चीनका नेपाली विद्यार्थीद्वारा स्वदेश फर्काउन आग्रह
१६ माघ २०७६
•
६ मिनेट पाठ
चीनका नेपाली विद्यार्थीद्वारा स्वदेश फर्काउन आग्रह
काठमाडौं – चीनको हुबेई प्रान्तको वुहान सहरबाट महामारीका रूपमा फैलिएको नोवल कोरोना भाइरसबाट जोखिममा रहेका नेपाली विद्यार्थीले नेपाल सरकारसँग आफूहरूलाई तुरुन्त स्वदेश फर्काउने पहल थाल्न माग गरेका छन्। अमेरिकालगायत अन्य विकसित देशहरूले आफ्ना नागरिकलाई सुरक्षित रूपमा स्वदेश फर्काउने प्रक्रिया सुरु गरे पनि नेपाल सरकार भने चुप लागेर बसेको भन्दै उनीहरूले दुःख व्यक्त गरे। बेइजिङस्थित नेपाली दूतावासले ‘ग्रुप च्याट’मा नेपालीको स्वास्थ्य अवस्थाबारे डाटा संकलन गरेर नेपाल सरकारलाई बुझाउनेबाहेक अरू केही काम नगरेको उनीहरूको भनाइ छ। नेपाल सरकारले पनि ‘ब्रिफिङ क्याफे’ (जानकारी लिनेदिने) मात्रै गरिरहेको आरोप उनीहरूको छ।




नागरिकसँंगको टेलिफोन कुराकानीमा उनीहरूले नेपालले पनि कमसेकम चीन सरकारसँंग वार्ता गरी आफ्ना नागरिकलाई सुरक्षित रूपमा स्वदेश फर्काउने प्रक्रिया सुरु गर्नुपर्नेमा जोड दिए। ‘हामीलाई ब्रिफिङ क्याफेको सुविधा मात्रै दिइएको छ,’ वुहानस्थित होचाङ युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजीमा विद्यावारिधि गर्दै गरेका दिगम्बर खोटेजाले भने, ‘हामीलाई यस्तो सुविधा त विश्वविद्यालयले नै दिइरहेको छ।’

उनका अनुसार बेइजिङस्थित दूतावासका अधिकारीहरूले हटलाइन टेलिफोन नम्बर प्रदान गर्नेलगायत सुविधा दिइरहेका छन्। त्यहाँंका नेपाली विद्यार्थी विगत नौ दिनदेखि एक्लाएक्लै कोठामा बसी क्वारेन्टाइनमा छन्। सीमित घेरामा मात्रै बसेर सबैजना सुरक्षाका लागि सर्तक अवस्थामा छन्। बाहिर जानुपरिहाले सुरक्षाका लागि मास्क लगाएर सीमित ठाउँंमा मात्रै जाने गरिरहेका छन्। त्यसका लागि विश्वविद्यालयले नै मास्क दिने गरेको छ। विश्वविद्यालयभित्रै खानेकुरा खरिद गर्ने प्रबन्ध मिलाइएको उनको भनाइ छ। मानिस बाहिर ननिस्केका कारण त्यहाँका सडक सुनसान छन्।

वुहान युनिभर्सिटी अफ टेक्नोलोजीमा इन्जिनियररिङ पढिरहेका र सोही विश्वविद्यालयमा नेपाली प्रतिनिधि रहेका सन्दीप उप्रेतीले अन्य देशहरूले चीन सरकारसँंग वार्ता गरी प्रोटोकलअनुसार प्रोसेसमा गएको मात्रै नभई आफ्नो नागरिक फिर्ता नै गराइसकेको जनाए। अमेरिकालगायत केही देशले आफ्ना नागरिक फिर्तासमेत लगिसकेको जानकारी गराउँदै उनले चेकजाँंच गरी संक्रमित नभएको प्रमाणित भएपछि सुरक्षाका लागि आफूहरूलाई पनि नेपाल फर्कने वातावरणका लागि पहल गरिदिन सरकारसँंग माग राखे। चीनबाट संक्रमित नभएको प्रमाणित भएर स्वदेश फर्केपछि पनि दुई हप्ता क्वारेन्टाइनमा बस्न तयार रहेको उनले सुनाए।

अमेरिकाले दुई सय ४० जनालाई स्वदेश फर्काइसकेको, फ्रान्सले शुक्रबार फ्लाइट पठाउन लागेको, श्रीलंकाले आठ सय ६० विद्यार्थीलाई फिर्ता लैजान योजना अघि बढाएको, भारत र थाइल्यान्डले आफ्ना नागरिक फर्काउने प्रक्रिया थाली अनुमतिको प्रतीक्षा गरिरहेको नेसनल अथोरिटिज मिडियामा उल्लेख छ। मंगलबार मात्रै चीनबाट फर्केका नेपाली विद्यार्थीको एक समूहले काठमाडौंमा विभिन्न दलका नेताहरूलाई छुट्टाछुट्टै भेट गरी उता रहेका नेपालीलाई खतरा रहेको उल्लेख गर्दै तत्काल उद्धार गर्न लिखित रूपमै ध्यानाकर्षण गराए।

इन्जिनियर कृष्णभक्त दुवाल, डम्बरबहादुर सुनार, जगदीश्वर श्रेष्ठ, सुन्दरकुमार ओलीलगायत विद्यार्थीको टोलीले पराराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँंड, स्वास्थ्यमन्त्री भानुभक्त आचार्य लगायतलाई भेट गरेका थिए। अनुरोधपत्रमा चीनमा रहेका नेपालीको जनजीवन भयावह र कष्टकर रहेको जनाइएको छ। त्यहाँंको यातायात, सवारी आवागमनलगायत अत्यावश्यक दैनिक उपभोग्य सामग्रीसमेत आपूर्ति हुन नसकिरहेको उनीहरूको मागपत्रमा उल्लेख छ। कोरोना भाइरसको संक्रमणबाट हालसम्म एक सय ३२ जनाको मृत्यु भइसकेको जनाइएको छ। पाँंच हजार नौ सय ९७ जना चीनमा र ६५ जना चीनबाहेकका देशमा संक्रमित रहेको बताइएको छ।
अर्को समाचार
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
२ घण्टा अघि
•
१ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
जुम्ला। डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।




नागरिकता प्रमाणपत्रलगायत जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने सेवा उपलब्ध गराउने उद्देश्यले धोमा इलाका प्रशासन कार्यालय स्थापना गरिएको छ।यसअघि शे–फोक्सुण्डो, छार्काताङसोङ र डोल्पोबुद्ध गाउँपालिकाका नागरिक प्रशासनिक कामका लागि दुनै पुग्न बाध्य थिए।

भौगोलिक विकटताका कारण सेवा लिनै २५ देखि ३० हजार रुपैयाँसम्म खर्च गर्नुपर्ने अवस्था थियो। अब धोमा कार्यालय स्थापना भएपछि तीनवटै स्थानीय तहका नागरिकलाई प्रशासनिक सेवा लिन सहज हुने भएको छ।

इलाका प्रशासन कार्यालयका प्रमुख पदमबहादुर शाहीको अध्यक्षता तथा डोल्पोबुद्ध गाउँपालिकाका अध्यक्ष कार्मा छोइवेल गुरुङले कार्यालय उद्घाटन गरेका हुन्।

जिल्ला प्रशासन कार्यालय डोल्पाले २०८० असोज २५ गते गृह मन्त्रालयलाई पत्राचार गर्दै माथिल्लो डोल्पामा इलाका प्रशासन कार्यालय स्थापना गर्न प्रस्ताव गरेको थियो। २०८० चैत ५ गते मन्त्रालयलाई पठाइएको अर्को पत्रमा तीनवटै स्थानीय तहका नागरिकको प्रशासनिक पहुँच सहज बनाउन धोमा कार्यालय स्थापना गर्नुपर्ने आवश्यकता औंल्याइएको थियो।

जिल्ला प्रशासन कार्यालयका अनुसार शे–फोक्सुण्डोमा एक हजार ९४२, छार्काताङसोङमा आठ हजार ७४२ र डोल्पोबुद्धमा एक हजार २५६ जनसंख्या छ। भौगोलिक विकटताका कारण लामो समयदेखि प्रशासनिक सेवाबाट कठिनाइ भोगिरहेका यी क्षेत्रका नागरिकका लागि कार्यालय स्थापना राज्यको सेवा गाउँसम्म पुर्‍याउने महत्वपूर्ण कदम बनेको छ।
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock ७ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १२ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस