कोरोना महामारी : अग्रपंक्तिमा खटिने महिला स्वास्थ्यकर्मी समस्यामा
०१ असार २०७७
•
३ मिनेट पाठ
कोरोना महामारी : अग्रपंक्तिमा खटिने महिला स्वास्थ्यकर्मी समस्यामा
चितवनमा रहेको भरतपुर कोभिड-१९ परीक्षण प्रयोगशाला । तस्बिर : सूर्यप्रकाश/नागरिक
कोरोना भाइरस (कोभिड-१९) को महामारीविरुद्ध अग्रपंक्तिमा खटिएका छन् स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मी । सञ्चारकर्मी र सुरक्षाकर्मीको तुलनामा स्वास्थ्यकर्मी बढी जोखिममा छन् । कोरोना संक्रमित बिरामीसँग प्रत्यक्ष सम्पर्कमा काम गर्नु पर्ने भएकोले जोखिम कम गर्न स्वास्थ्यकर्मीले आवश्यकता परेको बेला व्यक्तिगत सुरक्षा पोशाक (पिपिई) लगाउँछन् । त्यही पिपिईको कारण महिला स्वास्थ्यकर्मीले थप समस्या झेल्नु परेको छ ।




चितवनको भरतपुर महानगरपालिका १० बाइपासरोडस्थित भरतपुर कोभिड १९ परीक्षण प्रयोगशाला प्रमुख डा. नितु अधिकारी पिपिई लगाएर दस घण्टाभन्दा बढी लगातार काम गर्नु पर्दा पिसाब गर्न समस्या परेको बताउँछिन् । ‘पिसाब लागेपछि बारम्बार शौचालय जानु पर्ने हुन्छ’ डा. अधिकारी भन्छिन्, ‘पिपिई पटकपटक खोल्ने र लगाउने गर्न मिल्दैन । पिपिई खोलेपछि पुनः लगाउन हुँदैन । यो समस्या समाधानका लागि डाइपर लगाएर काम गरिरहेका छौँ ।’ पर्याप्त मात्रामा पिपिई नहुँदा एकदिनमा एउटै पिपिईले काम चलाउनु पर्दा यस्तो समस्या झेल्नु परेको उनले बताइन् ।

भरतपुर कोभिड प्रयोगशालामा १२ जना कर्मचारी कार्यरत छन् । एक जना गार्ड र एक जना सरसफाई कर्मचारीबाहेक बाँकी दस जनाले पिपिई लगाएर काम गर्नु पर्छ । पिपिई लगाउने दस जनामध्ये दुई जना महिला छन् । महिलालाई महिनावारीका बेला थप समस्या आउने गरेको छ । ‘पुरुष साथीहरुको तुलनामा ल्याब टेक्निसियन सुमित्रा पौडेल र मलाई महिला भएकै कारण महिनावारीको समयमा बढी समस्या झेल्नु पर्छ’ डा. अधिकारी भन्छिन्, ‘महिनावारी भएका बेला काममा खटिँदा हामीले बिहान लगाएर आएको सेनिटरी प्याड एकैपटक बेलुका कोठामा पुगेर फेर्ने गरेका छौँ ।’

पिसिआर मेसिन एउटामात्र भएको र जनशक्ति पनि कम भएकोले बिहान सात बजेदेखि राति १२ बजेसम्म काममा खटिनु परेको उनले सुनाइन् । जनशक्ति र पिसिआर मेशिनको अभावमा सिफ्टमा काम गर्न नसकिएको प्रयोगशाला प्रमुख डा. अधिकारी बताउँछिन् । त्यही एउटा पिसिआर मेशिन पनि कृषि तथा वनविज्ञान विश्वविद्यालयबाट ल्याएर प्रयोगशाला सञ्चालनमा ल्याइएको हो । कोभिड प्रयोगशालामा काम गर्ने चिकित्सक र प्राविधिकको लागि भरतपुरमा रहेको एक होटललाई क्वारेन्टिनका रुपमा प्रयोग गरिएको छ । त्यही होटलबाट खाजा र खानाको व्यवस्था मिलाइएको डा. अधिकारीले जानकारी दिइन् ।

सुरक्षित महिनावारी अभियन्ता एवं लेखक राधा पौडेल महामारीका बेला अग्रपंक्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मी महिलाहरुको यो समस्यालाई विश्वव्यापी समस्या बताउँछिन् । महामारीमा काम गर्दा पनि महिनावारीलाई मर्यादित बनाइनु पर्ने उनको धारणा छ । ‘अत्यावश्यक स्वास्थ्य सामग्रीमा सेनिटरी प्याड र डाइपरलाई समावेश गरी पिपिई सेटमै राख्नु पर्छ’ उनी भन्छिन्, ‘प्याड वा डाइपर चार घण्टामा परिवर्तन गर्नु पर्छ । सरकारले प्याड वा डाइपर फेर्ने बेलामा पिपिई पनि फेर्न सक्ने वातावरण बनाई पर्याप्त मात्रामा पिपिईको व्यवस्था गर्नु पर्छ ।’

स्वाबको चाप, जनशक्ति अभाव
सरकारले सात वटै प्रदेशमा पिसिआर प्रविधिबाट कोरोना संक्रमणको परीक्षण गर्न प्रयोगशाला राख्ने निर्णय गरेपछि विशेष राजनीतिक पहलमा भरतपुर कोभिड १९ परीक्षण प्रयोगशाला गत वर्ष चैत २४ गतेबाट सञ्चालनमा आएको हो । वागमती प्रदेशमा भरतपुर र प्रादेशिक राजधानी हेटौँडामा कोरोना परीक्षणका लागि प्रयोगशाला छन् । हाल भरतपुर अस्पताल अन्तर्गत राखिएको कोभिड प्रयोगशालामा पछिल्ला दिनहरुमा स्वाबको चाप बढेको छ ।

वैशाख मसान्तसम्म औसतमा दैनिक ४० वटा स्वाबको नमुना परीक्षण गरिँदै आएको कोभिड प्रयोगशालामा जेठको पहिलो हप्ताबाट दैनिक एक सय र दोस्रो हप्ताबाट दैनिक दुई सयको हाराहारीमा स्वाब परीक्षण हुँदै आएको छ । ‘अहिले त दैनिक तीन सय स्वाब परीक्षण गर्नु परेको छ’ प्रयोगशाला प्रमुख डा. नितु अधिकारी भन्छिन्, ‘आठ सयभन्दा बढी स्वाब परीक्षण गर्नै बाँकी छ । अब पिसिआर मेशिन र जनशक्ति नथप्ने हो भने काम गर्न कठिन हुनेछ ।’ भरतपुर कोभिड प्रयोगशालाबाट अहिलेसम्म चार हजारभन्दा बढी स्वाबको पिसिआर परीक्षण भइसकेको उनले जानकारी दिइन् । भरतपुरमा चितवनसहित नवलपरासी, धादिङलगायत अन्य जिल्लाबाट स्वाब संकलन भई पिसिआर परीक्षणका लागि आउने गरेको छ ।
अर्को समाचार
इलाम भित्रिने पर्यटक संख्यामा वृद्धि
१३ माघ २०८०
•
१ मिनेट पाठ
इलाम भित्रिने पर्यटक संख्यामा वृद्धि
इलामको पर्यटन लयमा फर्कन थालेको छ। कोरोना महामारीका कारण पछिल्लो तीन वर्ष थलिएको इलामको पर्यटन लयमा फर्कन थालेको हो।




पछिल्लो समय इलाममा भित्रिने पर्यटकको संख्यामा वृद्धि भएको पाइएको छ। जिल्लाका दर्जनौँ पर्यटकीय स्थल घुम्न जिल्ला बाहिरबाट आउने आन्तरिक र बाह्य पर्यटकको संख्या बढ्न थालेको छ। झापाबाट मेची राजमार्गको इलाम प्रवेशद्वारमा रहेको पर्यटन सूचना केन्द्र जोरकल रोङको तथ्यांकअनुसार पछिल्लो समय इलाम घुम्न आउने पर्यटकको संख्या वृद्धि भएको हो।

चालु आर्थिक वर्ष २०८०-८१ के ६ महिनामा ८५ हजार तीन सय २६ जना पर्यटक इलाम भित्रिएका हुन्। गत साउन १ देखि पुस मसान्तसम्म ७४ हजार सात सय ७७ आन्तरिक र १० हजार पाँच सय ४९ जना विदेशी पर्यटक इलाम भित्रिएको पर्यटन सूचना केन्द्रका सूचना अधिकारी गगन घिमिरेले जानकारी दिए।

गत साउनमा एक हजार दुई सय ८९, भदौमा नौ सय १८, असोजमा दुई हजार एक सय ४५, कात्तिकमा १८ हजार तीन सय तीन, मङ्सिरमा २६ हजार पाँच सय ४८ र पुसमा ३६ हजार एक सय २२ जना पर्यटक इलाम घुम्न आएको सूचना अधिकारी घिमिरेले जानकारी दिए।

पर्यटन सूचना केन्द्रका अनुसार जोरकलश हुँदै गत आव २०७९-८० मा एक लाख ३३ हजार चार सय ४५ जना पर्यटक भित्रिएका थिए। त्यसअघि आव २०७८-७९ मा एक लाख २९ हजार पाँच सय ८१ जना पर्यटक इलाम घुम्न आएका थिए। कोरोना सङ्क्रमण बेला आव २०७७-७८ मा २९ हजार आठ सय ११ मात्र इलाम घुम्न आएको पर्यटन सूचना केन्द्रको तथ्यांक छ।

इलामका पर्यटकीय क्षेत्र कन्याम, श्रीअन्तु, पशुपतिनगर, फिक्कल, सन्दकपुर, माईपोखरी, ढापपोखरी, पानीटार, कुइभिर, गजुरमुखी र माङमालुङ रहेका छन्। यी क्षेत्रमा बर्सेनि आन्तरिक र बाह्य पर्यटक घुम्न आउँछन्। –रासस
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock २ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस