पक्राउ परेका चिनियाँलाई ‘डिपोर्ट’ को तयारी
०९ पौष २०७६
•
७ मिनेट पाठ
पक्राउ परेका चिनियाँलाई ‘डिपोर्ट’ को तयारी
काठमाडौं – चीन सरकारको आग्रहमा पक्राउ परेका चिनियाँ नागरिकलाई नेपाल ल्याएर काम लगाउने मुख्य व्यक्ति फरार भएका छन्। प्रहरीले छापा मार्दा पक्राउ परेका करिब सय व्यक्तिको साथमा पासपोर्ट नभेटिएपछि मुख्य व्यक्ति फरार भएको खुलेको हो। महानगरीय प्रहरी परिसर काठमाडौंले मंगलबार जिल्ला प्रशासन कार्यालयमा अभद्र व्यवहारअन्र्तगत अनुसन्धानका लागि म्याद लिन जाँदा पासपोर्ट खोजी गर्दा भेटिएको थिएन।




उनीहरूले पासपोर्ट आफ्नो ‘बोस’ लाई राख्न दिएको बताएपछि प्रहरी मुख्य व्यक्तिको खोजीमा लागेको छ। सोमबार प्रहरीले छापा मार्दा मुख्य व्यक्ति भने फरार भएका हुन्। प्रहरीले मंगलबार उनीहरूलाई अनुसन्धानका लागि पाँच दिनको म्याद लिएको छ। चिनियाँ अधिकारीहरूले नेपालमा एक हजार ६ सयभन्दा बढी चिनियाँ नागरिक शंकाको घेरामा रहेका र तिनलाई पक्राउ गर्न आग्रह गरेका थिए। प्रहरीले पहिलो चरणमा एक सय २२ जना पक्राउ गरेका हुन्।

प्रहरी स्रोतका अनुसार काठमाडौंपछि चितवन र पोखरामा पनि सर्च अभियान चलाउने तयारी छ। ‘अहिले मुख्य व्यक्तिको खोजीमा छौं, काठमाडौं बाहिरका सहरमा पनि चिनियाँ नागरिकको गतिविधिका बारेमा प्रहरीले निगरानी सुरु गरिसकेका छ,’ स्रोतले भन्यो। केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) प्रमुख डिआइजी निरजकुमार शाहीले प्रहरी परिसरले थप अनुसन्धान गर्ने बताए। ‘संयुक्त अप्रेसन हो, अबको अनुसन्धान परिसरबाटै हुन्छ,’ डिआइजी शाहीले भने।

गृहमन्त्रालय स्रोतका अनुसार तत्काल अभद्र व्यवहारमा उनीहरूलाई म्याद लिनुको कारण पनि पासपोर्ट नभएका वा गैरकानुनी रूपमा नेपाल बसेकालाई देश निकाला गर्नु नै हो। प्रहरीले अनुसन्धान गरिरहेको विषय भएकाले डिपोर्ट वा अन्य कारबाही के हुन्छ भन्ने बारेमा अध्यागमन विभाग प्रमुख सहसचिव ईश्वर पौडेलले भने केही बताउन चाहेनन्। ‘प्रहरीले अनुसन्धान गर्दैछ अनुसन्धानपछि अध्यागमन कार्यालयलाई बुझायो भने कानुनअनुसार कारबाही हुन्छ,’ पौडेलले भने। डिआइजी शाहीका अनुसार नेपालको कानुन आकर्षित हुने र नेपालमा अपराध गरेको देखियो भने नेपालमै कारबाही हुन्छ।

पक्राउ गरिएकाहरू चीनको कुन प्रान्तका नागरिक हुन्, उनीहरू कहिले नेपाल प्रवेश गरेका हुन् र कहाँबाट नेपाल आएका हुन् भन्ने बारेमा केही खुल्न सकेको छैन।

ठूलो संख्यामा चिनियाँ नागरिक पक्राउ परेपछि मंगलबार मन्त्रालयमा उच्चअधिकारीहरूको बैठक बसेको थियो। सो बैठकमा नेपालको कानुन आकर्षित हुनेलाई नेपालमै कारबाही गर्नुपर्ने कुरा उठे पनि त्यो कुरा प्रहरीले संकलन गर्ने प्रमाणमा भरपर्ने भएकाले सबैभन्दा उत्तम विकल्प डिपोर्ट नै भएको निस्कर्ष निकालिएको छ। ‘उनीहरू नेपालमा किन आए, के काम गरिरहेका छन्, कहिलेसम्म बस्ने हुन् र उनीहरू चीनको कुन प्रान्तका नागरिक हुन् त्यो विषयमा प्रहरीले कागजात हेर्न थालेको छ तर धेरैको पासपोर्ट नभएका कारण कहिले नेपाल प्रवेश गरेका हुन् र कहाँबाट नेपाल आएका हुन् भन्ने बारेमा केही खुलाउन सकिएको छैन,’ मन्त्रालय स्रोतले भन्यो।

महानगरीय प्रहरी अपराध महाशखाका प्रमुख सहकुल थापाले उनीहरूसँग कागजात नभेटिएकाले तत्काल अभद्र व्यवहारअन्र्तगत अनुमति लिएर अनुसन्धान गर्नुपरेको बताए। ‘तत्काल अभद्र व्यवहारमा अनुसन्धान गर्दैछौं, उनीहरूको कागजात भेटियो भने र अपराधमा संलग्न देखिए भने नेपालको कानुनअनुसार कारबाही हुन्छ, कागजात नभेटिएमा उनीहरूलाई अध्यागमन कार्यालयलाई जिम्मा दिइनेछ,’ महाशाखा प्रमुख थापाले भने। प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी होविन्द्र बोगटीले पनि धेरै व्यक्तिहरूको पासपोर्ट साथमा नभएको पुष्टि गरे। ‘सयभन्दा बढी व्यक्तिको साथमा पासपोर्ट नै छैन,’ उनले भने।

प्रहरीले उनीहरूलाई मंगलबारदेखि सोधपुछ गर्न खोजे पनि भाषाको समस्या भएकाले सोधपुछ गर्न पाएको छैन। विश्वभाषा क्याम्पसबाट दोभाषेहरू झिकाएर सोधपुछ गर्ने तयारी गरेको छ। केही समयअघि नेपाल आएका चिनियाँ अधिकारीहरूले साइबर अपराध, वित्तीय अपराधजस्ता गम्भीर प्रकृतिका अपराध गरेको अभियोगसहित उनीहरूलाई पक्राउ गरी सहयोग गर्न आग्रह गर्दै आएका थिए।

काठमाडौंमा सोमबार भएको चिनियाँ नागरिकको पक्राउलाई चिनियाँ विदेश मन्त्रालयले नेपाल र चीनका सुरक्षा अधिकारीहरूको संयुक्त अप्रेसन भएको बताएको छ। चीनको विदेश मन्त्रालयले आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता गेङ सुआङले पक्राउ परेकाहरू सीमापार साइबर अपराधमा संलग्न भएको दाबी गरेका थिए। ‘मसँग अहिले भएको जानकारीअनुसार ती नागरिकहरू सीमापार साइबर जालसाजीका संदिग्ध हुन् र त्यससम्बन्धी विषयमा अहिले अनुसन्धान भइरहेको छ,’ प्रवक्ता गेङले भने, ‘यो नेपाल र चीनको प्रहरीले गरेको महत्वपूर्ण कारबाही हो।’
अर्को समाचार
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
५५ मिनेट अघि
•
१ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
फाइल तस्बिर
भोजपुर, जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्चालन गर्ने तयारी गरेका छन्। पदमार्गको प्रचारप्रसार गर्दै आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने लक्ष्यसहित पाँच पालिकाले बजेट विनियोजन गरेर कार्यक्रम सञ्चालनको तयारी अघि बढाएका हुन्।

भोजपुर नगरपालिका, टेम्केमैयुङ गाउँपालिका, आमचोक गाउँपालिका, हतुवागढी गाउँपालिका र रामप्रसादराई गाउँपालिकाका जनप्रतिनिधिबीच भएको संयुक्त बैठकमा अल्ट्रा म्याराथन सञ्चालन तथा ग्रेटर मुन्दुम पदमार्गको विकास र प्रवर्द्धनका विषयमा प्रारम्भिक छलफल भएको छ।

अल्ट्रा म्याराथन सञ्चालनका लागि पाँचवटै पालिकाले कुल रु ५५ लाख बजेट विनियोजन गरेको रामप्रसादराई गाउँपालिका अध्यक्ष थामबहादुर राईले बताए। जसअनुसार टेम्केमैयुङ गाउँपालिका र भोजपुर नगरपालिकाले रु २०/२० लाख तथा आमचोक, हतुवागढी र रामप्रसादराई गाउँपालिकाले रु पाँचपाँच लाख बजेट विनियोजन गरेका छन्। थप निर्णय भने आगामी मङ्सिर २५ गते बस्नेत वैठकले गर्ने अध्यक्ष राईले बताए।

पाँचवटै स्थानीय तहको साझा पहलमा कार्यक्रम सञ्चालन गर्ने तयारीस्वरूप बजेट व्यवस्थापन र सञ्चालन प्रक्रियाका विषयमा छलफल गरिएको टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले जानकारी दिनुभयो। उहाँले स्थानीय तहबीचको सहकार्यबाट मुन्दुम पदमार्गलाई राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा चिनाउन र पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउन सकिने बताए।

 

अल्ट्रा म्याराथन सञ्चालनले पदमार्गको प्रचारप्रसारसँगै यस क्षेत्रको प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा, मौलिक परम्परा र स्थानीय जीवनशैलीलाई चिनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। प्रतियोगितामा देश तथा विदेशका धावकको सहभागिता गराउन सके यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा थप योगदान पुग्ने उनले बताए।

पदमार्ग आसपासका बासिन्दालाई पर्यटन व्यवसायमा जोड्दै स्थानीय उत्पादनको बजारीकरण, होटल तथा घरबास सेवा विस्तार र रोजगारी सिर्जनामा समेत यस्तो कार्यक्रमले सहयोग पु¥याउने जनाइएको छ र  पाँचवटै पालिकाको संयुक्त प्रयासबाट ग्रेटर मुन्दुम पदमार्गलाई साहसिक पर्यटनको आकर्षक गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्य राखिएको छ।

बैठकमा भोजपुर नगरपालिकाका प्रमुख कैलासकुमार आले, टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेत, उपाध्यक्ष रमादेवी राई, हतुवागढी गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राई, रामप्रसादराई गाउँपालिकाका अध्यक्ष थामबहादुर राई, उपाध्यक्ष वीरेन्द्र राई र आमचोक गाउँपालिकाका अध्यक्ष सीता राईलगायतको उपस्थिति रहेको थियो। 

 



रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock २० मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस