बन्दाबन्दीमा महिला तथा बालिकामाथि हुन सक्ने हिंसाबारे भर्चुअल अन्तरक्रिया
२७ जेष्ठ २०७७
•
२ मिनेट पाठ
बन्दाबन्दीमा महिला तथा बालिकामाथि हुन सक्ने हिंसाबारे भर्चुअल अन्तरक्रिया
बन्दाबन्दीका बेला महिला तथा बालिकामाथि हुनसक्ने हिंसा र अन्य जोखिमको अवस्था र यसको सम्बोधनका लागि आवश्यक पहलहरु विषयमा आज पत्रकारसँग भर्चुअल अन्तरक्रिया भएको छ ।




मंगलबार ओरेक नेपालको आयोजना र संचारिका समूहको समन्वयमा भएको अन्तरक्रिया कार्यक्रममा बन्दाबन्दीको अवधिमा परिवारका सदस्यसंगै बस्नुपर्दा श्रीमान, सासू ससुरा र परिवारका अन्य सदस्यबाट माया पाउनु पर्नेमा उल्टै महिलामाथि हत्या, हिंसा बढेको सम्बन्धमा छलफल भएको थियो ।

हिंसा गर्ने व्यक्ति आफ्नै परिवारको सदस्य हुँदा उ विरुद्ध उजुरी दिन, आवाज उठान समस्या भएको र केही गरि उजुरी दिँदासमेत प्रहरीले बन्दाबन्दीलाई बाहाना बनाएर उजुरी दर्तासम्म नगर्ने गरेको विषयमा पनि छलफल भएको संचारिका समूहका अध्यक्ष नितु पण्डितले जानकारी दिइन् ।

भर्चुअल कार्यक्रममा आफ्नो प्रस्तुति राख्दै ओरेक नेपालका वरिष्ठ कार्यक्रम संयोजक संजिता तिम्सिनाले बन्दाबन्दी शुरु भएपछि अदालतहरु बन्द रहँदा सोझै अदालत जाने मुद्दाहरु कानूनी प्रक्रियामा जान नसकेको, सरकारले गरेका प्रयास र बन्दाबन्दीको समयमा उजुरी गर्न सकिने प्रक्रियाका बारेमा प्रर्याप्त सूचनाको अभाव हुँदा हिंसा पीडितलाई न्याय पाउन मुस्किल भएको, हिंसा गर्ने व्यक्ति विरुद्ध उजुरी गर्न घरबाहिर निस्कने अवस्था नरहेको र घरबाटै उजुरी गर्दा थप जोखिम हुने भएकाले अधिकांश हिंसाका घटना लुकेर रहेको बताइन् ।

यस्तै अन्तरक्रियाका सहभागीहरुले सरकारले कोरोना रोकथाम र नियन्त्रणका लागि घर, टोल र समुदायमा सचेतना फैलाउँदा महिला र बालिकामाथि हुने हिंसाविरुद्ध पनि सचेतना फैलाउन पर्ने, घरभित्रको काम महिलाको मात्रै जिम्मेवारी नहुने, यसमा परिवारका पुरुषको विशेष जिम्मेवारी हुने भएकाले कामको बाँडफाँड गर्नुपर्ने, हिंसाविरुद्ध सरकारले गरेका सकारात्मक कामको समुदायस्तरमा प्रचारप्रसार हुनुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा ओरेक नेपालका गार्डिका बर्जाचार्य, सबिता पोखरेल, संचारिकाकी उपाध्यक्ष कमला पन्थी, सदस्य बिमला भण्डारी लगायतले धारणा राखेका थिए ।
अर्को समाचार
जुम्लामा साना जलविद्युत उद्घाटन, तीनहजार बढी लाभान्वित
२२ वैशाख २०७८
•
१ मिनेट पाठ
जुम्लामा साना जलविद्युत उद्घाटन, तीनहजार बढी लाभान्वित
भारतीय दूतावासको सहयोगमा बनेको जुम्लाको साना जलविद्युतको भर्चुअलबाट  उद्घाटन गरिएको छ।




जुम्लाका संविधानसभा सदस्य तथा पहलकर्ता ललितजङ शाही र भारतीय दूतावासका प्रमुख सचिव करण बंशलले संयुक्त रुपमा साना जलविद्युतको उद्घाटन गरेका थिए। २०४० सालमा निर्माण भएको विद्युत जीर्ण बन्दै गएपछि भारतीय दूतावासको सहयोगमा पुर्ननिर्माण गरिएको थियो।

पुर्ननिर्माणको लागि दूतावासले २ करोड ६३ लाख ७७ हजार रुपियाँ सहयोग गरेको थियो । त्यो रकमले विद्युतको दुईवटा जेनेरेटर खरिद गरिएको थियो। अहिले विद्युत गृहमा रहेका दुबै जेनेरेटर चलिरहेका छन् । २ सय २० किलोवाटको क्षमता रहेपछि १ सय ६५ किलोवाट विद्युत बलिरहेको छ।

कार्यक्रममा संविधानसभा सदस्य शाहीले भारतीय सरकारको तर्फबाट राजदूतावासको माध्यमबाट विद्युत पुर्ननिर्माणमा गरिएको सहयोग उपलब्धिपुर्ण रहेको बताए।

भारतीय दुतावासका प्रथम सचिव करुण बंशलले कर्णालीको जुम्लामा रहेको विद्युतमा लगानी गर्न पाउनु भारत सरकारको अवसर भएको बताए।

जिल्ला समन्वय समिति जुम्लाका उपप्रमुख कार्मा बुढाले जुम्लाबासीको आग्रह बमोजिम भारत सरकारले विद्युतमा लगानी गरेर पुनर्निर्माणको काम भएकोमा खुसी जनाए।  

जिल्ला समन्वय समितिका प्रमुख लालबहादुर सार्कीले भारतले विद्युतमा गरेको लगानी निकै सान्दर्भिक भएको बताए। कर्णालीको शिक्षा,स्वास्थ्य र विद्युत क्षेत्रमा भारतको चासोप्रति खुसी व्यक्त गरे।  

विद्युत प्राधिकरण केन्द्र जुम्लाका प्रमुख गौरव पाण्डेले पुनर्निर्माणपछि विद्युत सेवा प्रवाहमा सुधार भएको बताए । जुम्ला जलविद्युतका तीन हजार बढी ग्राहक छन्। 
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १० मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ५२ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस