चौरजहारी (रुकुम–पश्चिम) – भेरी नदीको काखमा उपत्यकाजस्तो देखिने चौरजहारी नगरपालिका तरकारीको बिउ उत्पादनमा ख्याति कमाएको क्षेत्र हो। फराकिला टारहरूमा कतै तोरी फुलेको, कतै गहुँ, जौ लहलहाएको देख्न सकिन्छ। रुकुम–पश्चिममा पर्ने यो ठाँउमा नगरपालिकाको केन्द्र स्थापना भएपछि थप चहलपहल बढेको छ।
नयाँ घरहरू बन्दै छन्। विभिन्न सुविधाहरू भित्रिने क्रममा छन्। सिलोट ढुंगाले बनेका घरहरू विस्थापित हुँदै छन्। सिलोट ढुंगाको खानी छ यहाँ। चौरजहारी विमानस्थलको नाम सुनेको त धेरै भइसकेको छ। तरकारीको बिउ उत्पादनको ख्याति त्योभन्दा राम्रो छ। चौरजहारी बजार अब सहर हुने रहरमा छ। नयाँ सहर बन्ने भनिएपछि वरपरका बासिन्दाको ध्यान यता तानिएको छ।
सहर हुने संकेत यहाँ बन्दै गरेका घर, जग्गाको मूल्य र स्थानीय अपेक्षाले पनि जनाउ दिन्छ। खेतीयोग्य जमिनको फाँटले घेरिएको यो ठाँउलाई सरकारले मध्यपहाडी क्षेत्रको नयाँ सहर बनाउने सूचीमा राखेको छ। रुकुम–पश्चिम जिल्लाको सदरमुकाम मुसिकोट, खलंगापछिको ठुलो व्यापारिक केन्द्र मानिन्छ, चौरजहारी। जाजरकोट, सल्यान, डोल्पाका बासिन्दाका लागि पनि चौरजहारी केन्द्रमा पर्छ। ५० शड्ढयाको अस्पताल भएकाले पनि यहाँ छिमेकी जिल्लाका ग्रामीण क्षेत्रका सेवाग्राहीसमेत चौरजहारी आइपुग्छन्।
२०६५ सालमा सडक ल्याइएपछि यहाँको काया बदलिन थालेको हो। तथापि भेरी नदीमा अझै पुल छैन। ‘पुल बनाउन सुरु भएको ६ वर्ष भयो। ठेकेदारले समयमा काम गरेनन् नत्र थप सुविधा विस्तार हुने थियो,’ नगरप्रमुख विशाल शर्माले भने, ‘ग्रामीण बजारको रूपमा रहेको यो ठाँउलाई हामी सहरमा रूपान्तर गर्ने प्रयास गरिरहेका छौं। सडकलगायत पूर्वाधारको विकासमा जुटेका छौं।’
भेरी नदीमा पुल नहुँदा समस्या छ। नेपालगन्ज र दाङबाट आउने गाडी पारि नै रोकिन्छन्। भारी मान्छेले बोकेर वा मोटरसाइकलमा राखेर जोखिमपूर्ण तरिकाले ल्याउनुपर्ने बाध्यता। झोलुङ्गे पुलबाट मोटरसाइकल तारिन्छ। मोटरेबल पुल ठेक्का लागेको ६ वर्ष बिते पनि काम सम्पन्न नहुँदा समस्या छ। वाइपी कन्स्ट्रक्सनले पुलको काममा ढिलाइ गरिरहेको छ। बजार क्षेत्रमा (पुष्पलाल/मध्यपहाडी) लोकमार्गको सडक कालोपत्रे गर्ने क्रममा छ।
नगरप्रमुख शर्माका अनुसार यो ठाँउ कृषिमा आत्मनिर्भर छ। धान, मकै, कोदो, गहुँ उत्पादनमा आत्मनिर्भर भएको उनले जानकारी दिए। प्याज, काउली, मुलाजस्ता तरकारी उत्पादन र यिनै तरकारीको बिउ उत्पादनमा यो ठाँउ कहलिएको छ। सिलोट ढुंगाले बनाइएका र ढुंगाकै छानो भएका घरहरू घट्दै, सिमेन्टका घरहरू बढ्दै छन्। होटल, व्यापार–व्यवसाय बढ्दै गएको स्थानीय बताउँछन्। सहर हुन आवश्यक पूर्वाधार र लगानी बढ्दै छ। बजार विस्तार हुँदै छ।
चौरजहारी सम्भावनायुक्त क्षेत्र भएको उद्योग–वाणिज्य संघ चौरजहारीका पूर्वअध्यक्ष तेज विष्ट बताउँछन्। जग्गाको भाउ निकै महँगो भएको उनले सुनाए। नयाँ सहर र स्थानीय तहको योजनासँगै बजारबाट सहर हुन खोजिरहेको उनको भनाइ छ। ‘सल्ली–चौरजहारी सडक कालोपत्रे गर्ने काम नहुँदा समस्या छ। ४७ किलोमिटर सडक कालेपत्रेका लागि माग गरिहेका छौं। यो सडक कालोपत्रे भयो भने सुविधामा उलेख्य वृद्धि हुने थियो,’ विष्टले भने, ‘सदरमुकाम जोड्ने सडकको काम धमाधम भइरहेको छ। हरियाली उपत्यकाजस्तो यो ठाउँ चाँडै सहर बन्ने अपेक्षा राखेका छौं।’
‘चौरजहारीबाट बर्सेनि १०÷१५ करोड रुपैयाँ बराबरको कृषि उपज निकासी हुन्छ। तर बजारको सुनिश्चितता भएन,’ शर्माले भने, ‘सडक, बिजुली, शिक्षा, कृषि, घरेलु उद्योगको माध्यबाट बजारबाट सहरमा रूपान्तरण गर्न खोजिराखेका छौं,’ नगरप्रमुख शर्माले भने, ‘चुनौतीहरू धेरै छन् तर हामी योजनाबद्ध ढंगले अघि बढिरहेका छौं।’
शर्माका अनुसार बस्ती विकास कार्यक्रमका लागि बजेट अभाव चौरजहारीको मुख्य समस्या हो। सभाहल र रङ्गशालाका लागि टेन्डर भए पनि बजेट सुनिश्चित छैन। प्राविधिक विद्यालय स्थापनाले चौरजहारीको सहरीकरणमा टेवा पुग्ने स्थानीयको अपेक्षा छ। जग्गाको भाउ अकासिएको छ। स्थानीयका अनुसार ५० हजार रुपैयाँ मिटर पाउने जग्गाको मोल अहिले सात÷आठ लाख रुपैयाँसम्म पुगेको छ।