मास्कमा कालोबजारी: १० लाख ८ हजार मास्कसहित पाँच पक्राउ
०४ चैत्र २०७६
•
४ मिनेट पाठ
मास्कमा कालोबजारी: १० लाख ८ हजार मास्कसहित पाँच पक्राउ
बरामद गरिएको मास्क महानगर प्रहरी परिसरको कार्यालयमा। तस्बिर:नागरिक
काठमाडौं – चीनबाट मास्क आपूर्ति हुन छाडेको छ। त्यसकारण एक महिनायता नेपालमा मास्कको खडेरी नै परेको छ। विज्ञ तथा डाक्टरहरूले कोरोना भाइरसको जोखिमबाट जोगिन मास्क लगाउन सुझाएसँगै त्यसको खोजी गर्नेको संख्या ह्वात्तै बढेको छ। बजारमा माग बढेसँगै व्यापारीले त्यसलाई कमाउने अवसरका रूपमा उपयोग गर्दा केही समयदेखि मास्क सजिलै पाउन छाडेको छ। बल्लबल्ल भेटिए पनि उपभोक्ता चर्को मूल्य तिर्न बाध्य छन्। यस्तो अवस्थामा पनि सरकारी निकाय र सरोकारवाला पक्षले बजारमा मास्कको हाहाकार हुने अवस्था आइनसकेको दाबी गर्छन्। सबैले मास्क प्रयोग गर्न थाल्दा अभाव सिर्जना भएको जिकिर व्यापारीहरूको छ।




यसैबीच आइतबार कपनबाट १० लाख ८ हजार मास्कसहित पाँचजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा इमाडोल बस्ने टेकराज श्रेष्ठ, कपन बस्ने सञ्जय रेग्मी, स्वयम्भू बस्ने अजिम बक्स मियाँ, महानगरपालिका–१३ मा बस्ने सुरज गोयल र बागबजार बस्ने सुवास महेश्वरी छन्। प्रहरीका अनुसार उनीहरू फार्मेसीलाई तीन रुपैयाँ पर्ने मास्क ३१ रुपैयाँमा बेच्ने तयारीमा थिए। स्थानीयले दिएको सूचनाका आधारमा प्रहरी परिचालित भएको थियो। सोही क्रममा बरामद सय बोराभन्दा बढी मास्क अहिले महानगरीय प्रहरी परिसर काठमाडौंमा राखिएको छ। कालोबजारी गर्ने गिरोह भित्रभित्रै सल्बलाउन थालेपछि प्रहरीले व्यापक अनुगमनसँगै फार्मेसीहरूको खानतलासी गर्न थालेको छ। ‘बजारमा यति छिटो मास्क अभाव नहुनुपर्ने हो तर व्यापारीहरूले गद्दारी गरेपछि भएको सामान पनि सर्वसाधारणले किन्न पाएका छैनन्,’ परिसरका प्रवक्ता होविन्द्र बोगटीले भने, ‘कालोबजारी र अवैध सामान बिक्रीवितरण भएको देख्नुभयो भने हामीलाई खबर गर्नुहोला।’

बरादम मास्क जिल्ला प्रशासन कार्यालय काठमाडौंमा रेकर्डका लागि पठाउने र महान्यायाधिवक्ता, प्रहरी प्रधान कार्यालय, जिल्ला वकिलको कार्यालय, राजस्व विभाग, जिल्ला प्रशासन कार्यालयलगायको समन्वयमा साझा औषधि पसलबाट बिक्री गरिने बताए। उनका अनुसार मास्कको कालोबजारी गर्दै आइरहेको गिरोहले विभिन्न समूह बनाई मास्क आपूर्ति गर्दै आएको छ। मास्क कालोबजारीमा संलग्न पाँचैजना अहिले परिसरको हिरासतमा छन्। उनीहरूले काठमाडौं महानगरपालिका–१० विष्णुमती पुलस्थित रोहित श्रेष्ठको घर भाडामै लिएर मास्कको कालोबजारी गरेको भेटिएको छ।

आरडिजी सप्लायर्स कम्पनीमार्फत चर्को मूल्यमा मास्क खरिदबिक्री गर्दै आइरहेकाले उनीहरूमाथि अरू अनुसन्धान पनि गरिने प्रहरीको भनाइ छ। ‘मास्क मात्रै होइन, अन्य उपकरण, खेलकुदका सामान पनि उनीहरूले बिक्री–वितरण गर्दै आएका रहेछन्,’ प्रवक्ता बोगटीले भने, ‘उनीहरूबाट अरू रहस्य खुल्ने अनुमान छ।’ उनका अनुसार महानगरीय प्रहरी परिसर काठमाडौंले साझा औषधिपसलबाट पाँचदेखि १० रुपैयाँका दरले मास्क बिक्रीवितरण गर्नेछ। पक्राउ परेकाहरूलाई कालोबजारी तथा सामाजिक अपराध ऐन, २०३२ अनुसार कारबाही हुनेछ।
अर्को समाचार
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
२० मिनेट अघि
•
१ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
जुम्ला। बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।




गुठीचौर गाउँपालिका-१, मणिसाँघुका ४६ वर्षीय कालीबहादुर रोकायालाई प्रहरीले शनिबार पक्राउ गरेको हो। गत मंसिर ८ गते बालिकालाई उपचार गर्ने बहानामा यातना दिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान थालेको थियो।

जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरी टोलीले रोकायालाई मणिसाँघुबाट नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पुर्‍याएको हो। उनीमाथि अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक तथा प्रवक्ता शालिकराम खनालले जानकारी दिए।

उनका अनुसार अन्धविश्वास तथा रूढिवादी अभ्यासका नाममा हुने यस्ता गतिविधिप्रति प्रहरी संवेदनशील छ। यस्ता कार्यमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याइने उनले बताए। साथै, यस्ता गतिविधिबारे जानकारी भए नजिकको प्रहरी कार्यालय वा १०० नम्बरमा खबर गर्न प्रहरीले आग्रह गरेको छ।
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock २० मिनेट अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
यो पनि पढौँ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस