ जनाको मृत्यु
गण्डकी प्रदेशमा पछिल्लो ३ महिनामा पहिरोले पुरिएर १४ जनाको ज्यान गएको छ भने ३ जना घाइते भएका छन् । बैशाख यता प्रदेशका विभिन्न ६ ठाउँमा पहिरो जाँदा उक्त संख्यामा मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ । पहिरोले लाखौंको क्षतिसमेत पुर्‍याएको प्रहरीले बताएको छ ।




गण्डकी प्रदेशमा यस वर्ष पर्वतमा गएको पहिरोले सबैभन्दा धेरै क्षति भएको छ । गत जेठ ३१ गते राती पर्वतको कुश्मा नगरपालिका वडा नम्बर ३ दुर्लुङमा गएको पहिरोमा परेर एकै परिवारका ६ जनासहित ९ जनाको ज्यान गएको थियो । स्थानीय तुलबहादुर थापाको ६ जनाको परिवार र सँगै जोडिएको कमला विकसहित ३ गरी ९ जनाको ज्यान गएको हो । सो घटनामा १५ लाख बराबरको क्षति पुगेको प्रहरीको प्रारम्भिक रिपोर्टमा उल्लेख छ ।

त्यस्तै, गत जेठ २७ गते म्याग्दीको रघुगंगा गाउँपालिका वडा नम्बर ६ कोटगाउँमा पहिरो जाँदा २ जनाको ज्यान गएको थियो । अविरल बर्षाका कारण आएको पहिरोले ढु्ंगा र माटोले बनेको जस्ताको छानो भएको घर भत्किएर पुर्दा दलप्रसाद शेरपुञ्जाकी ५० वर्षिया श्रीमती हमाया शेरपुञ्जा र उनकी ४ वर्षिया नातिनी सिम्रन छन्त्यालको ज्यान गएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

यसैगरी, असार ४ गते आएको पहिरोले बिपीसी प्रोजेक्ट अन्तर्गतको ङादी हाइड्रोपावरमा आवश्यक सामान लिएर जाँदै गरेको बा.२ च.७१९८ नम्बरको टिपरमा सवार चिनियाँ चालक लुजिङयाको मृत्यु भएको छ । सो घटनामा चिनियाँ ईञ्जिनियर वुबाओक्सी घाइते भएका छन् । उनको उपचार भइरहेको प्रहरीको भनाई छ ।

असार ६ गते बागलुङको काठेखोला गाउँपालिका वडा नम्बर ४ फापरखेतमा आएको पहिरोले घर पुर्दा १ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् । सो घटनामा घरधनी टोपबहादुर पुनकी ३८ वर्षिया श्रीमती विमला पुनको पहिरोले पुरिएर मृत्यु भएको हो भने १६ वर्षिया छोरी आस्था पुन घाइते भएकी छन् । सो घटनामा ५ लाखको क्षति पुगेको प्रहरीको अनुमान छ ।

असार १४ गते गोरखाको धार्चे गाउँपालिका वडा नम्बर १ तातोपानीमा आएको लेदो माटोसहितको पहिरोले बगाउँदा सो सडकखण्डमा काम गर्ने नरबहादुर शाहीको मृत्यु भएको छ ।

त्यस्तै, असार १४ गते नै स्याङ्जाको गल्याङ नगरपालिका वडा नम्बर ९ साङलियामा अविरल बर्षापछि आएको पहिरोले घरमाथिको ढिस्को खसेर घर पुर्दा यमबहादुर विकको मृत्यु भएको छ भने उनकी ४२ वर्षिया श्रीमती फुलमाया विक घाइते भएकी छन् ।

पहिरोले क्षति पुर्‍याएका मध्ये स्याङ्जा र पर्वतको घटनामा परि मृत्यु भएका परिवारलाई जनही ५० हजारका दरले जिल्ला प्रशासन कार्यालयले सहयोग प्रदान गरिएको थियो ।
अर्को समाचार
विपद्का घटनामा मानवीय क्षति बढ्यो, सबैभन्दा बढी गण्डकीमा
२९ साउन २०८१
•
२ मिनेट पाठ
विपद्का घटनामा मानवीय क्षति बढ्यो, सबैभन्दा बढी गण्डकीमा
मनसुनजन्य विपद्बाट पछिल्लो दुई महिनामा एक सय ७० जनाको मृत्यु भएको छ। गत जेठ २८ देखि यही साउन २४ गतेसम्म विभिन्न विपद्का घटनामा परी ४४ जना बेपत्ता तथा एक सय ९५ जना घाइते भएका छन्।




मनसुनजन्य विपद्ले सबैभन्दा बढी गण्डकी प्रदेशमा ५४ जनाको मृत्यु भएको छ। सबैभन्दा कम मधेस प्रदेशमा तीन जनाको मृत्यु भएको छ।

गतवर्ष सोही अवधिको तुलनामा यसवर्ष मनसुनजन्य घटनाबाट मृत्यु हुनेको सङ्ख्या बढेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। गतवर्ष सोही अवधिमा ७२ जनाको मृत्यु, २८ बेपत्ता र एक सय जना घाइते भएका थिए।

यसवर्षको मनसुनजन्य विपद्बाट दुई हजार नौ सय ९८ घरपरिवार प्रभावित भएका छन्। विपद्बाट एक सय ९७ निजी घर पूर्ण र एक सय ७० घरमा आंशिक क्षति पुगेको छ। यस्तै तीन सरकारी कार्यालय र पाँच पक्की पुल, १५ झोलुङ्गे पुल तथा एक जलविद्युत् आयोजनामा क्षति पुगेको प्राधिकरणले जनाएको छ।

दुई महिनाको अवधिमा बाढीका एक सय ६९, पहिराका तीन सय ३६, भारी वर्षाका दुई सय २८ र चट्याङका ८८ गरी आठ सय ४८ विपद्का घटना भएका छन्। बाढीबाट ३६ को मृत्यु, पाँच बेपत्ता र २४ घाइते भएका छन्। पहिरामा परी एक सय नौ जनाको मृत्यु, ३९ बेपत्ता र ९६ घाइते, भारी वर्षाबाट एकको मृत्यु र २० घाइते तथा चट्याङबाट २४ को मृत्यु र ५५ जना घाइते भएका छन्।

सो अवधिमा आगलागी, हावाहुरी, जनावर आक्रमण, वन डढेलो, लोक लाग्नु र सर्पदंशलगायत अन्य विपद्का चार सय ७१ घटना भएका प्राधिकरणले जनाएको छ। ती घटनामा परी १९ जनाको मृत्यु भएको छ।

यस अवधिमा देशभर एक सय ७१.७ मिलिमिटर वर्षा मापन भएको छ। जल तथा मौसम विज्ञान विभागले यसवर्ष औषतभन्दा बढी पानी पर्ने अनुमान गरेको थियो। गत जेठ २८ गतेदेखि नेपालमा मनसुन प्रवेश भएको थियो। यसवर्ष कञ्चनपुरको चाँदनी दोधारामा अहिलेसम्मकै बढी वर्षा भएको थियो। जलमापनको ७७ वर्षको इतिहासमा कञ्चनपुरमा सबैभन्दा धेरै छ सय २४ मिलिमिटर वर्षा भएको विभागले जनाएको छ।

बाढी पहिरामा परी घाइते भएका २३ जनालाई हवाई उद्धार तथा उच्च जोखिममा रहेका एक हजार दुई सय २७ जनालाई जीवितै उद्धार गरिएको प्राधिकरणले जनाएको छ। नेपाल प्रहरीका आठ हजार दुई सय ५२, सशस्त्र प्रहरी बलबाट पाँच हजार आठ सय १७ र नेपाली सेनाबाट चार हजार सात सय आठ गरी १८ हजार सात सय ७७ सुरक्षाकर्मी खोज, राहत तथा उद्धारमा संलग्न भएका छन्।
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ० सेकेन्ड अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock २० मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ५९ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस