सिन्धुपाल्चोक – राजमार्गको क्षेत्र मिचेर बनाइएका घर, टहरालगायत अस्थायी संरचना भत्काएको विषयमा व्यापारिक केन्द्र बाह्रविसे बजार तीन दिनदेखि अशान्त छ। शान्ति भड्किन नदिँन स्थानीय प्रशासनले आइतबार बाह्रविसे बजारमा निषेधाज्ञा नै जारी गर्नुप-यो।
बाह्रविसे नगरपालिकाले शुक्रबार सडक क्षेत्र मिचेर बनाइएका घर, टहरा भत्काउन थालेपछि बजार अशान्त बनेको हो। अस्थायी संरचना भत्काउने कार्यको विरोध गर्दै केही बजारवासी विरोधमा उत्रिरहेका छन्। विरोधका बीच नगरपालिकाले बजारका अधिकांश घर, टहरा भत्काइ सकेको छ। यही विषयमा शुक्रबार खुसौनीबारीमा दुई पक्षबीच झडप भएको थियो।
अस्थायी संरचना भत्काएको विरोधमा एउटा समूहले शनिबार साँझ नगरपालिकाको कार्यालयमा तालाबन्दी ग-यो। भत्काउनु पर्छ र पर्दैन भन्ने पक्ष–विपक्षबीच थप झडप हुने स्थिति देखिएपछि स्थानीय प्रशासनले आइतबार बिहान आठ बजेदेखि साँझ ५ बजेसम्म निषेधाज्ञा लगायो। बजारका होटल, पसल र शैक्षिक संस्था बन्द रहे।
निषेधाज्ञाकै बीच नगरपालिकाको कदमको विरोध गर्दै आएको समूहले नाराबाजी ग-यो। तीन दिनदेखि नै बजारमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। निषेधाज्ञाको समयमा बिहान नेपाली सेनाले बजार गस्ती गरेको थियो। निषेधाज्ञा र सम्भावित झडपले बजारवासी संत्रस्त बने।
निषेधाज्ञाकै बीच पत्रकार सम्मेलन गरेर नगरपालिकाले घर, टहरा भत्काउनुको कारण खुलायो भने आन्दोलनकारीले विरोध गर्नुको औचित्य पुष्टि गर्ने प्रयास गरे। नगर प्रमुख निमफुञ्जो शेर्पाले नगरपालिकाको केन्द्र बाह्रविसेलाई व्यवस्थित बजार बनाउन घर, टहरा भत्काउन लागेको बताए। ‘नगरलाई व्यवस्थित बनाउन अस्थायी संरचना हटाउने प्रयास लामो समयदेखिको हो,’ उनले पत्रकार सम्मेलनमा भने, ‘छलफलबाट बजारवासीसँगकै सहमतिपछि पूर्वसूचना दिएर घर, टहरा भत्काइएको हो।’
बजारवासीसँग सहमति लिएपछि नगर कार्यपालिकाले सडक क्षेत्र अतिक्रमण गरी बनाइएका संरचना भत्काउने निर्णय गरेको प्रमुख शेर्पाले बताए। पूर्वसूचना दिँदासमेत सहमित अनुसार संरचना नभत्काएपछि सर्तअनुसार नै नगरपालिकाले डोजर लगाएको दाबी उनले गरे। उनका अनुसार सडक क्षेत्र र नाली मिचेर अस्थायी संरचना बनाइएपछि भत्काउनुपरेको हो। सडकमै कुखुरा र बाख्रा पालिएको थियो। ‘सडकमा जथाभावी सवारी साधन पार्किङ गर्दै छड, सिमेन्ट, गिटी, बालुवा जस्ता निर्माण सामग्री राख्नाले दुर्घटनाको जोखिमसमेत बढाएको छ,’ प्रमुख शेर्पाले भने। उनले घर, टहरा भत्काउने कार्यको बजारवासीले नभई फरक राजनीतिक विचार बोक्ने एउटा समूहले मात्र विरोध गरेको दाबी गरे।
स्थानीय तहको निर्वाचनलगत्तै पनि नगरपालिकाले घर, टहरा भत्काउने प्रयास गरेको थियो। त्यसबेला पनि अहिलेकै जस्तो अवरोध भएपछि नगरपालिका पछाडि हटेको थियो।
नगरप्रमुखले पत्रकार सम्मेलन गरेपछि विरोधमा उत्रिएको पक्षले पनि पत्रकार सम्मेलन ग¥यो। बाह्रविसे बजार सरोकार समूहको ब्यानरमा गरिएको पत्रकार सम्मेलनमा वक्ताहरूले राजनीतिक पूर्वाग्रहका आधारमा घर, टहरा भत्काएकाले विरोध गर्नु परेको दाबी गरे। ‘पक्षपात भएकाले विरोध गरोका हौं,’ समूहका संयोजकसमेत रहेका ज्ञानेन्द्रप्रसाद श्रेष्ठले भने। उनी बजार क्षेत्र रहेको वडाका अध्यक्ष पनि हुन्। स्थानीय हरिशरण श्रेष्ठले बजार व्यवस्थित बनाउने विषयमा आफूहरुको विरोध नरहेको बताए। ‘२०४६ देखि बाह्रविसे बजारमा कांग्रेसको बोलवाला छ। त्यसलाई प्रहार गर्न घर, टहरा भत्काउने काम भएको हो,’ कांग्रेस जिल्ला नेता उनले भने।
स्थानीय तहको निर्वाचनपछि बाह्रविसे नगरपालिकामा कांग्रेस र नेकपाबीच तीव्र धु्रवीकरण छ। नगरपालिकामा कांग्रेसले स्पष्ट बहुमत ल्याए पनि प्रमुख र उपप्रमुख भने नेकपाका छन्। बाह्रविसे कांग्रेस केन्द्रीय सदस्य तथा पूर्वमन्त्री मोहनबहादुर बस्नेतको गृह गाउँ हो। बाह्रविसेलाई उनको ‘पकेट क्षेत्र’ मानिन्छ। नगर प्रमुख शेर्पा र नेता बस्नेतबीच राजनीतिक र व्यक्तित्व टकराव छ। स्थानीय जानकार घर, टहरा भत्काउने कार्यमा भइरहेको विरोध र आन्दोलनलाई उनीहरु बीचको टकराबको उपज मान्छन्। बहुमतमा रहेको कांग्रेसले पटक–पटक नगरसभा र कार्यपालिका बैठक बहिस्कार गर्दै आएको छ। कांग्रेस, कम्युस्टिको टकरावले नगरको विकास प्रभावित हुँदै आएको गुनासो नगरवासीको छ। स्थानीय प्रशासनले नगरपालिका र आन्दोलनकारीबीच वार्ता गराएर समाधान निकाल्ने प्रयास गरिरहेको छ।