पश्चिम सेतीमा टुकी बाल्दै, सरकार खोज्दै
०१ जेष्ठ २०७७
•
१० मिनेट पाठ
पश्चिम सेतीमा टुकी बाल्दै, सरकार खोज्दै
डोटी- पुलको दुईपट्टी नाराहरु उल्लेखित तोरणहरु टाँगिएका छन् । बीचमा लहरै दिउँसै सात सय ५० टुकीहरु धिपधिपाउदै छन् । पुलको रेलिङ्गमा ठूला अक्षरले तीन चारवटा व्यानर टाँसिएका छन् । जसमा लेखिएका नाराहरुले त्यहाँ उपस्थित हककोहीको मन छुन्छ ।  




व्यानरको माथिल्लो भागमा ‘हिजो आशा मर्‍यो, आज जवानी मर्दैछ, भोली सपना मर्नेछ’ लेखिएको छ । त्यसपछि प्रश्न गरिएको छ–‘आश्वासनका २८ वर्ष पश्चिम सेती कहिले बन्छ ?’

मध्यभागमा रातो बक्सभित्र ‘सेती हरायो,सरकार हरायो’ भनि उल्लेखित सो व्यानमार ठुलो अक्षरमा ‘७५० टुकी बालौं, सरकार खोजौं’ भनि व्यङ्गात्मक शब्द उल्लेख छ ।  

उपर्यूक्त दृश्य विहिबार दिउँसो दिपायलस्थित सेती नदीको पुलमा भएको प्रदर्शनको हो ।  बहुप्रतिष्ठित पश्चिम सेती परियोजना निर्माणमा लागि दबाब दिदै आएको अभियान ‘बोलन्या थली’ले सो प्रदर्शन गरेको हो ।  

‘हाम्रा लागि पश्चिम सेती त राती देखेको सपनाजस्तै भयो । जो हर बिहानीमा हराईरहेको छ,’ बोलन्या थलीका संयोजक यादव जोशीले भने,‘र, पश्चिम सेतीसंगै सरकार पनि हरायो ! त्यहीँ भएर सेती नदीमै पुगेर टुकी बाल्दै खोज्यौ !’ पश्चिम सेतीका लागि हालसम्मका सरकार र वर्तमान नेपालका नेताहरु कोही पनि जिम्मेवार नदेखिएको उनले गुनासो गरे । ‘हामीले विभिन्न चरणका दबाबमूलक कार्यक्रम र नेताकेन्द्रीत छलफल ग¥यौ । सबैले आफु भूमिका निभाउने बताए । तर कोहीकसैले केही गरेनन्,’ उनले थपे ।  

आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेटको पूर्वतयारी भईरहदा पश्चिम सेती बजेट सम्बोधन हुने अवस्था नदेखिएको संयोजक जोशीले बताए । उनले भने,‘यसपटकको बजेटमा टालटुल गरेर छेउ लगाउने काम भईरहेको जानकारी पाएका छौ । तसर्थ सरकारलाई दबाब दिन यो कार्यक्रम गरेका हौ ।’

सोही क्रममा नेपाली कांग्रेस डोटीका नेता जीतबहादुर खड्काले पश्चिम सेतीको निर्माणले सुदूरपश्चिमको आर्थिक विकासमा कायापलट गर्ने भएकाले सरकारले यसमा ध्यान दिनुपर्ने बताए ।  

बोलन्या थलीले यसअघि गत माघ २३ गते पश्चिम सेती निर्माणका लागि सेतीको पानी कचौरामा राखेर माईतीघर मण्डलामा प्रदर्शन गरेको थियो । त्यसपछि माघ २९ गते काठमाण्डौंमै ‘सडक, संगीत र संघर्ष’ शिर्षकमा सांगीतिक दबाब कार्यक्रम गरेको थियो । त्यसबीचमा सुदूरपश्चिमबाट संघीय संसदमा प्रतिनिधित्व गर्ने सांसद, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा लगायतका नेताहरुसंग भेटघाट र साक्षात्कार गरेको थियो ।  

सात सय ५० मेगावाट क्षमताको पश्चिम सेती आयोजना चारदशकदेखी चर्चामा छ । बि.स. २०३७ सालमा फ्रान्सेली कम्पनी सोग्रेहले आयोजनाको अध्ययनको शुरु गरेको थियो । त्यतिबेला उसले बिना जलाशय ३७ मेगावाटसम्म विद्युत उत्पादन गर्न सकिने प्रतिबेदन तयार पारेको थियो ।  

केहीपछि अष्ट्रेलियन कम्पनी स्नोई माउन्टेन इन्जिनियरिङ (स्मेक)ले ०४३/०४४ मा ३ सय ६० मेगावाट बिजुली उत्पादन गर्न सकिने निष्कर्श निकाल्यो । स्मेकले २०५४ सालमा विस्तृत अध्ययन गरेर ७ सय ५० मेगावाट निकाल्न सकिने भन्दै तत्कालिन श्री ५ को सरकारसंग आयोजना निर्माणका लागि सम्झौता गर्‍यो । लामो समयसम्म  परियोजना निर्माण गर्न नसकेपछि २०६८ सालमा नेपाल सरकारले स्मेकसंगको सम्झौता खारेज गर्‍यो ।

त्यसपछि चीनको थ्री गर्जेजसंग सम्झौता भयो । सम्झौताको साढे ६ वर्षपछि ०७५ भदौमा थ्री गर्जेजले पनि हात झिक्यो ।  

त्यसयता पश्चिम सेतीको भविष्य अन्योलमा छ । सरकारले चालु आर्थिक वर्षको बजेटमा यो आयोजना नेपाल सरकार आफैले बनाउने सवाल राखेको थियो । तर त्यसको कार्यान्वयनमा सरकारको कदम चलेको देखिदैन् ।  बरु जापान, अमेरिका र कतारका लगानीकर्ताको कम्पनी म्याट्रिक्स इन्टरनेसनलसँग लगानी बोर्डले आयोजना निर्माणको आर्थिक तथा प्राविधिक प्रस्ताव माग गर्ने तयारी गरेको खबर छ । सेती नदीमै रहेको चारसय ५० मेगावाटको अर्को आयोजना एसआर–६ लाई समेत पश्चिमसेतीसँगै राखेर १२ सय मेगावाटको प्याकेज एउटै कम्पनीलाई दिने तयारी भएको खबर छ ।  
अर्को समाचार
सीमा समस्यामा राजनीतिक दाउपेच
२३ चैत्र २०७८
•
६ मिनेट पाठ
सीमा समस्यामा राजनीतिक दाउपेच
प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो भारत भ्रमणका क्रममा समकक्षी नरेन्द्र मोदीसँग दुई देशबीचको सीमा समस्याको मुद्दा उठाए। सीमा समस्याको विषयमा दुई देशबीचमा बढिरहेको तिक्तता र संवादहीनतालाई चिर्दै देउवाले यो विषय उठान गरेका थिए।




दुई समकक्षीबीच भएको संवादलाई प्रधानमन्त्री देउवाले नै सार्वजनिक गरे। दुई प्रधानमन्त्रीबीच भेट, प्रतिनिधिमण्डल स्तरीय वार्ता र केही सम्झौताहरूपछि देउवा–मोदीको संयुक्त पत्रकार सम्मेलनमा देउवाले भने, ‘हामीले सीमा समस्याबारे पनि छलफल गर्‍यौं। मैले मोदीजीलाई यो विषय स्थापित द्विपक्षीय संयन्त्रमार्फत समाधान गरौं भनेको छु।’ प्रधानमन्त्री देउवाले यो विषयमा सार्वजनिक रूपमा बोले पनि भारतीय प्रधानमन्त्री मोदीले प्रतिक्रिया दिएनन्।

प्रधानमन्त्री देउवाको यो भनाइलाई भारतीय विदेश मन्त्रालयले भने पुष्टि गरिसकेको छ। विदेश सचिव हर्षवर्धन शृंगलाले प्रधानमन्त्री देउवाले सीमा समस्याबारे धारणा राखेको प्रस्ट्याए। पत्रकार सम्मेलनमा उनले भने, ‘दुई प्रधानमन्त्रीबीच यस विषयमा संक्षिप्त रूपमा छलफल भएको थियो, दुवै पक्षले यसलाई वार्ताका माध्यममार्फत जिम्मेवारीपूर्ण रूपमा सम्बोधन गर्नुपर्छ भनेर आम समझदारी भयो।’ यति भन्दाभन्दै पनि भारतले सीमा समस्याको विषयलाई नेपालमा राजनीतीकरण गरिएको भन्दै चिन्ता देखायो।

विदेश सचिव शृंगलाले नजिकको सम्बन्ध भएका दुई देशबीचमा सीमा समस्या समाधान गर्नुपर्ने भारतको पनि धारणा रहेको बताउँदै नेपालमा भने राजनीतीकरण गरिएको भनी चिन्ता व्यक्त गरे। ‘हाम्रो नजिक र मैत्री सम्बन्धको भावनाका कारण सीमा विवाद समाधान गर्नुपर्छ। यस्तो विषयलाई राजनीतीकरण गर्नु हुन्न,’ उनले अगाडि भनेका छन्।

नेपालको अवस्था पनि भारतले चिन्ता प्रकट गरेजस्तै नै छ। सीमा समस्या र भूराजनीतिजस्ता संवेदनशील मुद्दालाई राजनीतिक अभीष्टका लागि उछाल्ने प्रवृत्ति मौलाउँदोे छ। जसबाट ‘राष्ट्रवाद’ को भ्रम सिर्जना गरी जनमत बटुल्न दलहरू लागि पर्दा यी समस्या झन्झन् गिजोलिँदै छन्। जसले नेपालको परराष्ट्र सम्बन्ध निकै संकटको अवस्थामा पुगेको जानकारहरूको चिन्ता छ।

यो सिलसिला यसपटक पनि रोकिएन। प्रधानमन्त्री देउवाले भारतमा सीमा समस्यासम्बन्धी मुद्दा उठाएको २४ घण्टा नबित्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देउवामाथि ‘दलाली गरेको’ आरोप लगाए। उनले सीमा समस्याबारे संवाद सुरु भएकोमा खुसी प्रकट गर्नुभन्दा उल्टै पुराना कुराहरूतर्फ फर्किएर सीमाका मुद्दालाई जोड्दै तितो अभिव्यक्ति दिए।

दिल्लीस्थित नेपाली दूतावासमा नयाँ नक्सा नराखिएको विषयमा उनले देउवालाई नै दोषी देखाए। ‘नेपालको दिल्लीस्थित राजदूतावासमा टाँगिएको फोटोमा नेपालको बुच्चे नक्सा राखिया’छ। योभन्दा राष्ट्रिय दलाली, योभन्दा राष्ट्रको गौरव निहुराउने, योभन्दा लज्जाजनक कुरा के हुन्छ,’ उनले प्रश्न गरे।

यसअघि प्रधानमन्त्री देउवाको ‘सरकारका १०० दिन’ भन्ने पुस्तकमा पुरानै नक्सा प्रयोग भएको विषयलाई पनि ओलीले दलालीको आरोप लगाए। उनले भने, ‘सम्माननीय प्रधानमन्त्रीले प्रकाशित गरेको सरकारको १०० दिनमा चुच्चे नक्सा हटाउनुभो। के यो साधारण कुरा हो? भौगोलिक अखण्डताप्रतिको खेलबाड हो।’ उनको यो अभिव्यक्तिबाट सीमा समस्यालाई जोडेर जनमत प्रभावित पार्न खोजेको प्रस्ट संकेत हुन्छ।

मोदीसँगको भेटमा सीमा समस्याको विषय देउवाले उठाउने प्रधानमन्त्रीनिकट स्रोतले भारत भ्रमणअघि नै सार्वजनिक गरेको थियो। त्यसपछि एमाले अध्यक्ष ओलीले चुनावको मुखमा भारत जानुको औचित्यबारे प्रश्न गरेका थिए।

जनमत प्रभावित हुने ओलीको डर

ओली २०७२ मा संविधान जारी भएपश्चात् भारतले लगाएको अघोषित नाकाबन्दीको विरोधमा उत्रिएका थिए। यो विषयमा अर्को प्रमुख दल नेपाली कांग्रेस चुपचाप रहँदा ओलीले विरोध गरेर जनमत आफ्नो पक्षमा पार्न सफल भए। त्यति बेला एमाले नेता कार्यकर्ताले उनलाई ‘राष्ट्रवादी नेता’ का रूपमा प्रचारित गरे।

त्यसबाट हौसिएका ओली त्यसपछि भारतसँगको सीमा समस्या मुखरित भएर बोल्न थाले। त्यसैको बलमा एमालेले लोकप्रियता बटुल्यो। २०७४ सालको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा माओवादी केन्द्रसँग गठबन्धन गरेर ओली झन्डै दुईतिहाइ बहुमतका साथ प्रधानमन्त्री भए।

त्यसपछि भने उनको राष्ट्रवादी छवि स्खलित हुँदै गयो। चुनावमा देखाएको सीमा समस्या समाधानलगायतका विषयमा उनले कुनै ठोस पहलकदमी गर्न सकेनन्। यसैबीचमा भारतले २०७६ कात्तिकमा आफ्नो नयाँ राजनीतिक र प्रशासनिक नक्सा जारी गर्‍यो। जसमा नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी समावेश गरिएको थियो।

त्यसबेला ओली नै प्रधानमन्त्री थिए। भारतको त्यो कदमपछि देशभित्र व्यापक विरोध हुनथाल्यो। अनि सरकारले विरोध गर्दै कूटनीतिक नोट पठाएको थियो। त्यसको भारतीय पक्षले कुनै मतलब गरेन। उल्टै ६ महिनापछि भारतका रक्षामन्त्री राजनाथ सिंहले सोही क्षेत्रमा सडकको ट्र्याक उद्घाटन गरे। त्यसको पनि विरोध गर्दै नेपालले कूटनीतिक नोट पठायो।

यसरी दुईवटा कूटनीतिक नोट पठाउँदा पनि भारतले मतलब नगरेपछि संसद्बाट पारित गर्दै २०७७ जेठ ७ मा ती भूभाग समेटेर नेपाल सरकारले पनि नयाँ नक्सा सार्वजनिक गर्‍यो। जसलाई ‘चुच्चे’ नक्सा भनेर चिनिन्छ। त्यसपछि तत्कालीन प्रधानमन्त्री ओलीले थप वार्ता अगाडि बढाउन सकेनन्। दुई देशबीचको सम्बन्ध चिसिँदै गयो। यसबीचमा परराष्ट्रमन्त्रीस्तरीय र परराष्ट्र सचिवस्तरीय संवाद हुँदा पनि भारतले यो विषयलाई महत्वका साथ लिएन।

यसै क्रममा यसपटकको भारत भ्रमणमा यो विषय प्रधानमन्त्री देउवाले उठाउँदा भारतले गम्भीर रूपमा लिएको अभिव्यक्ति आएको छ। जसबाट सीमा समस्या समाधानको आशा पलाएको छ। यसरी ओलीले नसकेको विषय देउवाले उठाइदिए, जसका कारण ओलीको टाउको दुखाइ सुरु भएको कांग्रेसका नेताहरू दाबी गर्छन्। त्यसैकारण ओलीले जनमत प्रभावित पार्न पुराना तुक नभएका कुरा फलाकेर आक्रोश पोखिरहेको कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतको आरोप छ।

‘उहाँ आफ्नो नाकामी ढाक्न प्रधानमन्त्रीजीमाथि तुच्छ रूपमा देखिनुभो। सबै मिलेर नक्सा जारी गरिएको हो। त्यसपछि उहाँले भारतसँग संवाद गर्न सक्नुभएन,’ उनले भने, ‘देउवाजीले गरेको कुरामा त उहाँले पनि धन्यवाद दिनुपर्ने हो।’ जनमत प्रभावित पार्न यतामात्रै फर्केर कराएर नहुने उनले बताए।

आफूहरूले सीमा समस्यालाई जनमत बटुल्ने मुद्दा कहिल्यै नबनाएको पनि उनले दाबी गरे।

‘हाम्रो पार्टीको सभापति देउवाजीले राष्ट्रिय दायित्वमात्रै पूरा गर्ने प्रयास गर्नुभएको हो। त्यसलाई मत बटुल्ने साधन बनाउँदैनौं,’ उनले भने। यता नेकपा एमालेका उपमहासचिव एवं प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङ पनि प्रधानमन्त्री देउवाले पनि सानो स्वरमा बोलेर चुनावी वातावरणमात्रै बनाएको दाबी गरे। ‘उहाँले सानो स्वरमा एकतर्फी बोल्नुभो। मोदीले जवाफ दिनुभएन। यस विषयमा कुनै सहमति पनि भएको देखिएन,’ नागरिकसँग उनले भने, ‘यो खाली जनमत बटुल्ने हतकण्डामात्रै हो। राष्ट्रिय दायित्वका लागि होइन।’

सीमा समस्या, कूटनीतिक सम्बन्ध र परराष्ट्र नीतिलाई राजनीतिक स्वार्थको विषय बनाउनु दुखद रहेको जानकारहरू बताउँछन्। ‘राजनीति गर्ने अन्य तमाम विषय छन्/हुन्छन्। तर सीमा समस्या र कूटनीतिक सम्बन्ध यसरी स्वार्थको विषय बनाइनु हुँदैन,’ भारतका लागि पूर्वराजदूत दीपकुमार उपाध्याय भन्छन्, ‘तर हामीकहाँको अभ्यास निकै दुखद छ। यस्ता विषयमा राजनीतिक स्वार्थका लागि बोल्दा वाहवाही त पाइएला, निकास भने दिँदैन। झन्झन् जटिल हुन्छ।’

प्रधानमन्त्री देउवाले सीमा समस्याका विषयमा संवादहीनतको वातावरण हटाएको पनि उनले बताए। ‘जे भएको छ राम्रो भएको छ। मोदीसँगै उभिएर कुरा उठेको छ, जुन कुरा भारतको विदेश मन्त्रालयले पनि स्वीकार गरिसक्यो,’ उनले भने,‘समाधान नै हुँदैन भन्ने छैन। राम्रोसँग छलफल गरे, संवाद गरे यो विषय टुंगो लाग्छ।’ केही समयअघिसम्म बंगलादेशसँग भएको समस्या पनि छलफलका माध्यमबाट टुंगिएको दृष्टान्त सुनाउँदै नेपालले पनि समाधान गर्नसक्ने उनले दाबी गरे।

‘विवाद भारतका लागि पनि उत्पादक हुँदैन। उसले यो कुरा बुझेको छ। बंगलादेशसँगको विवाद बढी नै भूभाग दिएर भारतले समाधान गरेको पनि उदाहरण छ,’ उनले भने। कूटनीतिक सम्बन्ध र विवाद समाधानमा चर्को कुराभन्दा पनि कूटनीतिक कौशल, परिपक्वता र चातुर्‍याइँले बढी काम गर्ने पूर्वराजदूत उपाध्यायले बताए।
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock १० मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock २७ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस