काठमाडौं – हिन्दुहरूको महान् पर्व महाशिवरात्रिलाई पशुपति क्षेत्र विकास कोषले विशेष उत्सवमय बनाउने भएको छ। सरकारले घोषणा गरेको भिजिट २०२० नेपालको नारालाई सहयोग पुग्नेगरी कोषले शिवरात्रिलाई विशेष धार्मिक पर्यटकीय उत्सवका रूपमा मनाउने तयारी पुरा गरेको कोषका सदस्य सचिव डा. प्रदीप ढकालले बताए।
बुधबार कोष परिसरमा पत्रकार सम्मेलन गरी सदस्य सचिव ढकालले धार्मिक दृष्टिकोणले संसारका हिन्दूहरूको महान् पर्व नै शिवरात्रि भएको र यस अवसरमा बर्सेनि ठूलो संख्यामा विश्वभरिबाटै हिन्दु पर्यटकहरू भगवान् पशुपतिनाथको दर्शन गर्न आउने भएकाले विशेष तयारी गरिएको बताए। उनले विगतभन्दा व्यवस्थित रूपमा शिवरात्रि पर्व मनाउन सबैभन्दा पहिले दर्शनार्थीलाई छिटो दर्शनको व्यवस्था गरिएको दाबी गरे। बर्सेनि दर्शानार्थीले लामो समयसम्म लाम लागे पनि दर्शन नपाइने गरेको र लाइन व्यवस्थापन अस्तव्यस्त हुने गरेको बाट अनुभव बटुल्दै यस वर्ष कोषले त्यसतर्फ विशेष ध्यान दिएको बताए।
‘यस वर्ष बढीमा दुई घण्टाभित्र लाइन बसेर दर्शन गराउन कोषले भक्तजन मन्दिरभित्र प्रवेश गरेलगत्तै भित्र चारवटा लाइनमा बाँडेर सबै ढोकाबाट दर्शन गराउने व्यवस्था मिलाइएको छ,’ सदस्य सचिव ढकालले भने, ‘जुन दर्शन–मार्गबाट मन्दिर प्रवेश गरिन्छ सोही मार्ग हुँदै मन्दिरबाट बाहिरिने व्यवस्था पनि यस वर्ष मिलाइएको छ। यसले भक्तजनहरूले छिटोभन्दा छिटो भगवान् पशुपतिनाथको दर्शन गर्न सक्नुहुन्छ।’ कोषका अनुसार यस वर्ष लाइन व्यवस्थापन र सुरक्षार्थ सात हजारभन्दा बढी सुरक्षाकर्मी र पाँच हजारभन्दा बढी तालिमप्राप्त स्वयंसेवक परिचालित हुनेछन्। यस वर्ष विश्वभरिबाट १० लाखभन्दा बढी भक्तजन पशुपतिनाथ आउने कोषको अनुमान छ।
यस वर्ष पर्व व्यवस्थापन गर्न पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईको अध्यक्षतामा एक सय ११ सदस्यीय महाशिवरात्रि व्यवस्था मूल समिति तथा सोअन्तर्गत ११ वटा उपसमिति गठन गरिएको छ। कोषका सूचना अधिकारी रेवतीरमण अधिकारीका अनुसार मेला व्यवस्थित रूपमा सञ्चालन गर्न, भक्तजनलाई सेवा तथा सुविधा उपलब्ध गराउन सुरक्षा व्यवस्था, आवास, भोजन तथा भौतिक पूर्वाधार, प्रचारप्रसार, साधुसन्त तथा धार्मिक र वातावरण, सरसफाइ तथा जुत्ता–चप्पल व्यवस्था उपसमिति गठन गरिएको छ। यसैगरी अन्य उपसमितिहरूमा स्वास्थ्यसेवा व्यवस्था, मेला तथा बजार सजावट, स्वयंसेवा दर्शन, चन्दन तथा मन्दिर व्यवस्था उपसमितिसमेत गठन गरिएको उनले जनाए। सरकारी निकाय समन्वय समिति र मेला अवधिभर अनुगमन, मूल्यांकन तथा तथ्यांकन संकलन गर्नसमेत उपसमिति गठन गरिएको छ। ‘सुरक्षाका लागि जनपद प्रहरी, सशस्त्र प्रहरी तथा राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मी, सादा पोशाकका प्रहरीहरू समेत परिचालित हुनेछन्,’ अधिकारीले भने ‘मुख्यक्षेत्रबाहिर पाँच हजार स्वयंसेवकहरू लाइन व्यवस्थापनमा खटिनेछन्। स्वास्थ्यसँग सम्बन्धित ३३ संस्थाले डाक्टर, नर्स, औषधि, बेड तथा एम्बुलेन्ससहितको सेवा उपलब्ध गराइनेछ।’
सदस्य सचिव ढकालका अनुसार यस वर्ष दर्शनार्थीका लागि दर्शन मार्गसमेत किटान गरिएको छ। मित्रपार्क तथा गौरीघाट भएर उमाकुण्ड/दक्षिणमूर्ति हुँदै रुद्रगाडेश्वर उत्तरढोकाबाट एक लाइनको व्यवस्था छ भने जयबागेश्वरी–इँटापाखा भएर भुवनेश्वरीस्थित फलामको सानोढोका हुँदै पश्चिमढोकाबाट एक लाइनको व्यवस्था गरिएको छ। त्यसैगरी, बत्तीसपुतली–गौशाला तथा एयरपोर्ट–पातलगंगा भएर पिंगलास्थान–सुमार्गी भवनअगाडि भएर चार शिवालय–पञ्चदेवल हुँदै दक्षिण ढोकाबाट एक/एक लाइन गरी बाहिरी रूपमा दर्शन–लाइनहरू रहने व्यवस्था गरिएको छ। अनुसार सवारीसाधनका लागिसमेत पार्किङ तथा ट्राफिक व्यवस्थापन गरिएको कोषका सदस्य धु्रव उप्रेतीले बताए। उनका अनुसार तिलगंगा, पशुपतिक्षेत्र विकास कोषको कार्यालय, महागरीय प्रहरी वृत्त/ट्राफिक प्रहरी प्रभाग, गौशाला, सिफलचौर, गुहेश्वरी गरी पाँच स्थानमा पार्किङको व्यवस्था गरिएको छ। यस वर्षको महाशिवरात्रि पर्व उत्सवको रूपमा मनाउन साजसजावटमा समेत विशेष ध्यान दिइएको कोषले जनाएको छ। मन्दिर परिसर र मुख्य क्षेत्रमा विशेष किसिमका बत्ती तथा फूलले सिंगारिएको छ।
शिवलिंगमा सुनको गहना
पशुपति क्षेत्र विकाष कोषले यस वर्ष पशुपतिनाथ शिवलिंगको तल्लो भागमा एक सय ४१ किलो सुनको गहना लगाउने योजना बनाएको छ। हाल लिंगको तल्लो भागमा चाँदी जडिएको छ। कोषका सदस्य सचिव ढकालका अनुसार उक्त चाँदी खिइँदै गएकाले सुनको गहना बनाइदिने निर्णय गरिएको हो। त्यहीअनुसार सार्वजनिक सूचनासमेत प्रकाशित गरिसकिएको छ। ढकालले सुनका लागि रकम र सुन दान दिन तयार भइसकेको बताए। ‘कोषले आह्वान गरेको सूचनाको आधारमा धेरै भक्तजनहरू रकम र सुनसमेत दान दिन तयार भइसक्नुभएको छ,’ सदस्य सचिव ढकालले भने, ‘कम्तीमा एक तोला र बढीमा एक किलो सुन दिने भक्तजनहरूको नाम कोषले स्मारिकामा प्रकाशित गर्ने निर्णय गरेको छ। त्योभन्दा कम दान दिनेहरूले मन्दिर परिसरमा राखेको सहयोग पेटिकामा सहयोग गर्न सक्ने व्यवस्था छ।’ ढकालका अनुसार शिवलिंगमा हाल भएको चाँदीको गहनामाथि नै सुनको गहना लगाइनेछ।
नमस्कार संस्कार
पशुपति विकास क्षेत्र कोषले हात मिलाउने संस्कारलाई विस्थापित गर्दै मन्दिर र मन्दिर क्षेत्रमा आउने जो कोहीले पनि नमस्कार गर्ने अभियानको थालनी गरेको छ। नेपालीहरूको आफ्नो मौलिक संस्कार नमस्कार भएकोले कोषका कर्मचारीदेखि भक्तजनहरूले नमस्कार गर्ने संस्कारको विकास गर्न यसको थालनी यसै पर्वदेखि गरिएको सदस्य सचिव ढकालले जनाए। यस वर्ष मेला करिब पाँच हजार साधुसन्त आउने अनुमान कोषको छ। सदस्य सचिव ढकालले नेपाल सरकारले बन्देज लगाएको गाँजा, भाङजस्ता लागुपदार्थ नेपालमा नल्याउनसमेत साधु–सन्तलाई सूचना प्रवाह गरिएको जनाए। उनले यस वर्षको शिवरात्रि गाँजा–भाङरहित बनाउन प्रहरी तथा स्वयंसेवकलाई समेत सूचना गरिएको जनाए। ‘शिवरात्रिमा राम्रो धर्म तथा संस्कार युवाहरूले सिकुन् भन्ने उद्देश्यले गाँजा भाङरहित शिवरात्रि मनाउने तयारी गरेका छौं,’ उनले भने, ‘कुनै पनि बहानामा युवाहरूले कुसंस्कार सिक्नुहुँदैन।’