प्रदेश ५ मा ६ महिनालाइ पुग्ने खाद्यान्न मौज्दात
०१ जेष्ठ २०७७
•
१० मिनेट पाठ
प्रदेश ५  मा ६ महिनालाइ पुग्ने खाद्यान्न मौज्दात
प्रदेश ५ मा ६ महिनासम्मका लागि खाद्यान्नको प्रयाप्त मौज्दात रहेको प्रदेश सरकारले जनाएको छ । लकडाउन लम्बिँदै र संक्रमितको सख्या थपिदै जाँदा खाद्यान्न अभाव हुन सक्नेप्रति सरोकारावालाले चिन्ता व्यक्त गरेका छन् । तर प्रदेश सरकारले भने ६ महिनाका लागि खाद्यान्नको अभाव नहुने जनाएको छ ।  प्रदेशमा खाद्यान्नको अवस्था र आपूर्ति व्यवस्थापनका सम्बन्धमा उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री लीला गिरीको संयोजकत्वमाा उच्चस्तरीय संयन्त्र गठन भएको थियो । 




उच्चस्तरीय संयन्त्र र सो मातहतको समिति तथा प्राविधिक समितिले गरेको अध्ययनअनुसार प्रदेशमा कम्तीमा ६ महिनाका लागि खाद्यवस्तुको अभाव नहुने बताइएको छ । समितिले निजी तथा व्यावसायिक संघसंगठन तथा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलगायतका सरोकारवाला निकायसँगको छलफल र तथ्यांकको आधारमा  ६ महिनालाइ पुग्ने खाद्यान्न मौज्जात रहेको निष्कर्ष निकालेको हो ।

उद्योग पर्यटन, वन  तथा वातावरणमन्त्री गिरीले ६ महिना सम्मका लागि प्रदेशमा खाद्यान्न अभाव नहुने बताए । ‘हामीले गरेको प्रारम्भिक सर्वेक्षणले प्रदेशमा कम्तीमा ६ महिना पुग्ने खाद्यान्न मौज्दात छ र प्रदेशका बाह्रवटै जिल्लामा खाद्यान्नको सहज आपूर्तिको व्यवस्था पनि गरिरहेका छांै,’ मन्त्री गिरीले भने ।  

उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव राधा वाग्लेका अनुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको बुटवल, दाङको तुलसीपुर, बाँकेको नेपालगञ्ज र बर्दियाको राजापुर डिपोमा गरी ५३ हजार क्विन्टल धान मौज्दात छ । कम्पनीको नेपालगञ्ज डिपोमा ३० हजार क्विन्टल चामल पनि मौज्दात रहेको सचिव वाग्लेले जानकारी दिइन् । प्रदेशका व्यावसायिक संघसंगठनका अनुसार अहिले व्यापारीका गोदाम र चामल उद्योगमा धान चामलको स्टक रहेकाले तत्काल खाद्यान्न अभाव हुनेछैन । तर ढुवानी समस्याका कारण पहाडी जिल्लामा निर्यातका लागि समस्या भइरहेको व्यवसायीले बताएका छन् ।  

उत्पादनका हिसाबले प्रदेश ५ खाद्यान्नमा आत्मनिर्भर छ । यहाँ उत्पादित अन्नमध्ये करिब ४० प्रतिशत अन्य प्रदेशमा निर्यात हुने गरेको प्रदेशको कृषि मन्त्रालयका सचिव तेजबहादुर सुवेदीले बताए । सचिव सुवेदीका अनुसार  प्रदेशमा पौने २० लाख मेट्रिक टन खाद्यान्न उत्पादन हुन्छ । कुल माग चाहिँ १२ लाख मेट्रिक टन छ । प्रदेशका रोल्पा रुकुमलगायतका पहाडी जिल्ला आफैंमा आत्मनिर्भर नभए पनि तराइका ६ जिल्ला रुपन्देही, नवलपरासी, कपिलवस्तु, बाँके बर्दिया र दाङ भने खाद्यान्न तेलहन र दलहन बाली उत्पादनका लागि उर्बर जिल्ला हुन् ।

तत्कालाका लािग खाद्यान्न अभाव नभए पनि प्रतिकूल समयले कृषि कर्मलाई असर गर्दा त्यसको प्रभाव आगामी उत्पादनमा पर्नेप्रति सचिव सुवेदीले चिन्ता व्यक्त गरे । समयमै मकै र धानबाली लगाउन सकेनाैं, मल बिउ अभाव भयो र त्यसको व्यवस्थापन गर्न सकेनाैं भने त्यसको असर आगमी बर्ष पर्नेछ’ सचिव सवेदीले भने । त्यसोत प्रदेशमा रुपन्देहीको भैरहवा, नेपालगञ्ज र कपिलवस्तुका मुख्य नाकाबाट अहिले भारतबाट खाद्यान्न आयात भइरहेको छ । भैरहवा देशमै सबैभन्दा धेरै चामल आयात हुने नाका पनि हो ।  
अर्को समाचार
खाद्यान्नको भाउ अचाक्ली बढ्यो
१८ माघ २०७९
•
३ मिनेट पाठ
खाद्यान्नको भाउ अचाक्ली बढ्यो
फाइल तस्बिर।
खाद्यान्नको मूल्य किलोमा १० देखि ३० रूपैयाँसम्म बढ्दा उपभोक्ता मारमा परेका छन्। गत महिना ८५ रूपैयाँ किलोमा बिक्री भएको जिरा मसिनो चामलको मूल्य बढेर ९५ पुगेको छ। चामलको मूल्य महिना दिनकै अवधिमा किलोमा १० रूपैयाँ बढेको हो। भर्खर मंसिरमा धान भित्र्याएकाले चामलको मूल्य सस्तिनुपर्नेमा उल्टै भाउ बढेको छ। सबै प्रकारका चामलको मूल्य बढेको छ। मैदाको भाउ किलोमा करिब ३० रूपैयाँसम्म बढेको छ। साउनमा ७० रूपैयाँ किलोमा पाइने मैदाको मूल्य अहिले बढेर सय रूपैयाँ पुगेको छ। आँटाको मूल्य ५५ रूपैयाँबाट बढेर किलोको ९० पुगेको छ।




चामल, आँटा, मैदामा अत्यधिक मूल्य बढेको नेपाल खुद्रा व्यापार संघले जनाएको छ। संघका महासचिव अमुलकाजी तुलाधरका अनुसार आयातकर्ता र उत्पादकले मूल्य बढाएकाले भाउ बढेको हो। ‘चामल, आँटा र मैदाको खरिद मूल्य बढेकाले भाउ बढेको हो,’ संघका महासचिव तुलाधरले भने, ‘अस्वाभाविक रूपमा मूल्य बढेको छ।’ मूल्य खुद्रा व्यवसायीको नियन्त्रणमा नभएको उनले बताए। ‘भाउ बढेर आएपछि खुद्रा व्यवसायीले बढाएका हुन्,’ उनले भने। भारतले चामल निर्यातमा २० प्रतिशत कर र गहुँको निर्यातमा प्रतिबन्ध लगाएकाले भाउ बढेको व्यापारी बताउँछन्।

एक वर्षको अवधिमा दाल, तेल, घिउलगायत अन्य खाद्यवस्तुको मूल्य पनि बढेको छ। पोहोरको तुलनामा दाल, तेललगायत वस्तुको पनि मूल्य बढेको छ। अघिल्लो वर्ष पुसमा प्रतिकिलो १ सय ७० रूपैयाँमा बिक्री भएको रहर दालको मूल्य २ सय १० पुगेको छ  । हजार रूपैयाँमा पाइने घिउको मूल्य बढेर किलोको १२ सय रूपैयाँ पुगेको छ। २ सय ७० रूपैयाँ लिटरको खाने तेलको मूल्य यो वर्ष ३ सय ६० पुगेको छ।  

विभिन्न बहाना बनाएर खाद्यान्नमा कृत्रिम अभाव र कालोबजारी गरेको उपभोक्ता अधिकारकर्मीको आरोप छ। बजारमा अस्वाभाविक मूल्य बढेको उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सिनाले बताए। ‘चामलको मूल्य बोरामै ३÷४ सय रूपैयाँ बढाएका छन्,’ उनले भने, ‘चामलको मूल्य घट्नुपर्नेमा झन् बढेको छ।’ मंसिरमा किसानले धान भिœयाएकाले सस्तिनुपर्ने उनको तर्क छ। ‘सिजनमै मूल्य बढ्नु भनेको अस्वाभाविक हो,’ उनले भने। सरकारले उपभोक्ता संरक्षण ऐनबमोजिम मूल्य निर्धारण गर्ने र बजारको तह निर्धारण गर्ने काम नगरेकाले व्यवसायीले मनपरी गरेको तिमल्सिनाको आरोप छ।  

‘सरकारी निकायको बेवास्ताले उपभोक्ता मारमा परेका छन्,’ उनले भने, ‘अस्वाभाविक मूल्य बढाउनेलाई कानुनी दायरामा ल्याउनुपर्छ।’ दैनिक उपभोग्य वस्तुको मूल्य बढ्दा पनि सरकारी निकाय उदासिन बनेको उनको आरोप छ।

भारतले गहुँ निर्यातमा प्रतिबन्ध लगाएपछि त्यसको असर नेपाली बजारमा देखिएको छ। यहाँ उत्पादन भएको धानले नपुगेर विदेशबाट चामल आयात हुने गरेको छ। नेपालमा धेरै मोटा धान फल्ने भएकाले मिठो, मसिनो चामल भारतलगायत मुलुकबाट आयात हुन्छ।  

नेपालमा प्रयोग हुने अधिकांश खाद्यान्नमा अझै विदेशको भर पर्नुपर्ने र डलरको मूल्य बढेकाले पनि त्यसको असर बजारमा परेको व्यवसायीको दाबी छ। रुस–युक्रेनबीचको युद्धको असरले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको असरका कारण पनि मूल्य बढेको व्यवसायी बताउँछन्। समग्रमा मूल्यवृद्धि भएको गुनासो आएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ। विभागका अनुसार आयातमा निर्भर भएकाले विदेशमा मूल्य बढ्दा त्यसको असर यहाँको बजारमा परेको हो।

डलरको भाउ बढ्नु, पेट्रोलियम पदार्थको मूल्यवृद्धि, ज्यालावृद्धि, रुस–युक्रेन युद्धको असरलगायत कारणले बजारमा मूल्यवृद्धि भएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका प्रवक्ता होमनाथ भट्टराईले बताए। ‘नेपालले खरिद गर्ने देशमै मूल्य बढेकाले यहाँ पनि आयातित वस्तुको मूल्य बढेको छ,’ उनले भने, ‘अस्वाभाविक मूल्य लिएको पाइए कारबाही गर्छौं।’

नेपालमा मात्र नभएर विदेशमा पनि खाद्यान्नको मूल्य बढेको छ। मूल्यवृद्धि विश्वव्यापी एक दशकयताकै उच्च भएको खाद्य तथा कृषि संगठन (एफएओ)ले जनाएको छ। एफएओका अनुसार खाद्यान्नको मूल्य सूचकांक एक वर्षको अवधिमा १८ अंकले बढेको छ। नेपाल राष्ट्र बैंकको तथ्यांकले पोहोरको तुलनामा धेरै मूल्य बढेको नदेखाए पनि बजारमा भने वस्तुको मूल्य बढेको छ। राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ७.३८ प्रतिशतले बढेको छ। पोहोर सोही अवधिमा यस्तो मुद्रास्फीति ७.११ प्रतिशत थियो। वार्षिक विन्दुगत थोक मुद्रास्फीति ९.१५ प्रतिशत रहेको छ। पोहोर यस्तो मुद्रास्फिती ७.२२ प्रतिशत थियो।
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock १३ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock १० घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस