कोरोना कहर : स्थानीय तहको गौरवको योजना पनि प्रभावित
०६ जेष्ठ २०७७
•
१० मिनेट पाठ
कोरोना कहर : स्थानीय तहको गौरवको योजना पनि प्रभावित
खोटाङको खोटेहाङ गाउँपालिकाले गौरवको आयोजनाका रुपमा तीन वडाको विद्युतीकरणका लागि चालु आर्थिक वर्ष ७५ लाख विनियोजन गरेको थियो । खोटेहाङ गाउँपालिका–१ लिकुवापोखरी, खोटेहाङ गाउँपालिका–२ वाप्लुखा र खोटेहाङ गाउँपालिका–३ सावाकटहरेमा विद्युत विस्तारका लागि सम्बन्धित वडाबाट पनि १० लाखको हाराहारीमा बजेट व्यवस्था गरिए । सोही आयोजनाका लागि प्रदेश सरकारले विशेष अनुदानवापत एक करोड उपलव्ध गराएपछि गाउँपालिकाले टेण्डर आव्हान ग र्‍यो ।  




तर, कोरोना भाइरसको महामारी सुरु भएकाले कुनै पनि निर्माण कम्पनीको आवेदन परेन । पुनः ठेक्का आव्हानको प्रकृया लामो भएकाले दोश्रो पल्ट टेण्डर खुलाउन नसकिएको गाउँपालिका अध्यक्ष प्रदीप राईले बताए । ‘विद्युतका लागि टेण्डर खुलाइयो तर आवेदन परेन । पुनः आवेदन खुलाउनलाई लामो प्रोसेस चाल्नुपर्ने रहेछ,’ अध्यक्ष राईले भने, ‘गाउँपालिकाको बजेट सञ्चित कोषमा फर्काएर अर्को वर्ष काम गर्ने तयारी गरिएको छ । तर प्रदेशको बजेटलाई कसरी उपयोगमा ल्याउने भन्ने बारेमा छलफल गर्दैछौँ ।’  

कोरोना भाइरसको महामारीका कारण ३२ लाख ११ हजार ५ सयको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चेस्थित दिहुँ खोला खानेपानी योजना, गारेखोला खानेपानी पम्पिङ आयोजना, ४० लाखको रसुवा–पानधारे सडक संरचना निर्माण लगायतका गाउँपालिकाको गौरबको आयोजना प्रभावित भएको छ ।  

कोरोना भाइरसको महामारी नहुँदोहो त दिप्रुङ चुईचुम्मा गाउँपालिकाको गौरबको आयोजनाकारुपमा अघि बढाइएको धिप्लुङ झरना सौन्दर्यकरणको काम हाल अन्तिम चरणमा पुगिसकेको हुन्थ्यो । तर, कोरोना भाइरसको महामारीका कारण झरना सौन्दर्यकरणको काम पछाडि धकेलिएको गाउँपालिका अध्यक्ष भूपेन्द्र राईले बताए । ‘यो बेलासम्ममा सम्पन्न नभए पनि झरना सौन्दर्यकरणको काम अन्तिम चरणमा पु¥याइ सक्थ्यौँ,’ अध्यक्ष राईले भने, ‘महामारीले गाउँपालिकाको गौरवको योजनालाई अशर गर्‍यो । यो आर्थिक वर्ष सकिने लक्ष्य अधुरो रहने निश्चित भएको छ ।’ यही आर्थिक वर्ष पुरा गर्नेगरी थालिएको दिप्रुङ चुईचुम्मा गाउँपालिका–१ याम्खा र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्ले जोड्ने साप्सु खोला पुलको दुईतर्फको पिलर ठड्याउने काम मात्र पुरा हुने देखिएको छ ।  

दिप्रुङ चुईचुम्मा गाउँपालिका–४ बतासेको भँडारेघाटमा नदीको पानी तान्नका लागि सुरु गरिएको पम्पिङ आयोजनाको कामलाई समेत अशर पुगेको छ । ‘यो आवमा सक्ने लक्ष्यका साथ सुरु गरिएको गौरबका आयोजनाको काम अर्को आर्थिक वर्षमा धकेलिने अवस्था आएको छ,’ अध्यक्ष राईले भने, ‘अन्य साना योजनाको हिसाव किताव छैन । ठूलादेखि सबै खुद्रे योजनाको कामलाई अशर गरेको छ ।’  

कोरोना भाइरसको महामारी फैलिन थालेपछि खोटाङका १० वटै स्थानीय तहको गौरवको योजनाको काम प्रभावित भएको छ ।

यो आर्थिक वर्षमा सक्ने लक्ष्यका साथ सुरु गरिएको ठूला तथा साना विकास निर्माणका योजनाको काम अर्को वर्ष धकेलिदैछ । असार मसान्त नजिकिँदै गर्दा जारी लकडाउनकाबीचमा विकास निर्माणका योजनाको काम सुचारु गराउने प्रयास भइरहेको भए पनि स्थानीय तह निर्धारित लक्ष्य पुरा गर्न सक्ने अवस्थामा नभएको स्वयं जनप्रतिनिधिहरु बताउँछन् ।  

कोरोनाका कारण साकेला गाउँपालिकाको साप्सु–पानधारे सडक, नैनेपाटी–मानेभञ्ज्याङ–काल्चिङ खोला सडक, कात्तिके सोस्तुङ–रतन्छा–बाँझेच्यानडाँडा–चखेवाभञ्ज्याङ सडक, वडा–वडामा विद्युत विस्तार लगायतका योजना प्रभावित भएको छ । यस्तै, पञ्चनहर सिँचाई योजना, गाउँफर्क कुलो सिँचाई योजना, भालुखोप सिँचाई योजना लगायतका योजना प्रत्यक्ष प्रभावित भएको साकेला गाउँपालिकाका अध्यक्ष अर्जुन खड्काले बताए ।  

यस्तै, केपीलासगढी गाउँपालिकाको सप्तेश्वर–कादेल–तापखोला मोटरेबल पुल, बाक्सिला– सिप्तिली बोबे–सुंदेल–साल्पा सडक, बाक्सिला–बासपानी–फेली सडक, बाक्सिला रंगाशाला निर्माण, बाक्सिला–दिप्सुङ मोटरेबल पुल, गाउँपालिकाको भवन निर्माण लगायतका योजनाको काम प्रभावित भएको गाउँपालिका अध्यक्ष कृष्णकुमार राईले बताए । यस्तै, रावाबेँसी गाउँपालिकाको बिजुले–लेखर्क–दुबेकोल–ऐसेलुखर्क सडक, हरम्टार खानेपानी योजना, गाउँपालिका गेट तथा फूलबारी निर्माण, महिला जनप्रतिनिधिका लागि भाषणकला एबं कम्प्यूटर तालिम लगायतका योजनाको काम प्रभावित भएको सो गाउँपालिकाका अध्यक्ष लिलानाथ निरौलाले बताए ।  
अर्को समाचार
स्थानीय तहको गौरवको योजना पनि प्रभावित
०६ जेष्ठ २०७७
•
१० मिनेट पाठ
स्थानीय तहको गौरवको योजना पनि प्रभावित
केपीलासगढी गाउँपालिकाको निर्माणाधीन भवन । तस्बिर ः दमन राई÷नागरिक
खोटाङको खोटेहाङ गाउँपालिकाले गौरवको आयोजनाका रुपमा तीन वडाको विद्युतीकरणका लागि चालु आर्थिक वर्ष ७५ लाख विनियोजन गरेको थियो । खोटेहाङ गाउँपालिका–१ लिकुवापोखरी, खोटेहाङ गाउँपालिका–२ वाप्लुखा र खोटेहाङ गाउँपालिका–३ सावाकटहरेमा विद्युत विस्तारका लागि सम्बन्धित वडाबाट पनि १० लाखको हाराहारीमा बजेट व्यवस्था गरिए ।




सोही आयोजनाका लागि प्रदेश सरकारले विशेष अनुदान बापत एक करोड उपलब्ध गराएपछि गाउँपालिकाले टेण्डर आह्वान ग¥यो । तर, कोरोना भाइरसको महामारी सुरु भएकाले कुनै पनि निर्माण कम्पनीको आवेदन परेन । पुःन ठेक्का आह्वानको प्रकृया लामो भएकाले दोश्रो पल्ट टेण्डर खुलाउन नसकिएको गाउँपालिका अध्यक्ष प्रदीप राईले बताए ।

‘विद्युतका लागि टेण्डर खुलाइयो तर आवेदन परेन । पुःन आवेदन खुलाउनलाई लामो प्रोसेस चाल्नुपर्ने रहेछ,’ अध्यक्ष राईले भने, ‘गाउँपालिकाको बजेट सञ्चित कोषमा फर्काएर अर्को वर्ष काम गर्ने तयारी गरिएको छ । तर प्रदेशको बजेटलाई कसरी उपयोगमा ल्याउने भन्ने बारेमा छलफल गर्दैछौँ ।’  

कोरोना भाइरसको महामारीका कारण ३२ लाख ११ हजार ५ सयको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चेस्थित दिहुँ खोला खानेपानी योजना, गारेखोला खानेपानी पम्पिङ आयोजना, ४० लाखको रसुवा–पानधारे सडक संरचना निर्माण लगायतका गाउँपालिकाको गौरवको आयोजना प्रभावित भएको छ ।  

कोरोना भाइरसको महामारी नहुँदो हो त दिप्रुङ चुईचुम्मा गाउँपालिकाको गौरवको आयोजनाका रुपमा अघि बढाइएको धिप्लुङ झरना सौन्दर्यकरणको काम हाल अन्तिम चरणमा पुगिसकेको हुन्थ्यो । तर, कोरोना भाइरसको महामारीका कारण झरना सौन्दर्यकरणको काम पछाडि धकेलिएको गाउँपालिका अध्यक्ष भूपेन्द्र राईले बताए ।

‘यो बेलासम्ममा सम्पन्न नभए पनि झरना सौन्दर्यकरणको काम अन्तिम चरणमा पु¥याइसक्थ्यौं,’ अध्यक्ष राईले भने, ‘महामारीले गाउँपालिकाको गौरवको योजनालाई असर ग¥यो । यो आर्थिक वर्ष सकिने लक्ष्य अधुरो रहने निश्चित भएको छ ।’ यही आर्थिक वर्ष पुरा गर्नेगरी थालिएको दिप्रुङ चुईचुम्मा गाउँपालिका–१ याम्खा र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्ले जोड्ने साप्सु खोला पुलको दुईतर्फको पिलर ठड्याउने काम मात्र पुरा हुने देखिएको छ । 

दिप्रुङ चुईचुम्मा गाउँपालिका–४ बतासेको भँडारेघाटमा नदीको पानी तान्नका लागि सुरु गरिएको पम्पिङ आयोजनाको कामलाई समेत असर पुगेको छ । ‘यो आवमा सक्ने लक्ष्यका साथ सुरु गरिएको गौरवका आयोजनाको काम अर्को आर्थिक वर्षमा धकेलिने अवस्था आएको छ,’ अध्यक्ष राईले भने, ‘अन्य साना योजनाको हिसाबकिताब छैन । ठूलादेखि सबै खुद्रे योजनाको कामलाई असर गरेको छ ।’  

कोरोना भाइरसको महामारी फैलिन थालेपछि खोटाङका १० वटै स्थानीय तहको गौरवको योजनाको काम प्रभावित भएको छ । यो आर्थिक वर्षमा सक्ने लक्ष्यका साथ सुरु गरिएको ठूला तथा साना विकास निर्माणका योजनाको काम अर्को वर्ष धकेलिदैछ । असार मसान्त नजिकिँदै गर्दा जारी लकडाउनका बीचमा विकास निर्माणका योजनाको काम सुचारु गराउने प्रयास भइरहेको भए पनि स्थानीय तह निर्धारित लक्ष्य पुरा गर्न सक्ने अवस्थामा नभएको स्वयं जनप्रतिनिधिहरु बताउँछन् ।  

कोरोनाका कारण साकेला गाउँपालिकाको साप्सु–पानधारे सडक, नैनेपाटी–मानेभञ्ज्याङ–काल्चिङ खोला सडक, कात्तिके सोस्तुङ–रतन्छा–बाँझेच्यानडाँडा–चखेवाभञ्ज्याङ सडक, वडा–वडामा विद्युत विस्तार लगायतका योजना प्रभावित भएको छ । यस्तै, पञ्चनहर सिंचाई योजना, गाउँफर्क कुलो सिंचाई योजना, भालुखोप सिंचाई योजना लगायतका योजना प्रत्यक्ष प्रभावित भएको साकेला गाउँपालिकाका अध्यक्ष अर्जुन खड्काले बताए । 

यस्तै, केपीलासगढी गाउँपालिकाको सप्तेश्वर–कादेल–तापखोला मोटरेबल पुल, बाक्सिला– सिप्तिली बोबे–सुंदेल–साल्पा सडक, बाक्सिला–बासपानी–फेली सडक, बाक्सिला रंगाशाला निर्माण, बाक्सिला–दिप्सुङ मोटरेबल पुल, गाउँपालिकाको भवन निर्माण लगायतका योजनाको काम प्रभावित भएको गाउँपालिका अध्यक्ष कृष्णकुमार राईले बताए । 

यस्तै, रावाबेंसी गाउँपालिकाको बिजुले–लेखर्क–दुवेकोल–ऐसेलुखर्क सडक, हरम्टार खानेपानी योजना, गाउँपालिका गेट तथा फूलबारी निर्माण, महिला जनप्रतिनिधिका लागि भाषणकला एवं कम्प्यूटर तालिम लगायतका योजनाको काम प्रभावित भएको सो गाउँपालिकाका अध्यक्ष लिलानाथ निरौलाले बताए ।  
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १७ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock २३ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस