कोरोनाको हटस्पट बनेको कपिलवस्तुमा रोकियो कन्ट्याक्ट ट्रेसिङ
०२ असार २०७७
•
४ मिनेट पाठ
कोरोनाको हटस्पट बनेको कपिलवस्तुमा रोकियो कन्ट्याक्ट ट्रेसिङ
कोरोनाको केन्द्र बनेको कपिलवस्तुमा कोरोना संक्रमित पुष्टी भएकाहरुसंग सम्पर्कमा रहेको ब्यक्तिहरुको कन्ट्याक्ट ट्रेसिङ रोकिएको छ । एकातिर नयाँ निर्देशिका अनुसार लक्षण नदेखिएका संक्रमितलाई बिना पिसिआर जाँच घर पठाइने गरिएको छ । अर्का तर्फ संक्रमितसंग सम्पर्कमा आएका ब्यक्तिहरुको कन्ट्याक्ट ट्रेसिङ समेत नहुँदा गाउँ समाजमा कोरोना फैलने खतरा बढेको छ ।




जेठ पहिलो सातादेखि संक्रमण पुष्टि भएकालाई आइसोलेसनमा राख्नेबाहेक काम भएको छैन । स्थानीय तह क्वारेन्टिनमा बसेकालाई घर पठाउने हतारोमा छन् । कन्ट्याक्ट ट्रेसिङलगायत जोखिम रोकथाममा चासो देखाइएको छैन । स्वास्थ्यकर्मीका अनुसार संक्रमित भएका ब्यक्रिहरुले पछिल्लो १० दिनभित्र सम्पर्कमा आएका ब्यक्तिहरुको पहिचान गरी त्यस्ता ब्यक्तिहरुको पनि परीक्ष्ण गर्नु पर्छ । तर जिल्लामा जेठ पहिलो सातापछि कन्ट्याक्ट ट्रेसिङको काम रोकिएको छ । ‘संक्रमितहरुलाई धमाधम छाडिएकाृ छ, उनीहरुसंग सम्पर्कमा आएका ब्यक्तिको समेत पहिचान गरिएको छैन’ जिल्लामा सबै भन्दा बढी संक्रमित भेटिएका यशोधरा गाउँपालिका वडा नम्बर ८ बासखोरमा अरुणकुमार सैनीले भने, ‘संक्रमित र उनीहरुसंग सम्पर्कमा आएका ब्यक्तिहरु निस्फिक्री रुपमा हिँडीरहेका छन् ।’  

भारतबाट क्वारेन्टिनमा बस्न आएकाहरू पहिले घरमै पुगे,’ उनले भने, ‘पछि क्वारेन्टिनमा गएपछि कोरोना पोजिटिभ पाइयो । तर उनीहरूसँग सम्पर्कमा आएका व्यक्तिको ट्रेसिङ नहुँदा गाउँ डुल्न डर लाग्छ ।’महाराजगन्ज नगरपालिका हर्दौनाका कृष्णशंक मौर्यले गाउँमा भेटिएका स‌क्रमितको कन्ट्याक्ट ट्रेसिङ नगरिएको बताए । यसले संक्रमण फैलाउने चिन्ता बढेको उनले बताए । कोरोनाको हटस्पट मानिएको जिल्लामै ट्रेसिङ हुन नसकेको हो । यसमा कसैको ध्यान पुगेको देखिँदैन ।  

मुलुकमै सबैभन्दा धेरै संक्रमित रहेको जिल्लामा कन्ट्याक्ट ट्रेसिङ नहुँदा यहाँको समुदाय चिन्तामा छ । सचेत र अगुवा नागरिक यसले नराम्रो अवस्था निम्त्याउन सक्ने भन्दै चिन्ता ब्यक्त गर्छन् । जिल्लामा सबैभन्दा बढी १ सय ६८ संक्रमित रहेको यशोधरा गाउँपालिकामै कन्ट्याक्ट ट्रेसिङ गरिएन । पहिलोपटक वैशाख ३० मा यहाँ १२ जना संक्रमित भेटिएका थिए । उनीहरूको कन्ट्याक्ट ट्रेसिङ गर्दा ५२ जना सम्पर्कमा आएको पाइयो । जसमध्ये २५ जना अनिरुद्ध पब्लिक माविको क्वारेन्टिनमा सँगै बसेका थिए । बाँकी २७ जना समुदायमा पुगिसकेका थिए । ‘समुदायमा गएर उनीसँग भेटेर फर्म पनि भरेर ल्यायौैं,’ गाउँपालिका स्वास्थ्य शाखा प्रमुख ज्योतिप्रकाश दुबेले भने, ‘तर उनीहरूको स्वाब लिन सकेनौं ।’

उनका अनुसार स्वाब संकलन गर्न भीटीएमको अभाव थियो । ‘क्वारेन्टिनकै मान्छेको स्वाब लिन सक्ने अवस्था भएन । समुदायको कसरी लिने ?,’ उनले प्रश्न गरे । कन्ट्याक्ट ट्रेसिङमा आएका समुदायका व्यक्ति सम्पर्कमा आउन नचाहेको र आफूले पनि जोरजबरजस्ती नगरेको उनको भनाइ छ । ट्रेसिङकै लागि ‘बी वान फर्म’ भरेर अनुशिक्षण पनि दिइयो । दुई अहेब र एक जना अनमी राखेर ५ वटा समिति पनि बनाइयो तर काम हुन सकेन । समिति अहिले निष्क्रिय छ । ‘पहिले अगाडि जे समस्या आयो, त्यसको समाधानमा लाग्यौं,’ गाउँपालिका अध्यक्ष गिरजेशकुमार पाण्डेले भने, ‘जिल्ला, प्रदेश र मन्त्रालयबाट पनि ताकेता भएन ।

’महाराजगन्ज नगरपालिकामा पनि कन्ट्याक्ट ट्रेसिङको काम हुन सकेन । यहाँ १ सय २३ संक्रमित छन् । यसकै लागि ३ वटा समिति गठन गरिएको छ । तर काम नभएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख राधेश्याम जयसवाल स्विकार्छन् । ‘यहाँ ३० वटा क्वारेन्टिनमा १ हजार ५ सयसम्म मान्छे थिए,’ उनले भने, ‘तिनको व्यवस्थापन गर्दा ठिक्क भयो ।’संक्रमितको कन्ट्याक्ट ट्रेसिङ नहुँदा गाउँमा गाह्रो भइरहेको स्थानीय बिजय जैसवालले  बताए । ‘उनीहरूलाई पीसीआर पनि नगरी छाडिएको छ,’ नरसिंहले भने, ‘उनीहरूलाई देख्दा आफू तर्कनुपर्ने अवस्था छ ।’  

६७ संक्रमित रहेको मायादेवी गाउँपालिकामा पनि अन्य पालिकाको भन्दा सुदृढ अवस्था छैन । वैशाख २५ र २६ मा देखिएका ५ संक्रमितको कन्ट्याक्ट ट्रेसिङ हुँदा १० जना सम्पर्कमा आएको देखिएको थियो । उनीहरूको बाहेक कसैको पनि कन्ट्याक्ट ट्रेसिङ गरिएको छैन । जिल्लामै पहिलो संक्रमित त्यहीं देखिएपछि मन्त्रालयको पनि ध्यान गयो । टोली आयो । कन्ट्याक्ट ट्रेसिङ गर्न आग्रह ग‍र्यो । ‘हामीले पनि हरेक वडामा ३र३ जना स्वास्थ्यकर्मीको टोली बनायौं,’ गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख महेन्द्र ायदवले भने, ‘तर काम भने गर्न सकेका छैनौं ।’ संक्रमितहरू बढ्दै जाँदा सबैको ध्यान त्यतै गएको उनले बताए ।

३३ संक्रमित भेटिएको कपिलवस्तु नगरपालिकामा एकघन्टे अनुशिक्षणबाहेक अन्य काम नभएको नगरका स्वास्थ्य शाखा प्रमुख उमेश गुप्ताले बताए । बजेट र जनशक्ति अभावमा अन्य काम हुन नसकेको उनले सुनाए । ३० जना संक्रमित रहेको विजयनगर गाउँपालिकाको अवस्था पनि उस्तै छ । भारतबाट आएका सबै जना सीधै क्वारेन्टिनमा बसेकाले समुदायमा संक्रमण नभएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख वाईपी अधिकारीले ठोकुवा नै गरे । 

उता जिल्ला स्वास्थ्य कार्यालयले पनि जिल्लामा भेटिएका ६ सय ४७ संक्रमति मध्ये म्स्किलले २ सय जनाको कन्टेयाक्ट ट्रसि«ङ भएको जनाएको छ । स्वास्थ्य कार्यालकया कोरोना फोकल पर्सन कुमार थापाले पालिकाहरुमा गठित टीम निस्कृत भएको र बढी संक्रमति भेटिएकाले पनि कन्टेयाक्ट ट्रसिङको काम हुन नसेको बताए ।  

प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले भने सघन रूपमा नभए पनि बिस्तारै ट्रेसिङ भइरहेको बताए । ‘क्वारेन्टिन व्यवस्थापन, त्यहाँ बसेकाको स्वाब संकलन र परीक्षण गराउनुपर्दा धेरै समय गयो,’ उनले भने, ‘अब तीव्र गतिमा काम गर्छौ ।’ 
अर्को समाचार
'कोरोनाभाइरसविरुद्धको कोभिशिल्ड खोपले गम्भीर साइड इफेक्ट्स'
१८ वैशाख २०८१
•
१ मिनेट पाठ
'कोरोनाभाइरसविरुद्धको कोभिशिल्ड खोपले गम्भीर साइड इफेक्ट्स'
कोरोना भाइरसविरुद्धको खोप उत्पादन गर्ने एस्ट्राजेनेकाले कोभिसिल्ड खोप लगाउनेमा गम्भीर नकारात्मक असर (साइड इफेक्ट्स) देखिन सक्ने बताएको छ।




बेलायती औषधि उत्पादनकर्ता एस्ट्राजेनेकाले बेलायतको उच्च अदालतमा कोभिड–१९ खोपका कारण थ्रोम्बोसाइटोपेनिया सिन्ड्रोम जस्ता साइड इफेक्ट्स देखिन सक्ने स्वीकार गरेको हो।

थ्रोम्बोसाइटोपेनिया सिन्ड्रोमका कारण शरीरमा रगत जम्न (फाल्सा÷ब्लड क्लट) जम्न थाल्छ वा शरीरमा प्लेटलेट्स तीव्र गतिमा कम हुन थाल्छ। शरीरमा ब्लड क्लटका कारण मस्तिष्कघात या कार्डिएक अरेस्ट हुन सक्ने जोखिम बढेर जान्छ।

एस्ट्राजेनेकाले यसै वर्षको फेब्रुअरीमा बेलायतको उच्च अदालत समक्ष खोपको साइड इफेक्ट्स सम्बन्धी आरोपलाई स्वीकार गरेको थियो। युनिभर्सिटी अफ अक्सफोर्डसँग मिलेर एस्ट्राजेनेकाले कोरोनाभाइरसविरुद्धको खोप तयार गरेको थियो।

एस्ट्राजेनेकाले आरोप स्वीकार्दै विभिन्न अध्ययनमा यो खोप कोरोनाभाइरसविरुद्ध उपयोगी भएको र थ्रोम्बोसाइटोपेनिया सिन्ड्रोम निकै दुर्लभ रुपमा देखा परेको पनि बताएको छ।

एस्ट्राजेनेकाले उत्पादन गरेको कोरोनाभाइरसविरुद्धको कोभिशिल्ड र भ्याक्सजेवरिया नामले बिक्री गर्दै आएको छ।
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock १० मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock २७ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस