कोरोना संक्रमितको संख्या बढ्दै गइरहेको बेला गृह मन्त्रालयले राती १० बजेदेखि विहान ५ बजेसम्म अत्यावश्यक कामबिना पैदल हिँड्न समेत निषेध गरेको छ । शुक्रबार गृह मन्त्रालयले बन्दाबन्दी सम्बन्धि सुरक्षा मापदण्ड जारी गर्दै यस्तो निर्णय गरेको हो । मापदण्ड अनुसार राती १० बजेदेखि विहान ५ बजेसम्म अत्यावश्यक काम बाहेक पैदल हिँड्न समेत पाइने छैन । विहान मर्निङवाक वा अन्य कारणले बाहिर निस्कनेलाई नियम पालना गर्न गृहले आग्रह गरेको छ ।
गृह मन्त्रालयका सुचना अधिकारी विहान बेलुकी भएको भीडलाई नियन्त्रण गर्नको लागि गृहले यस्तो निर्णय गरेको हो । उनका अनुसार उक्त मापदण्ड असार दुई गते नै तयार गरिएको थियो । सम्बद्ध निकायहरुसँगको छलफलमा महामारीको बेला जिवनयापन कसरी सञ्चालन गर्ने उद्देश्यले यो मापदण्ड निर्माण गरिएको हो । मापदण्डमा प्रशासनिक कार्य, ओहोरदाहोर, काम गर्दा अपनाउनुपर्ने सावधानीलगायत विषयलाई तोकिएको छ । ‘यस्तो नियम बन्दाबन्दीलाई सहजिकरण गर्नका लागि बनाइएको हो, सधै बन्द गर्नु नै यसको उपचार नभएकोले महामारी नफैलियोस् भन्ने यस्तो मापदण्ड तयार पारिएको हो,’ उनले भने ।
उनका अनुसार सामाजिक दुरी कायम गर्ने, कार्यालय वा अनय ठाउँमा काम गर्दा २ मिटरको दुरी कायम गर्नुपर्ने, स्वास्थ्य मन्त्रालयले जारी गरेको सुरक्षा पालना गर्ने, अनावश्यक भीड सिर्जना नगर्ने, १५ जनाभन्दा बढी भेला हुन नपाउने, सांस्कृतिक र परम्परा मनाउँदा ख्याल गर्नुपर्नेलगायत पक्षलाई समेटेर मापदण्ड बनाइएको छ । तोकिएको मापदण्ड नमान्नेलाई कानुनी कारबाही गरिने पनि उक्त मापदण्ड पत्रमा उल्लेख छ ।