‘मृतकलाई एउटै खाल्डोमा पुरपार गरिन्थ्यो’
०३ जेष्ठ २०७७
•
१० मिनेट पाठ
‘मृतकलाई एउटै खाल्डोमा पुरपार गरिन्थ्यो’
महामारीबाट बच्न लगाइएको खोपको डोब देखाउँदै बिन्दामायाँ गुरुङ । तस्बिर : नागरिक
खोटाङ– एकै दिन एउटै गाउँका पाँच जनासम्मको मृत्यु हुन्थ्यो । संस्कार अनुसार शव सदगद गर्ने अवस्था थिएन । त्यही भएर मृतकलाई एउटै खाल्डोमा पुरपार गरिन्थ्यो । मलामी जानेलाई नै रोग सर्ने त्रास हुन्थ्यो, कतिलाई त सरे पनि । यो भयवह महामारीको कुरो बिक्रम सम्बत १९९२/०९३ सालतिरको हो । 




त्यो बेला खोटाङको रावाबेँसी गाउँपालिका–६ हौंचुर गोपेनीका प्रायः अधिकांश घरका स्थानीय थाङने ज्वरोले थलिएका थिए । हलहली ज्वरो आउने, रुघा लाग्ने, हातखुट्टा कटकट खाने, खोकी लाग्ने लगायतका लक्षण देखिने रोगले कतिपय परिवारका सबै जना चल्न चट्पटाउन सक्ने अवस्था थिएनन् ।  

रोग सर्ने त्रासमा बिरामी भएका घरमा वरपरका छिमेकी जादैनथे । त्यही भएर ओछ्यानमा प्याक–प्याक परेका बिरामीलाई पानी दिने मान्छेधरी हुदैनथ्यो । बिक्रम संवत १९९० सालको भूकम्प गएको दुई वर्षपछि गाउँ–गाउँमा थाङ्ने ज्वरोको महामारी फैलिएको हौंचुर गोपेनीका ९८ वर्षीय बृद्धा झिमामायाँ गुरुङ बताउँछिन् । महामारीकाबेला उनी १४ वर्षकी थिईन् । ‘उहिले थाङ्ने ज्वरोले एउटै घरमा पाँच÷सात जना सिकिस्त बिरामी पर्दा पानी दिने मान्छे हुँदैनथ्यो, रोग सर्छ भनेर त्यो घरमा कोही जाँदैनथे,’ गुरुङले भनिन्, ‘एकै दिनमा पाँच जनासम्मको लास बोकेर जंगल लानुपर्ने भयनाक अवस्था भोगेका थियौँ ।’  

उसबेला हिजोआज जस्तो स्वास्थ्य संस्था थिएन । न त औषधि नै थियो । थाङ्ने ज्वरो लागेपछि बिरामीलाई बाँच्न र बचाउन गा¥हो थियो । रोग पचाउन नसक्ने बिरामी सामु काल पर्खनुको विकल्प थिएन । बिमार लागेको तीन दिनदेखि हप्ता दिनभित्र बिरामीको मृत्यु हुने गरेको सो महामारी पार गरेका बृद्धवृद्धा बताउँछन् । हाल विश्वभर देखा परेको कोरोना भाइरस (कोभिड–१९)ले आङ नै सिरिङ बनाउने विगतका महामारीहरु सम्झाइरहेको रावाबेँसी गाउँपालिका–२ खार्पाका वृद्ध कुलबहादुर सार्की बताउँछन् । हालको कोरोनाको लक्षण थाङ्ने ज्वरोसँग झण्डै मिल्दोजुल्दो रहेको बुढापाकाको भनाई छ । थाङ्ने ज्वरोको महामारी कोरोनाभन्दा भयनाक देखिएको उनीहरुको अनुभव छ ।  

थाङ्ने ज्वरोले थलिएका बिरामीको उपचारका लागि धामी वा बैध मात्र उनीहरुको घरमा जान्थे । धामी र बैध कालो भेडाको पिसाव पिएर र शरीरमा दलेर बिरामीको नजिक जाने गरेको बुढाकापाले सुनाउने गरेको हौंचुरका स्थानीय मोहन गुरुङले बताए । उनीहरुले बिरामीलाई पनि भेडाको पिसावको मात्रा मिलाएर नियमित पिउन लगाउने र शरीरमा दल्न लगाउने गर्थे । उसबेलाको उपचार नै त्यही थियो । त्यती उपचार गर्दा बाँच्ने बाँच्थे, मर्ने मर्थे । संक्रमणबाट बच्नका लागि मलामीले पनि भेडाको पिसावलाई सेनीटाइजरकारुपमा उपयोग गर्ने गरेका थिए । हौंचुरकै नेपालगाउँमा भने थाङ्ने रोगबाट बच्न गाईको गहुँतलाई उपचारकाक्रममा उपयोग गरिएको स्थानीय वृद्धवृद्धा बताउँछन् । ‘त्योबेला महामारी त सबै ठाउँमा फैलिएको रहेछ,’ मोहन गुरुङले भने, ‘तर उपचार ठाउँ अनुशार फरक–फरक तरिकाले गरिएको रहेछ ।’  

वि.सं. १९९० सालको विनासकारी भूकम्पपछि देखिएको थाङ्ने ज्वरोको महामारी केही वर्ष मात्र रहेन । लामो समयसम्मै पिरोलेको स्थानीय बताउँछन् । अलि पछि भने थाङ्ने ज्वरोका बिरामीलाई वैधले नाडीमा स्वस्थ बाख्राको काँचो दुध दलेर पहेँलो सियोले च्वास–च्वास घोचेर रगत आएको ठाउँमा बाख्राकै दुध दलेर उपचार गरेका थिए । गाउँ–गाउँमा नाडी खोपेर औषधोउपचार गर्ने अभियान नै चलाइएको थियो । त्यसरी नाडीमा खोपेर उपचार गरिएका बृद्धबृद्धा अहिले पनि भेटिन्छन् । उनीहरुको नाडीमा सियोले घोपेको चिल्लो दाग अहिले पनि देख्न सकिन्छ । हौंचुर गोपेनीकी बिन्दामायाँ गुरुङ ७ वर्षको उमेरमा वि.सं. २०१७÷०१८ सालतिर नाडीमा खोपेको डोव अहिले पनि देखाउँछिन् ।  

स्वास्थ्य संस्था तथा औषधिको विकास र विस्तार हुनु अगाडि स्थानीयले कुष्ठरोग (कोर), झाडापखाला, हैजा, बिफर, दादुरा जस्ता थरिथरिका महामारीको सामना गरे । बेला–बेलामा देखा पर्ने महामारी पार गर्दैआएको मानव जगतले कोरोनाको महामारीलाई पनि सावधानीपुर्वक सामना गर्नुपर्ने उनीहरुको सुझाव छ । विगतका महामारीलाई झैँ विशेष सावधानी अपनाएर कोरोनालाई जित्न सक्नुपर्ने वृद्धवृद्धा बताउँछन् । 
अर्को समाचार
उपत्यकामा फेरि कोरोना, १२ जनामा पुष्टि
१४ चैत्र २०८०
•
२ मिनेट पाठ
उपत्यकामा फेरि कोरोना, १२ जनामा पुष्टि
काठमाडौं उपत्यकामा मौसमी फ्लु भनी अनुमान गरिएका केही बिरामीमा कोभिड १९ पुष्टि भएको छ। उपचारका लागि त्रिवि शिक्षण अस्पताल र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पुगेका बिरामीको जाँच गर्दा १२ जनामा कोभिड पुष्टि भएको हो।




शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका अनुसार मंगलबारसम्म आठजनामा कोभिड १९ पुष्टि भएको छ। पुष्टि भएका सबैलाई अस्पतालको आइसियु तथा हाइडिपेन्डेन्सी युनिटमा राखेर उपचार गरिएको छ। जसमध्ये दुईजना डिस्चार्ज भएका छन्। संक्रमित ६ जनाको उपचार भइरहेको शुक्रराज ट्रपिकल अस्पतालका निर्देशक डा. युवानिधि बसौलाले बताए। उनका अनुसार सोही अस्पतालमै परीक्षण गर्दा उनीहरूमा कोेभिड पुष्टि भएको हो।  

त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्षमा उपचारका लागि पुगेका बिरामीमध्ये चार जनामा कोभिड पुष्टि भएको अस्पतालले जनाएको छ। आकस्मिक कक्षका प्रमुख डा. रमेश महर्जनका अनुसार सोमबार परीक्षण गरिएका नौवटा नमुनामध्ये चारवटामा कोभिड संक्रमण पाइएको हो। उनीहरू निमानियाको सिकायत लिएर अस्पताल पुगेका थिए। कोभिड पुष्टि भएका सबैलाई भर्ना गरिएको जानकारी  

डा. महर्जनले दिए। एक सातायता निमानियाको लक्षणसहित अस्पताल पुग्ने बिरामी बढेका छन्। कोभिड पुष्टि भएकालाई निमोनिया, श्वासप्रश्वास समस्या देखिएपछि आइसियुमै राखेर उपचार गर्नु परेको हो। निमोनिया, श्वासप्रश्वासको सिकायत लिएर अस्पताल पुग्नेमा ५०÷६० वर्षमाथिका र पहिला एकपटक कडा खालको कोभिड लागेका, मधुमेह र दम भएका बिरामी छन्।  

भर्ना भएका कोभिडका बिरामीलाई कडा समस्या देखिएपछि आइसियुमा राखिएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल आइसियु इन्चार्ज उषा देवकोटाले बताइन्। ‘कोभिड महामारी अन्त्य भएपछि यसबाट संक्रमित छिटपुट रूपमा देखिने गरेकोमा एक सातायता धेरैजना भर्ना हुुनु प¥यो,’ उनले भनिन्।

देवकोटाको अनुसार नेपाल–भारत सीमावर्ती क्षेत्रमा कोभिड १९ का बिरामी भेटिन थालेपछि अस्पतालहरूले थन्काएर राखेका उपकरणलई तयारी अवस्थामा राख्न लागेका छन्। ‘हामी बेड र उपकरण तयार गरी राख्दैछौं,’ उनले भनिन्।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले मार्च १० भित्रको नमूना परिक्षण गर्दा बिभिन्न खालका मौसमी फ्लुहरू धेरै संख्यामा पुष्टि भएको छ। जनवरीदेखि मार्च १० भित्र परीक्षण गरेका २४ सय २६ वटा नमूनामध्ये चार सय १६ वटामा एचवान एन१, ३३ वटामा ए१ एच थ्री, ६२ वटामा कोभिड १९ र चारवटामा स्वाइन फ्लु पुष्टि भएको छ। पछिल्लो दुई साताको कोभिड परीक्षण तथ्यांक राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालासँग छैन। पछिल्लो दुई सातायता कोभिड १९ को जिन सिक्वेन्सिङ पनि नगरेको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. राजराज भट्टले बताए। ‘एकै पटक धेरैजनामा पुष्टि भएपछि मात्र जिन सिक्वेन्सिङ गर्छाैं,’ उनले भने। इपिडिमियोेलोेजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकमा अहिले कोभिड १९ का सक्रिय संक्रमित ६ जना छन्।
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १ घण्टा अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस