फोहर व्यवस्थापन गर्न अल्पकालीन स्थलको खोजी गरिँदै
३० वैशाख २०७७
•
१० मिनेट पाठ
फोहर व्यवस्थापन गर्न अल्पकालीन स्थलको खोजी गरिँदै
फाइल फोटो ।
निर्धारित समयमै फोहर विसर्जनस्थल निर्माण नहुँदा काठमाडौं महानगरपालिकाले फोहर व्यवस्थापन गर्नका लागि अल्पकालीनरूपमा स्थानको खोजीकार्य शुरु गरेको छ । उपत्यकावासीको आगामी आर्थिक वर्षको शुरुआतीदेखि दीर्घकालीन फोहर व्यवस्थापनस्थल बञ्चरेडाँडामा व्यवस्थापन गर्ने भने पनि निर्माणको काम पूरा नभएको र सिसडोल पूर्णरूपमा भरिसकेकाले कामपाले अन्य स्थानको खोजी गर्न लागेको हो ।




विश्वभरि फैलिएको कोभिड–१९ का कारण दुई महिनादेखि सरकारले देशभरि लकडाउन गरे पनि दीर्घकालीन फोहर व्यवस्थापनस्थल निर्माणको काम भएको थियो । निर्माणको काम यस आर्थिक वर्षको अन्त्यसम्ममा पनि पूरा नहुने भएपछि कामपाले अन्य स्थानको खोजी गर्नुपरेको हो । 

उपत्यकाका १८ स्थानीय तहको फोहर विसर्जन गर्दै आएको स्थान नुवाकोटको सिसडोल भरिएकाले र दीर्घकालीन फोहर विसर्जनस्थल निर्माण सम्पन्न पूरा नभएकाले आगामी दिनमा फोहर व्यवस्थापनको काम थप समस्याको विषय बनेको छ । धादिङ र नुवाकोट जिल्लाको सिमाना बञ्चरेडाँडामा निर्माण भइरहेको ल्याण्डफिलसाइट छिटो सञ्चालनमा ल्याउन शहरी विकास मन्त्रालय र कामपाबाट संयुक्त प्रयास भने भइरहेको छ ।

‘अन्य समयमा भन्दा बर्खाको समयमा फोहर उत्पादन बढी हुन्छ । यसअघि फोहर व्यवस्थापन भइरहेको स्थानमा फोहर राख्न मिल्ने अवस्था छैन । यसै हप्ता नुवाकोटकै अन्य स्थानमा अल्पकालीन फोहर व्यवस्थापन स्थलको टुङ्गो लगाउने तयारी छ’, कामपा वातावरण विभागका प्रमुख हरिकुमार श्रेष्ठले भने।  

बञ्चरेडाँडामा स्यानिटरी ल्याण्डफिल्ड साइट निर्माण गर्न २०७६ वैशाख २२ गते एक वर्षभित्र काम सम्पन्न गर्ने गरी लुम्बिनी कोशी एण्ड न्यौपाने जेभी (उपक्रम) सँग ठेक्का सम्झौता गरिएको थियो । यसरी निर्माण पक्षबाट समयमा काम नभएपछि ल्याण्डफिल साइट निर्माण कहिले सम्पन्न हुने भन्नेमा अन्योल भएको छ ।  निर्माणाधीन दीर्घकालीन फोहर व्यवस्थापनस्थलमा एक हजार ७९२ रोपनी जग्गा छ ।

काठमाडौं उपत्यकाबाट दैनिक एक हजार ४५ मेट्रिक टन फोहर उत्पादन हुन्छ । सबैभन्दा बढी कामपाबाट र अन्य अरु १७ स्थानीय तहबाट फोहर नुवाकोट लगिने गरिएको छ । यसअघि फोहर व्यवस्थापन गर्दै आएको सिसडोल १३ वर्षअघि कामपाले दुई वर्षका लागि भन्दै उपभोग गर्दै आएको हो । क्षमताभन्दा बढी र तोकिएको समयभन्दा बढी समय फोहर व्यवस्थापन गर्दै आएको भन्दै सिसडोलका स्थानीयवासीले यसअघि नै विरोध गर्दै आएका छन् । रासस
अर्को समाचार
चित्रकलाकै काममा व्यस्त कलाकार
२९ असार २०७७
•
३ मिनेट पाठ
चित्रकलाकै काममा व्यस्त कलाकार
वरिष्ठ चित्रकार भीम शर्मा लकडाउनका समय पनि चित्र कोर्नमै व्यस्त भए । उनी अहिले ‘लकडाउन’ र ‘कर्म’ शीर्षकमा रहेर चित्र कोर्दैछन् । लकडाउनमा व्यस्त उनले आफुलाई घरमा बस्दा त्यस्तो कुनै तनाव नभएको बताउँछन् । ‘लकडाउनभर पेन्टिङ नै मुख्य काम रह्यो, यस अवधिमा मैले दुई वटा सिरिजमा काम गर्ने मौका पाएँ,’ शर्मा भन्छन्, लकडाउनमा घरमा बस्दा मलाई कुनै पनि तनाव भएन, एउटै कामलाई लामो समयसम्म निरन्तरता दिन पाउँदा लकडाउन त हामी कलाकारको लागि अवसर नै आए जस्तो लाग्यो ।’




चित्रकार कपिलमणि दिक्षितले लकडाउनको समय परिवारसँग बिताएको बताए । दुई छोरीहरुलाई समय दिएर उनीहरुसँग टिकटकमा रमाइलो गर्ने, फिल्म हेर्ने र भान्साको काम गरेर मनोरञ्जनात्मक तरिकाले दिन बिताएको दिक्षित बताउँछन् । ‘स्टुडियो खोलेर पेन्टिङको काम गर्न लागेको त भर्खर एक महिना भयो,’ उनी भन्छन्, ‘बाँकी समय म मेरा छोरीसँग खर्चिए, यस अवधिमा मैले पेन्टिङलाई भन्दा छोरीहरुलाई बढी महत्व दिएँ, मेरा लागि यो समय कहिल्यै पनि पुनः फर्किएर आउँदैन ।’ उनले यस समयमा कोरेका चित्रमा लकडाउनका बेला आएका भावनालाई देखाउन खोजेका छन्।

चित्रकार अनामिका गौतमले पनि लकडाउनका समयमा अनलाइन क्लाससँगै चित्र कोर्ने कामलाई निरन्तरता दिएको बताइन् । चित्रकार नरेश शैजु र जीवनराज उपाध्याय पनि अहिलेको समयमा घरायसी काम र चित्रकलाको काम गरेर आफुलाई व्यस्त बनाइ रहेका छन् ।  

चित्रकलालाई साहित्यसँग जोडेर अघि बढाउन रुचाउने चित्रकार सुन्दर लामा आगामी दिनमा हुन लागेको दुई वटा अनलाइन प्रदर्शनीको तयारीमा जुटेका छन् । ‘मैले लकडाउनमा ड्रइङ र साहित्यसँगै अनलाइन क्लासलाई पनि निरन्तरता दिएँ,’ उनी भन्छन्, ‘अहिले भने म एक हप्तापछि हुन लागेको भर्चुअल कला प्रदर्शनी र भिडिओ अनलाइन प्रदर्शनीको तयारीमा छु ।’

साहित्य र चित्रकलालाई एकैपटक प्रस्तुत गर्न रुचाउने उनले लकडाउनमा ‘बगैँचा’ शीर्षकको कविता तयार गरेका छन् । साथै कविताअनुसारको स्केच पनि तयार पारेको बताउँछन्।

बरिष्ठ चित्रकार रमेश खनाल लकडाउनको समयमा आफुलाई चित्र कोर्नमै व्यस्त राखेर तनावबाट टाढा रहेको बताउँछन् । आफ्नै घरमा स्टुडियो भएका कारण काम गर्नलाई लकडाउनले त्यति असर नगरेको उनको भनाई छ । ‘लामो समयसम्म लकडाउन भयो, हामी घरभित्रै थुनिएर बस्यौं, लकडाउन भयो भन्दैमा हामीले काम गर्न छोड्नु हुँदैन,’ खनाल भन्छन्, ‘बिहानको समय योगा, दिउँसो चित्रकलाको काम र बेलुका आर्टिकलहरु लेखेर मैले लकडाउनका दिनहरु बिताए ।’

ललितपुरस्थित एमक्युब आर्ट ग्यालरीका क्युरेटर मनिषलाल श्रेष्ठ पनि चित्रकलाको काममा व्यस्त भएको बताए । लकडाउनमा काम गर्न प्रसस्त समय भएको बताउँदै उनी अब भिडियोमार्फत अनलाइन प्रदर्शनी गर्ने तयारीमा रहेको बताए ।

देश लकडाउन भएसँगै चित्र कोर्नमै व्यस्त भए चित्रकार एरिना ताम्राकारका दम्पती । खाली समयको सदुपयोगसँगै आफ्नो कामले पनि निरन्तरता पाउने भएकाले घरलाई नै स्टुडियो बनाएर काम गरेको एरिना बताउँछिन् । ‘हामीले चाहेर पनि यस्तो आरामदायी तरिकाले काम गर्न पाएका थिएनौं,’ आगामी दिनमा पनि पाउने छैनौं, उनी भन्छिन्, ‘कामलाई निरन्तर रुपमा अघि बढाउन लकडाउन त हाम्रा लागि अवसर बनेको नै बन्यो’ लकडाउनका समयमा कलामा पनि लकडाउनकै विषयवस्तु आएको उनले बताइन् ।

जहाँ बसेपनि कलाकारले कलाकै सिर्जना गर्ने भएकाले लकडाउनको त्यति असर नपरेको चित्रकार सरिता डंगोलले बताइन् । क्लासिक आर्ट ग्यालरीको तर्फबाट उनले भर्चुअल कला प्रदर्शनीको आयोजना गर्दैछन् ।

हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ४२ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस