बाँकेका अस्पतालमा कोरोना उपचार
०१ जेष्ठ २०७७
•
१० मिनेट पाठ
बाँकेका अस्पतालमा कोरोना उपचार
बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताल । तस्बिर : नागरिक
नेपालगन्जमा पहिलो कोरोना संक्रमित फेला परेको दुई साता पुग्दा अहिलेसम्म संक्रमितको संख्या २५ पुगिसकेको छ । पहिलो संक्रमित नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ७ का ६० बर्षिय ब्यक्तिको कन्ट्रयाक्ट ट्रेसिङमार्फत नेपालगन्ज–८ निवासी २४ जना संक्रमित फेला परेका हुन् । उनीहरू सबैको अहिले बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको आइसोलेसन कक्षमा उपचार भइरहेको छ । स्वास्थ्यकर्मीका अनुसार संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य छ ।




आइसोलेसन कक्षमा नियमित रूपमा जाने गरेका भेरी अस्पताल नेपालगन्जका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाश थापा संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको बताउँछन् । ‘सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको आइसोलेसन कक्षमा बाँकेका २५ र बर्दियाका एक जना गरेर २६ जना उपचारको क्रममा छन्, सबैको स्वास्थ्य अवस्था सामान्य छ,’ उनले भने ‘प्रेसर लगायत अन्य रोगको समस्या भएका बिरामीले नियमित रूपमा औषधि पाइरहेका छन् ।’  

उक्त अस्पतालमा ४० वटा आइसोलेसन बेड, ६ वटा आइसियु र दुईवटा भेन्टिलेटर छन् । अहिलेसम्म कोरोना संक्रमित ब्यक्तिको उपचारमा कुनै समस्या नरहेको मेडिकल सुपरिटेन्डेन्ट डा. थापा बताउँछन् । ‘अहिलेसम्मको कन्डिसनमा कोरोना संक्रमित ब्यक्तिको उपचार गर्न सहज छ,’ उनले थपे । जिल्लामा केहीदिन अघि स्वास्थ्य मन्त्रालयले पठाएको २ हजार थान पिसिआर किटबाट स्वाब परीक्षण भइरहेको र अहिलेसम्म किट लगायत स्वास्थ्य सामाग्री पर्याप्त भएको मेसु थापाको दाबी छ । बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा प्रदेश पाँच सरकारले कोरोना आइसोलेसन कक्ष स्थापना गरेको हो । खजुरा गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपतिले कोरोना संक्रमित ब्यक्तिको उपचार चुस्त रूपले गरिएको बताए । ‘संक्रमित ब्यक्तिको उपचारमा स्वास्थ्यकर्मीले कुनै कन्जुस्याई गरेका छैनन्, भित्रको व्यवस्थापन ठीक छ,’ उनले भने,  ‘संक्रमित ब्यक्तिलाई स्वास्थ्यकर्मीले चौबिसै घण्टा निगरानी गरिरहेका छन् ।’ संक्रमित ब्यक्तिको निगरानीका लागि चिकित्सक तथा स्वास्थ्यकर्मीले पनि आइसोलेसन कक्षको केही बेडहरू प्रयोग गरिरहेको अध्यक्ष कक्षपतिले सुनाए । ‘आइसोलेसन कक्षको ४० बेड मध्ये २६ वटा बेडमा संक्रमित ब्यक्ति बसेका छन्, बाँकी बेडमा चिकित्सक र स्वास्थ्यकर्मीले प्रयोग गरेका छन्,’ उनले थपे ।  

खजुरा बाहेक बाँकेको नेपालगन्ज र कोहलपुरका विभिन्न सरकारी तथा निजी अस्पतालमा पनि कोरोना भाइरसलाई लक्षित गरेर आइसोलेसन कक्ष स्थापना गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना रोग फोकल पर्सन नरेश श्रेष्ठले अहिलेसम्म यहाँका विभिन्न अस्पतालमा गरी कुल १ सय ४ वटा आइसोलेसन बेड स्थापना गरिएको बताए । ‘एक सय ४ वटा आइसोलेसन बेड तयारी अवस्थामा छन्,’ उनले भने, ‘अहिलेसम्म कोरोना संक्रमितको संख्याको अनुपातमा आइसोलेसन बेड पर्याप्त नै छ ।’  

यस्तै कोरोना भाइरसलाई लक्षित गरेर यहाँका अस्पतालमा ५३ वटा आइसियु र २१ वटा भेन्टिलेटर स्थापना गरिएको छ । कोरोना संक्रमितको संख्या बढ्न थालेपछि नेपाल प्रहरी र नेपाली सेनाको अस्पतालमा आइसोलेसन कक्ष बिस्तार गर्ने निर्णय भएपनि अझै कार्यान्वयनमा नआएको मेसु थापा बताउँछन् । ‘संक्रमितको संख्या बढ्ने अवस्था आउन थालेपछि सेना र प्रहरीको अस्पतालमा पनि आइसोलेसन कक्ष राख्ने निर्णय भएको थियो, तर अहिलेसम्म सेना र प्रहरीको अस्पताल प्रयोगमा आएका छैनन्,’ उनले भने ।  
अर्को समाचार
बाँकेका अस्पतालमा ह्वात्तै घट्यो मृत्युदर
१६ जेष्ठ २०७८
•
१ मिनेट पाठ
बाँकेका अस्पतालमा ह्वात्तै घट्यो मृत्युदर
कोरोना सङ्क्रमित बिरामीको उपचार हुँदै आएको बाँकेका अस्पतालमा मृत्युदर ह्वात्तै घटेको छ। दैनिक १५ देखि १७ जनाको मृत्यु हुने गरेकामा अहिले ह्वात्तै घटेको छ। गएरातिदेखि आज बिहानसम्म चार जनाको मृत्यु भएको छ। मृत्यु हुने सबै बाहिरी जिल्लाका रहेका छन् भने पछिल्लो २४ घण्टामा बाँकेका बिरामीको मृत्यु शुन्य रहेको छ।




अस्पतालमा अहिले भर्ना हुने बिरामी र मृत्यु हुने अधिकांश बाहिरी जिल्लाका सङ्क्रमित रहेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए। उनका अनुसार कोरोना सङ्क्रमणबाट हालसम्म बाँकेका २८८ को मृत्यु भएको छ भने विभिन्न बाहिरी जिल्लाबाट यहाँका अस्पतालमा उपचारका लागि आएका २७९ को उपचारका क्रममा मृत्यु भएको छ।  

पछिल्लो पटक गएरातिदेखि आज बिहानसम्म यहाँका अस्पतालमा भर्ना भएका दाङ, बर्दिया र सल्यानका चार कोरोना सङ्क्रमितको मृत्यु भएको छ। शिक्षण अस्पताल कोहलपुरमा उपचाररत तुलसीपुर उपमहानगरपालिका वडा नं ४ निवासी ४२ वर्षीया महिलाको गएराति ११ बजे मृत्यु भएको छ।

यसैगरी भेरी अस्पताल नेपालगञ्जमा भर्ना भएका बर्दिया बाँसगढी नगरपालिका– ३ निवासी ४२ वर्षीय पुरुषको आज बिहान साढे ३ बजे, सल्यान बागचौर नगरपालिका– ८ निवासी ६१ वर्षीय पुरुषको बिहान साढे ५ बजे र बर्दिया बढैयाताल गाउँपालिका– ५ निवासी ५८ वर्षीया महिलाको आज बिहान पौने ७ बजे मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति वलीले जानकारी दिए। रासस
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ३८ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock २ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस