किशोरीको बलात्कारपछि हत्या
०७ चैत्र २०७६
•
६ मिनेट पाठ
किशोरीको बलात्कारपछि हत्या
बलात्कारपछि हत्या गरिएकी आकृति राई।
इलाम – परीक्षा दिन स्कुल जाँदै गरेकी किशोरीको बलात्कारपछि हत्या भएको छ। सूर्योदय नगरपालिका–१३ लक्ष्मीपुरकी १७ वर्षीया आकृति राईको मंगलबार बलात्कारपछि हत्या गरिएको हो। स्थानीय ज्योति माध्यमिक विद्यालयमा कक्षा ११ को परीक्षा दिन घरबाट हिँडेकी राईको शव बुधबार फेला परेको हो।




विद्यालय पुग्नुभन्दा करिब १५ मिनेटको बाटोमा उनको शव भेटिएको प्रहरीले जनाएको छ। बलात्कार गरी खाडलमा गाडिएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी प्रमुख एसपी हीराबहादुर पाण्डेले बताए। ‘बिहान साढे ९ बजेतिर घरबाट स्कुल हिँडेकी उनलाई स्कुल पुग्नुअघि नै बलात्कार गरी मारेर खाडलमा पुरिएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ,’ सदरमुकाममा बिहीबार आयोजित पत्रकार सम्मेलनमा एसपी पाण्डेले भने, ‘अघिल्लो दिनसम्म परीक्षा दिइरहेकी आकृति मंगलबार विद्यालय नपुगेपछि शिक्षक र स्थानीय अभिभावकले खोजतलास गरे। खोजतलासकै क्रममा बुधबार शव फेला परेको हो।’

प्रहरीका अनुसार आकृतिले लगाएको कपडा घुँडाभन्दा तल झारेर खुट्टा बाँधिएको र टाउको प्लास्टिकको बोरामा हालेर पुरिएको अवस्थामा शव भेटिएको थियो। ‘बलात्कारपछि ढुंगाले टाउकोमा प्रहार गरी हत्या गरेको देखिन्छ,’ उनले भने, ‘अनुसन्धानका लागि चारजनालाई नियन्त्रणमा लिएकोमा एकजनाले चाहिँ आफैंले हत्या गरेको बयान दिएका छन्। रोशन राईले आफूले आकृतिलाई बलात्कार गरी हत्या गरेको स्वीकारेका छन्,’ एसपी पाण्डेले भने, ‘पक्राउ अन्यलाई सोधपुछपछि छाडिएको छ।’ रोशन सूर्याेदय–१३ लक्ष्मीपुरका हुन्।

आकृतिको शव अम्रिसो बारीभित्र तरुल खनेको खाडलमा पुरिएको अवस्थमा फेला परेको थियो। आकृतिको शव पोस्टमार्टमका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको प्रहरीले जनाएको छ। ‘घटनाबारे थप अनुसन्धान भइरहेको छ,’ एसपी पाण्डेले भने।

यसरी गरियो हत्या

सधैझैं मंगलबार बिहान साढे ९ बजेतिर घरबाट परीक्षा दिन विद्यालय हिँडेकी थिइन् आकृति। तर उनी विद्यालय पुग्न पाइनन्। घरबाट करिब आधा घण्टाको पैदल दूरीमा रहेको विद्यालय पुग्न १५ मिनेट बाँकी थियो। विद्यालयमा चलिरहेको कक्षा ११ को परीक्षा दिन २ विषय मात्रै बाँकी थिए। परीक्षा सुरु भइसक्दा पनि आकृति स्कुल नपुगेपछि शिक्षकले घरमा सम्पर्क गरे। अभिभावकले आकृति सधैझैं समयमै स्कुल हिँडेको जानकारी गराए। आकृतिलाई सबैतिर खोजियो तर फेला पारिएन। ‘आकृतिलाई हत्या गरी पुरिएको आशंकामा बुधबार स्थानीयबाट हामीलाई खबर आयो,’ पशुपतिनगर इलाका प्रहरी कार्यालयका निरीक्षक रमेश राईले भने, ‘हामी घटनास्थल पुग्दा दिउँसो साढे १ बजेको थियो।’ स्थानीयसँग सोधपुछ र अनुसन्धानपछि खाडलमा पुरिएको शव आकृतिकै भएको पुष्टि भएको उनले बताए। ‘रोशनले आकृतिलाई ढुंगाले टाउकोमा हानेर मारेको, हत्यापछि चप्पल र किताब नजिकैको मलखाडीमा लगेर पुरेको बयान दिएका छन्,’ प्रहरी निरीक्षक रमेशले भने, ‘टाउकोमा प्रहार गरेको ढुंगा र चप्पल रोशनले नै देखाएर हामीले भेटाएका हौं।’ रोशनको चप्पल र लुगामासमेत रगत लागेको उनले बताए।

रोशनले बलात्कार गरेपछि आकृतिले ‘अरूलाई भनिदिन्छु’ भनेकाले ढुंगाले टाउकोमा हानेर हत्या गरेको प्रहरी प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। रोशनले हत्या गरेको बयान दिए पनि जीवितै खाडलमा पुरे वा मारेपछि पुेर भन्नेचाहिँ खुलिनसकेको प्रहरीले जनाएको छ।

आकृति र रोशनको घर करिब आधा किलोमिटर दूरीमा पर्छ। आकृतिको शव भेटिएको स्थाननजिकै रोशनको गाईगोठ छ। रोशनका बुबा–आमा त्यसदिन पाथीभरा घुम्न गएकाले रोशन गोठमा एक्लै रहेको प्रहरीले जनाएको छ। ‘रोशन र आकृतिको चिनजान भए पनि अन्य सम्बन्ध नभएको बुझिएको छ,’ प्रहरी निरीक्षक रमेशले भने, ‘घटना योजनाबद्ध नभई आकस्मिक रूपमा भएको अहिलेसम्मको अनुसन्धानले देखाउँछ।’

आकृति आर्थिक हिसाबले निम्न परिवारकी थिइन्। उनका बुबा पूर्णबहादुर करिब ७ महिनाअघि अरिंगालको टोकाइबाट बिरामी भएपछि निको भएका छैनन्। पूर्णबहादुरलाई अहिले डाइलाइसिस पनि गराइरहनुपर्छ। आकृतिकी आमा पनि ६÷७ वर्षअघि नै अर्काे बिहे गरेर गएकी थिइन्। उनका १३ र १० वर्षका दुई भाइ छन्।
अर्को समाचार
किशोरी बलात्कारपछि हत्या गर्ने दुई जनालाई जन्मकैद
०५ पौष २०८०
•
१ मिनेट पाठ
किशोरी बलात्कारपछि हत्या गर्ने दुई जनालाई जन्मकैद
उदयपुृर जिल्ला अदालत। तस्बिर: महेश्वर
झन्डै अढाई वर्षअघि एक किशोरीको बलात्कारपछि हत्या गरेको आरोपमा पक्राउ परेका दुई युवालाई जन्मकैदको सजाय सुनाइएको छ। ०७८ साउन १३ गते घरबाट बेपत्ता भएकी त्रियुगा नगरपालिका ६ मोहनपुरकी १६ वर्षीया कृशला चौधरीका हत्या आरोपीलाई अदालतले आजीवन काराबासको सजाय सुनाएको हो।




किशोरीको बलात्कारपछि हत्या गरेको ठहर गर्दै प्रतिवादी मधेस प्रदेश सप्तरीको सुरुंगा नगरपालिका १ शिशुबारीका २७ वर्षीय उचितलाल सदा र सोही ठाउँका २४ वर्षीय बिसे सदालाई उदयपुर जिल्ला अदालतले उक्त सजाय सुनाएको हो।

न्यायाधीश नवराज दुलालको एकल इजलासले सदाद्वयलाई अपराधी करार गदै जीवित रहेसम्म काराबास राख्ने फैसला सुनाएको अदालतका सूचना अधिकारी बुद्धराज निरौलाले बताए।

निरौलाका अनुसार न्यायाधीश दुलालको फैसलाअनुसार मृतक परिवारको नजिकको हकदारलाई तत्काल पीडित राहत कोषबाट दुई लाख उपलब्ध गराउन तथा प्रतिवादीबाट जनही तीन लाखका दरले क्षतिपूर्ति भराउनसमेत आदेश भएको छ। प्रतिवादीबाट पीडित परिवारलाई क्षतिपूर्ति उपलब्ध नभएको खण्डमा उनीहरूको चलअचल सम्पत्तिबाट असुलउपर गरिलिन पनि आदेश भएको उनले बताए।

२०७८ साउन १३ गते घरबाट बेपत्ता भएकी कृशला साता दिनपछि १९ गते घरभन्दा १५ सय मिटर टाढाको राजदेवी सामुदायिक वन उपभोक्ता समूहको जंगल क्षेत्रमा मृत फेला परेकी थिइन्।

किशोरीको सडिसकेको शव रहस्यमयी तरिकाले राजदेवी खहरे बगरस्थित बाढीले खोतलेर खाल्डो बनाएको रूखको जराभित्र फेला परेको थियो। मृत शरीरको पोस्टमार्टम गरी प्रहरीले अनुसन्धान अघि बढाउँदै जाँदा घटनाको १२ दिनपछि साउन ३० गते छिमेकी जिल्ला सप्तरीका सदाद्वय पक्राउ परेका थिए।

जटिल खालको यो घटनाको अनुसन्धानमा प्रहरीले तालिम प्राप्त कुकुर र आधुनिक प्रविधि र उपकरणमार्फत वास्तविक अपराधी पत्ता लगाउन सफल भएको हो।
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock ३१ सेकेन्ड अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock २० मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १ घण्टा अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस