भीरबाट लडेर एक जनाको ज्यान गयो
३० वैशाख २०७७
•
३ मिनेट पाठ
भीरबाट लडेर एक जनाको ज्यान गयो
रसुवा- रसुवामा भीरबाट लडेर एक जनाको ज्यान गएको छ । ज्यान जानेमा जिल्लाको आमाछोदिङ्मो गाउँपालिका–१, का ३५ वर्षीय मिलन नगरकोटी (तामाङ) रहेका छन् । घरबाट दाउरा खोज्न भनेर निस्केका तामाङ आइतबार साँझसम्म घरमा नआएपछि उनको आफन्तहरूले खोजी कार्य गरेका थिए ।




खोज्ने क्रममा पलङखाङ भीरमा लडेको अवस्थामा उनको शव फेला परेको थियो । शव फेला परेपछि आफन्तले प्रहरीलाई खबर गरेका थिए । त्यसपश्चात हाकु प्रहरी चौकी र जिल्ला प्रहरी कार्यालय रसुवाबाट प्रहरी टोली गएर प्रारम्भिक अनुसन्धानको काम सकाएर शव पोष्टमार्टमको लागि रसुवामा अस्पतालमा ल्याइएको थियो । अस्पतालमा पोष्टमार्टम गराएर शव आफन्तलाई बुझाइएको प्रहरीले जनाएको छ । 
अर्को समाचार
तीन वर्षमा भिरबाट लडेर २८ जनाको गयो ज्यान
१८ फागुन २०७९
•
४ मिनेट पाठ
तीन वर्षमा भिरबाट लडेर २८ जनाको गयो ज्यान
महावै गाउँपालिका– ६, गणेशकोटकी ३४ वर्षीया कौडा शाहीको दाउरा काट्न गएका बेला मंगलबार भीरबाट लडेर ज्यान गयो। घरभन्दा एक किलोमिटर टाढा दाउरा काट्न गएको समयमा भीरबाट खसेर ५ सय मिटर तल खोलामा पुगेर छाती र टाउकोमा गम्भीर चोट लागेकी कौडा शाहीलाई मंगलबार राति नै उपचारार्थ जिल्ला अस्पताल कालिकोट लगिएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको हो।




माघ महिनायता कालिकोटमै अन्य तीनजनाको रूख र भीरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालिकोटको तथ्यांकले देखाएको छ। घाँस काट्ने बेला भीर र रूखबाट लड्ने घटना बर्सेनि दोहोरिने गरेको प्रहरी निरीक्षक शुभराज बलमले बताए।

अकालमै जान्छ ज्यान

घाँसदाउरा गर्ने क्रममा बाटोमा हिँड्दाहिँड्दै चिप्लिएर, ढुंगा खसेर, खर काट्ने क्रममा तथा रूख र भीरबाट लडेर कालिकोटमा बर्सेनि दर्जनौं व्यक्तिले अकालमै ज्यान गुमाउने गरेका छन्। तीन वर्षयता कालिकोटमा २८ जनाको भीर र रूखबाट लडेर मृत्यु भएको प्रहरी निरीक्षक बलमले बताए।

आर्थिक वर्ष २०७६-७७ मा ६ जना, आव ७७ -७८ मा ७ जना, आव ७८-७९ मा ५ जना र आव ७९-८० मा ११ जना गरी जम्मा २८ जनाको भीरबाट लडेर मृत्यु भएको छ। यसमा बढीजसो घाँस काट्ने क्रममा महिलाको ज्यान गएको छ।

यस्तै प्रहरी कार्यालयको तथ्यांकमा उल्लेख भएअनुसार ३ वर्षको अवधिमा झुन्डिएर २४ जना र विष सेवन गरी १४ जनाको मृत्यु भएको छ।

लडेर मृत्यु भएपछि शवपरीक्षण गर्नुपर्ने, भवितव्य ज्यानसम्बन्धी मुद्दा दर्ता हुने, सनाखत मुचुल्का बनाउनुपर्ने झन्झटका कारण धेरैले प्रहरीलाई जानकारी नै नदिएर अन्तिम संस्कार गर्ने गरेको पनि पाइन्छ। कर्णालीका सबै स्थानीय तहमा वर्षमा एकदुईजनादेखि एक दर्जनभन्दा बढीको संख्यामा लडेरै मानिसले ज्यान गुमाउँदै आएको प्रहरीको विवरण छ।

कानुनी झन्झट

जिल्ला समन्वय समिति कालिकोटका प्रमुख धनजितबहादुर शाही भन्छन्– सदरमुकामभन्दा बाहिर शव परीक्षण गर्ने व्यवस्था नहुनु र कानुनी झन्झट बेहोर्नुपर्ने भएकाले धेरैले प्रहरीलाई खबर नै गर्दैनन्। भौगोलिक रूपमा विकट कर्णालीमा रोगबाट भन्दा पनि लडेर मृत्यु हुने समस्या ठूलो रूपमा रहेको सरकारी अधिकारीको भनाइ छ। लडेर ज्यान गुमाउनेमा अधिकांश चौपाया पाल्ने किसान रहेका छन्। गाउँघरमा बस्दा बस्तुभाउ नपालीकन दैनिक गुजारा गर्नसमेत कठिन हुने बाध्यता रहेको स्थानीय मनकला विकको भनाइ छ। उनी भन्छिन्, ‘घाँसपात, स्याउला, सोतरका लागि ज्यानै जोखिममा राखेर रूखभीर गर्नुपर्छ।’

मुख्य समस्या

कालिकोट जाजरकोट, रुकुम, डोल्पा, सुर्खेत, सल्यानजस्ता जिल्लाका अधिकांश बस्ती भिरालो ठाउँ र डरलाग्दा भीर पाखामा रहेको बताइन्छ। कालिकोटको सान्नि त्रिवेणी गाउँपालिका अध्यक्ष मोहनबहादुर केसी भन्छन्, ‘हाम्रो गाउँपालिकामा मात्रै गत वर्ष रूख र भीरबाट लडेर ११ जनाभन्दा बढीले ज्यान गुमाए। यो वर्ष पनि लडेर १२ जनाजतिको मृत्यु भइसक्यो।’ विकट बस्ती र जोखिम बढी भएका किसानको गाउँपालिकाले बिमा गर्न खोजे पनि कुनै पनि बिमा कम्पनीले नमानेको अध्यक्ष केसी बताउँछन्।

उपचार अभाव

जिल्लाबाट सुर्खेत, कोहलपुर, नेपालगन्जका अस्पताल लैजाँदालैजाँदै कतिपयको बाटोमै मृत्यु हुने गरेको पीडित परिवारका मानिसको साझा अनुभव छ। गाउँमा सडक सुविधा नहुँदा र भएका ठाउँमा पनि एम्बुलेन्स सेवा र अन्य सवारी साधन नपाउँदा घाइतेलाई तत्कालै उद्धार गर्नसमेत समस्या हुने गरेको थुप्रैको अनुभव छ।

भीरबाट लडेर ज्यान गुमाएकी कौडा शाहीका दाजु दीपराज शाहीले सुनाए, ‘गाडी पुग्ने ठाउँसम्म बोकेर ल्याउन, एम्बुलेन्स खोज्दाखोज्दै जिल्ला अस्पताल पु¥याउन समय लागेपछि बहिनीलाई बचाउन सकिएन। ‘रूख र भीरबाट लड्नेबित्तिकै हेलिकप्टरबाट उद्धार गर्ने व्यवस्था गर्न सके धेरैको जीवन जोगिने आफन्त बताउँछन्।

पुनर्जन्म

रूख र भीरबाट लडेर बाँच्न सफल भएकाहरूका लागि नयाँ जीवन पाएको अनुभव हुने गरेको छ। घाँसै काट्ने क्रममा भीरबाट झन्डै २०० मिटर तल खसेर बाँच्न सफल भएकी सुनपुरा खड्काले सुनाइन्। उनले भनिन्, ‘म लडेकै भीरबाट अहिलेसम्म १०–१२ जना गाउँलेको लडेर मृत्यु भयो, तर म भने कसरी बाँच्न सफल भएँ अचम्म पर्छु। घाँस काट्ने बेला रूखबाट लडेर ह्विल चेयरमा हिँडडुल गर्दै आएकी सुनपुरा आफू भाग्यले बाँचेको बताउँछिन्।

कालिकोटको सान्नि त्रिवेणी गाउँपालिकाकी उपाध्यक्ष पार्वती सिंह भन्छिन्, “रूख र भीरबाट बर्सेनि मृत्यु हुन थालेपछि खेतबारीमै डालेघाँस लगाउन उत्प्रेरित गर्नेदेखि नांगा भीरपाखामा बोटबिरुवा रोप्ने अभियान चलाइएको छ।’ जिल्लाको सबैभन्दा बढी घाँस काट्ने क्रममा आफ्नै पालिकामा महिलाको ज्यान गएको देखिन्छ। यहाँ बढीजसो भीर पाखा रहेका छन्।

सान्नि त्रिवेणी गाउँपालिका– १ लुसा भीरमा बर्सेनि एक महिलाले घाँस काट्ने क्रममा ज्यान जाने गरेको छ।

कर्णाली प्रदेश सरकारले बाढीपहिरो, आगलागी, चट्याङजस्ता प्राकृतिक प्रकोपबाट मृत्यु हुनेहरूको परिवारलाई राहत दिनका लागि एक लाख रूपैयाँको बिमा गरेको छ। अब रूख र भीरबाट लडेर ज्यान गुमाएका आफन्तलाई पनि उक्त बिमामा समेट्नुपर्ने धेरैको माग छ।
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock १० मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock २० मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ४४ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस